बुद्ध धम्म माथीको अतिक्रमण र कब्जा गरेर बनाएको धर्म नै हिन्दु धर्म हो

Read Time:2 Minute, 37 Second

२०८१ श्रावण २६/पूर्ण बहादुर राना

मैले पटकपटक भन्दै आएको छु कि, बुद्ध धम्म माथीको अतिक्रमण र कब्जा गरेर बनाएको धर्म नै हिन्दु धर्म हो। आज नेपाल भारतमा हिन्दुको भनिएको जतिपनी ठुला मन्दिर छन् त्याहाँ भित्र आजपनि बुद्धको प्रतिमा छ । ती प्रतिमालाई बाहुनले फुलमालाले छोपेर, रङले पोतेर, कपडाले बेरेर नचिनिने गरी राखेका छन् । धेरैजसोमा त चोरी पक्डिन्छ भनेर सर्वसाधारण लाई हेर्न समेत दिदैनन् । फोटो खिच्न दिदैनन्।

आजका ठुला मन्दिर जो पहिला बौद्धस्थल थिए, बौद्ध मठ, चैत्य, गुम्बा आदि थिए । जहाँ बुद्धका ज्ञानका विषयमा पढाइ हुन्थ्यो। भिक्षु ( गुरु) हरुले पढाउथे । देश बिदेश बाट बुद्ध शिक्षा पढ्न आउथे । बुद्धको ज्ञान र शिक्षा प्रचारित गर्थे । तर दुखको कुरा आज ती बौद्धस्थलहरु ब्राह्मणको कब्जामा छन् । ब्राह्मणले ठगी खाने अड्डा बनाएका छन् । त्यतिमात्र होइन बुद्धको स्मरणमा मनाइने पर्वहरु समेत अतिक्रमण गरेर फरक स्वरुपको बनाएका छन् । जस अन्तर्गत आज हिन्दु आर्य ब्राह्मणले मनाउने नाग पन्चमी पनि हिन्दुको पर्व होइन । यो त बुद्धमा समर्पित बुद्धिष्ट नागराजा हरुले बुद्ध लाई स्मरण गर्ने विषेश दिन हो । यो कुरा तलको पन्चमुखी नाग सहितको बुद्धको प्रतिमाबाट पनि प्रष्ट छ। तर आर्य ब्राह्मणले बौद्धस्थल कब्जा गरेसँगै बौद्धका विभिन्न पर्वहरु पनि कब्जा गरेर त्यसको स्वरुप बदले ।

बौद्ध तिपिटक, दशरथ जातक कथा, जातक माला, धम्मपद र बुद्धका उपदेश आदि चोरी तथा तोडमोड गरि ब्राह्मण हरुले वेद, शास्त्र लेखे । बुद्ध र बुद्धको स्मरणमा मनाइने विविध पर्वहरु लाई बिर्साउन अनेक कथा बनाए । तर समग्रमा हिन्दु कुनै धर्म होइन चोरीको माल हो ।

साभार भाैतिकवादी मान्छेकाे फेसबुक वालबाट

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %