राजेश थापाको संगीतमा “माया बस्यो संगिनी ” सार्वजनिक

Read Time:1 Minute, 16 Second

काठमाडौं । तीजलाई लक्षित गरेर गायिका टिका प्रसाईंको स्वरमा “माया बस्यो संगिनी ” गीत सार्वजनिक भएको छ । गीतमा प्रमिला बस्नेतको शब्द, राजेश थापाको संगीत र रमेश सेन्चुरीको एरेन्ज रहेको छ ।

तिजमा नेपाली नारीहरुले भोगेको पिडालाई गीतमा आकर्षक रुपमा समावेश गरिएको छ । आफनो मायाको यादमा जवानीलाई साँचेर राखेको कुरा गीतमा गरिएको छ ।

नाच्ने शैलीको गीतको भिडियोलाई केशव राज भटटले निर्देशन गरेका हुन् । भिडियोमा कलाकारहरु जुना कार्की , संचिता बुलाखे , टिका प्रसाईं , सरोज बुढाथोकी ले   अभिनय गरेका छन् ।

भिडियोको छायांकन  अजय रेग्मी र सम्पादन दिनसन शाहले गरेका छन ।  गीतमा तिजको मौलिक पनलाई आकर्षक ढंगबाट समावेश गरिएको छ ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोसhttps://www.youtube.com/embed/O4aMrYf2n6U?si=_wBvyK5oTQkf5Ehw

1 0
Happy
Happy
50 %
Sad
Sad
0 %
Excited
Excited
50 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %