गायिका सुस्मिता स्याङ्तान र कुन्साङ दोर्जेको आवाजमा ‘इन्टरनेटरी ह्रुप ताजी’

Read Time:1 Minute, 30 Second

बिवेक लाेप्चन

काठमाडौँ । गायिका सुस्मिता स्याङ्तान र गायक कुन्साङ दोर्जे लोप्चनको आवाजमा ‘इन्टरनेटरी ह्रुप ताजी’ बोलको गीत बजारमा आएको छ । गायिका सुस्मिता स्याङ्तानको आफ्नै युटुब च्यानल सुस्मिता स्याङ्तान अफिसियलमार्फत उक्त गीत बजारमा ल्याएको हो । गायिका सुस्मिता स्याङ्तान चिरपरिचित गायिका हुन ।

गायिका स्याङ्तानले बिदेशी भुमिमा रहेका युवा र स्वदेशमा रहेका युवतीबिच भएको प्रेमिल कुरालाई गीतमा समावेश गरिएको बताइन । उनले दर्शक एंव स्रोताले गीत मन पराउनेमा आफु विश्वास्त रहेको बताइन ।

गीतमा धीरज गोलेको शब्द, जोगलाल लामाको संगीत संयोजन रहेको छ भने उनै गायक कुन्साङ दोर्जे लोप्चनको संगीत रहेको गीतलाई मनोज डंगोलले मिक्सिङ गरेका हुन । स्टुडियो २१ मा रेकर्डिङ गरिएको गीतलाई श्याम बहादुर थिङले निर्माण गरेका हुन ।
भिडियाे हेर्न लिंक थिच्नुहाेस https://youtu.be/sMJfsneOTH8?si=irLjKbhGL7vKHy7x

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %