आदर्श शिक्षकबाट पाएकाे आदर्श प्रेरणा

Read Time:2 Minute, 8 Second

२०८१ श्रावण १६/पूर्ण बहादुर राना

आफ्नो एकजना बय‍ोबृद्ध शिक्षकलाई अचानक कतै भेटेपछि युवकले सोध्यो, मलाई चिन्नु भो गुरु ?
नाई, गुरुले उसलाई चिनेनन् ।
युवकले आफ्नो परिचय दिँदै भन्यो,स्कूलमा म तपाईक‌ो बिद्यार्थी थिएँ नि । अहिले म त्यही स्कूलमा पढाउँछु ।
म जस्तै ? गुरुले अभिरुची प्रकट गर्दै सोधे, शिक्षक नै किन भएको त ?
थपाईबाटै प्रेरित भएर, युवकले भन्यो ।

खासमा, उसले भन्दै गयो, क्लासमा मैले एक पटक साथीको घडी चोरेको थिएँ । उसले आफ्नो धडी हराएको उजुरी तपाईसँग गर्यो । तपाईले घडी जसले च‍ोरेको भएपनि फर्काइदिन भन्नुभयो । तर म‌ैले घडी फर्काइन ।
तपाईले हामी सब‌‌ैलाई आफ्ना आँखा बन्द गर्न लगाएर हाम्रो गोजी एकएक गरेर छाम्न थाल्नुभय‍ो, स्वाभाविक रुपले घडी मेरो गोजीमा पाउनुभयो, तर गोजी छाम्न छोड्नुभएन । सबैको ग‍ोजी छामिसकेपछि तपाईले घडी आफ्न‍ो पकेटबाट निकालेर सम्बन्धित साथीलाई दिनुभयो । मेरो अर्थात घडीचोरको नाम भन्नुभएन ।
यसरी तपाईले मेरो इज्जत जोगाइदिनुभयो, युवकले आँखाबाट आँशू झार्दै भन्यो, त्यही क्षेण मैलै जीवनभर कुनै खराव काम नगर्ने र हजुरजस्तै एक आदर्श शिक्षक बन्ने निर्णय गरेँ ।
हजुरलाई यो कुराको सम्झना छ ? युवकले सोध्यो ।
हो, घडीको प्रसंगक‍ो सम्झना छ,बयोबृद्ध गुरुले किंचित मुस्कुराउँदै भने, तर म‌ैले तिमीलाई भने सम्झिन्न, किनभने त्यस बेला मैले पनि तिमीहरुले झैँ आँखा बन्द गरेको थिएँ नि ।
साभार: सामाजिक मिडिया

2 0
Happy
Happy
50 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
50 %