२०८१ श्रावण १५/पूर्ण बहादुर राना
मलाई एकजना दाईले एक कार्यक्रममा भनेका थिए तर उनकाे नाम मैले यहाँ उल्लेख गरिन समाजमा तीन किसिमका डाक्टरहरू हुन्छन् ।
(१) सुई डाक्टर (सुई लगाउने डाक्टर)
(२) फुँई डाक्टर (फुँई लगाउने डाक्टर)
(३) भुँई डाक्टर (जोसँग प्राकृति जडिबुटीकाे ज्ञान र
मौलिक(Original) दर्शन, जीवन रजगतकाे
ज्ञान छ)।
(१) सुई डाक्टर (सुई लगाउने डाक्टर) जाेसँग विदेशि एलाेपेथिक आैषधिको ज्ञान हुन्छ । बिरामी निको पार्छ । कतिपय सुई लगाउने डाक्टरहरू असबै हाेईनन् विदेशी ईक्विपमेन्ट जस्तै एक्सरे मसिन, MRI MACHINE, CT SCAN आदिमा र औषधिमा कमिसन खान तल्लिन हुन्छन् । यिनलाई आफ्नो मातृ भाषा मन पर्दैन विदेशी अँग्रेजि, चाईनिज भाषा बाेल्छन् र गर्व गर्छन् । अँग्रेजि भाषामा गर्व गर्छन् ।
(२) फुँई डाक्टर (फुँई लगाउने डाक्टर), यी पिएचडि गरेको घमण्ड गर्छन् । कतिपयले(सबैकाे हाेईन) पिएचडि गरेसि बढिनै हाैसिन्छन् । कतिपय फुँई डाक्टरहरू विदेशि विचार, दर्शन, धर्म, सँस्कार र भाषा लाद्न तल्लिन हुन्छन् । यसको लागि पाएसम्म यिनले डलरमा भत्ता बुझ्न दिलचस्पि राख्छन् ।
(३) भुँई डाक्टर जोसँग प्राकृति जडिबुटीकाे ज्ञान डाक्टरहरू छ । आफ्नाे जातिय समुदायकाे मौलिक(Original) दर्शन, जीवन र जगतकाे ज्ञान हुन्छ । यिनिहरूले अरूको भाषा, धर्म, सँस्कार , सँस्कृति मन पर्दैन । अन्य कथित विकसित देशमा पनि जान रूचाउँदैनन् । यिनिहरू सकेसम्म आफ्ने गाउँघरमै बस्न रूचाउछन् । मरण पनि आफ्नै जन्म गाउँ अझ आफ्नो जन्म घरमै होस् भन्ने चाहान्छन् । यिनिहरूलाई विदेशि कन्टिनेन्टल खाना, चाईनिज, अमेरिकन र ईण्डियन खानानै मन पर्दैन ।बरू गुन्द्रुक, ढिंडो, मकेको भात आँटो(च्याँख्ला) खान्छन् । घरबुनाको कपडा लगाउन तयार छन् । विदेशि ब्रान्डको लुगा यिनलाई मन पर्दैन । आफ्नो भाषालाई औधि मन पर्छ । अझ आफ्नो पितृहरूको शास्त्रीय(Classical)भाषामा मन्त्र फलाक्छन् । जुन हामीले बुझ्न सक्दैनौं । घर गाउँको जडिबुटी माथि अगाध विश्वास भएर यहि जडिबुटी प्रयोग गरि बिरामि निको पार्छन् । यिनिहरूसँग औषधिको ज्ञान छ । अर्को यिनिहरू धर्मग्रन्थका स्रोत हुन् । सँस्कारका श्रोत हुन् । दर्शनका श्रोत हुन् । भाषाका श्रोत हुन् । यनले हाम्राे पहिचान, चिनारि, चिनाे जाेगाई दिएका छन् । सँस्कार, सँस्कृति, नाचगान भेषभुषा जाेगाई दिएका छन् ।
यी भुँई डाक्टरहरूले हाम्राे पुस्ताैं पुस्ताका संश्लेषित अथाहा अाैषधिका ज्ञान छ । हाम्रो जीवन जिउने पद्धतिका नाप्नै नसकिने ज्ञान छ । अनि जीवन र जगत बुझ्ने ज्ञान छ । यी ज्ञानले विभिन्न प्रकाेप, बाढिपहिराे, महामारी, हिंस्रक जङ्गलि जिवजनवारबाट जाेगाएर हाम्रा पुर्खाले हाम्राे अस्तित्वलाई यहाँसम्म ल्याईदिए। हामी वहाँहरू प्रति र वहाँहरूकाे ज्ञान, सीप, कला प्रति गर्व गर्नुपर्छ । वहाँहरूलाई सम्मान गर्नुपर्छ ।
भुँई मान्छेहरूले नै हाे नयाँ बस्ति बनाउने । शहर बजार बसाउने र बनाउने यिनिहरू नै हुन् । पहिला शहर बनाउँदा यिनलाई खसिसटिउरि र छिछि दुरदुर गर्छन् । पछि यिनिहरूलाई विस्थापित गरि धनिमानि टाेपलिएकाहरूले यिनिहरू बसेकाे जग्गा हडपेर बस्छन् । काठमाडौंकाे कुरा गर्दा हिजाे असन बजार बाहिर वा चक्रपथ बाहिर झुप्राे र छाप्राे बनाएर बसेका यी भुँई मान्छेहरूले नै हुन् । दमाैलिकाे हकमा हिजाे बिसघरेमा, झापुटारमा, बेलबासमा बस्ति वा बजार बसाएकै यिनिहरूले हुन् । यिनलाई पाखे, झुप्राेपट्टि, चाेर, ठग, अनैतिक कार्य गर्ने अनेक नामले पुकारिन्छ ।
घरगाउँमा बसेर च्याब्रूङ नाच नाच्ने, लाखे नाच, सखिया नाच, साकेला, भुमे, तिज नाच, काैरा, सालैज्याे, घाँटु, नाच तामाङ सेलाे नाच, देउडा नाच नाचेर गाएर जाेगाउने यी भुँई मान्छेहरूले नै हुन् । यी भुँई मान्छेहरू विकट गाउँ र ठाउँमा बस बसेर भाषा, धर्म, सँस्कार सँस्कृति बचाई राखेका हुन्छन् ।
भुँई मान्छेहरू प्रकृतिकाे विराेध गर्दैनन् । रूखविरूवा प्रति कृतज्ञता प्रकट गर्छन् । खाेलानाला, पानीकाे मुल पँधेराे पानी देवता भनी पुजा गर्छन् । र पहाड कन्दरा प्रति आभारि भएर झाँक्री पुजा गर्छन् । सुर्य प्रति कृतज्ञता भएर पुजा गर्छन् ।
भुँई मान्छेहरूसँग प्राङ्गारिक कृषि ज्ञान छ । जुन प्रकृतिमैत्रि छ । जिवजनवार मैत्रि छ । पशुपंक्षिमैत्रि छ । किराकमिलामैत्रि छ । बाेटबिरूवा मैत्रि । ढुङ्गामाटाेमैत्रि छ । जस्तै यी भुँई डाक्टर वा मान्छेहतीरूले खेतिपाती र कृषि गर्दा गाईगाेरू र भैंसिराँगाे पाल्थे । भेडाबाख्रा पाल्थे । कुखुरा, हाँस, सुँगुरबँगुर पाल्थे । गाईभैसिलाई घाँस काट्थे । घाँस काट्दा र बाेक्दा एक्सर्साइज हुन्थ्याे । राेग लाग्दैन थियाे । घाँस ल्याएर ती जिवजनवारलाई दिन्थे । घाँस खाएपछि गाईगाेरू, भैंसिराँगाे र भेडाबाख्राले दूध दिन्थे । गाेबर मल दिन्थे । मासु दिन्थे । उन दिन्थे । गाेबर मल खेतबारीमा हालेर प्राङगारिक अन्न उत्पादन गर्थे । राँगाे र गाेरूले जाेतेर खेतीपाती गर्थे । राँगाे गाेरूलाई पेट्राेल डिजेल चाँहिदैन थियाे । जुन पेट्रोल र डिजेल ट्रयाक्टरमा हालि धुँ निस्केर वातावरण विगारेकाे छ । प्रयाेग हलाे जुवा पनि काठकाे बनाउँथे । सानाे टुक्रा फलामकाे फालि र करूवा भए पुग्थ्याे । काठकाे हलाे खिईएपछि कि दाउरा बनाउँथे कि दाउराबालि खरानी बनाई मल बनाउँथे । कि भने हलाे आफै कुहिएर मल हुन्थ्याे ।
मेरा बाबाआमाले ब्याचलर्स र मास्टर्स अनि पिएचडीकाे सर्टिफिकेट पाउनुपर्छ
मैले भन्ने गरेकाे छु मेरि आमाले खेतीपाती गर्ने घाँस काट्ने, गाईगाेरू र बाख्रा अनि सुँगुर पाल्ने विषयमा ब्यासलर्स र मास्टर्स गर्नु गर्नुभएको छ । मेरी आमाले पालेकाे बाख्रा असाध्यै राम्रो हुन्छ । गाेरू र भैंसि अनि सुँगुर पनि राम्राे हुन्छ । सुँगुर र बाख्रा छिटोछिटो बढ्छ । सबै गाउँलेले तिम्राे आमाकाे हात नै पाेषिलाे छ । जे पालेपनि बढ्छ भनेर भन्छन् । मेरी आमा जस्ता हजाराै लाखाैं आमाहरूले बिना केमिकलाईज्ड गरेकाे दाना नखुवाई घरगाउँकै खेतबारि र बनपाखामा पाएकाे घाँसकुँडाे खुवाएर बाख्रा र सुँगुर भैंसी गाेरू हुर्काउने चलन राम्रो थियाे । म सानाे हुँदा मेराे घरमा गाेरूकाे बाछाे ल्याउँदा दुब्लाे भएपनि मेरी आमाले पाले पछि माेटाउँथ्याे । अनि पछि गाउँका सबै गाेरूलाई जित्ने जितार हुन्थ्याे । गाउँमै पहिलाे हुन्थ्यो । मेराे आमाले पारेकाे रक्सि सबैले मिठाे भन्छ । मेराे गाउँमा मेराे आमाकाे रक्सिलाई जित्ने रक्सिनै छैन भन्छन् गाउँलेहरू । मेरी आमाकाे याे ज्ञानलाई राष्ट्रियकरण र व्यावसायिककरण गर्न आवश्यक छ ।
मेराे बाबाले ईण्डियन आर्मीमा सेवा गरेर आउनु भयाे । वहाँले हतियार सम्बन्धि ब्याचलर्स र मास्टर्स गर्नु भएको छ । बाँकि मेराे बाबा र आमाले नपाएको भनेकाे त्रिभुवन विश्वविद्यालयलकाे सर्टिफिकेट मात्रै हाे । मैले २०६४ साल चैत्र २७ गते पहिलाे संविधान सभाकाे चुनावकाेअघिल्लाे दिन चैते माओवादीसँगकाे बहसमा भनेकाे थिएँ । अझ बाबालेत पेन्सनकाे सर्टिफिकेट छ । मेरा बाबाआमा जस्ता देशभरिका हजाराैं लाखाैं बाबाआमाहरूसँग बिशिष्टकृत ज्ञान, सीप र अनुभव छन् । तिनलाई गहिराे अध्ययन गरि व्यावहारमा उतार्न आवश्यकछ ।
मेराे गाउँका बजे, ठुलिआमा, छ्यामा, माइजू, भाउनु र बुहारीहरूसँग मिठाे राेटि र बारा पाेल्ने सीप छ । चिंचार वा लट्टे र गुन्द्रुक बनाउने सिप, गुन्द्री, चकटि, स्विटर बुन्ने सीप छ । मिठाे तरकारी बनाउने सीप छ । चिंचार वा लट्टे बनाउने सीप छ । बाजे, बाबा, काका, दाईहरूसँग हलाे, चित्रफाेङ्गा, डाेकाे, नाम्लाे, छत्रि, घुम, स्याखु बुन्ने सीप छ । माटाकाे भाँडा बनाउने सीप भएका र वास्तुकला कुद्ने सीप भएका नेवार समुमुदाय छ । फलाम र काठकाे भाँडाकुँडा, कृषि अाैजार बनाउने सीप दलितसँग छ । दराई र कुमालसँग माटाकाे भाँडा, बाँसकाे सामान बुन्न र सरूवा जाँड राख्ने सीप छ । बाेटेसँग बर्खामासकाे भेलमा डुङ्गा तार्ने सिप र पाैडि खेल्ने सीप छ । अब यी सबै सिपलाई संरक्षण र सम्बर्द्धन गराैं । विद्यालय र विश्वविद्यालयमा अध्ययन अध्यापन गराअाैं ।
मेराे बाबाले ईण्डियन आर्मीमा सेवा गरेर आउनु भयाे । वहाँले हतियार सम्बन्धि ब्याचलर्स र मास्टर्स गर्नु भएको छ । बाँकि मेराे बाबा र आमाले नपाएको भनेकाे त्रिभुवन विश्वविद्यालयलकाे सर्टिफिकेट मात्रै हाे । अझ बाबालेत पेन्सनकाे सर्टिफिकेट छ । मेरा बाबाआमा जस्ता देशभरिका हजाराैं लाखाैं बाबाआमाहरूसँग बिशिष्टकृत ज्ञान, सीप र अनुभव छन् । तिनलाई गशिराे अध्ययन गरि व्यावहारमा उतार्न आवश्यकछ ।
वास्तवमा प्राज्ञिक ज्ञान भनेकाे आर्काले पत्ता लगाईसकेकाे ज्ञानकाे स्विकाराेक्ति हाे । जस्तै मार्क जुकर बर्गले फेसबुक आविस्कार गरे । उनले कुनै नाम चलेकाे वा नचलेकाे विद्यालय र विश्वविद्यालयमा अध्ययन गरेर पत्ता लगाएका थिएन । बरू अहिले उनले आविष्कार गरेकाे फेसबुक बारे कम्प्युटर ईन्जिनियरङ विषयकाे रूपमा विद्यालय र विश्वविद्यालय तहमा पढाइ हुन्छ । पहिलो व्यावसायिक विद्युतीय बल्ब पहिलो पटक सन् १८७९ मा थोमस अल्भा एडिसनले आविष्कार गरेका थिए । राईट ब्रदर्सले जहाज आविष्कार गरे । Alibaba विश्वको अग्रणी थोक अनलाइन बजारहरू मध्ये एक हो । जुन ज्याकमाले आविष्कार गरे । Tik tok सफ्टवेयर झ्याङ हि मेङ Zhang Yiming/zhang yee ming/ आविस्कार गरे । अब यी विषयहरू विद्यालय र विश्वविद्यालयमा ब्याचलर्स, माष्टर्स र पिएचडी हुनेछ । यी जहाज, अनलाईन बजार, टिकटक, बिजुलिकाे बल्बमा विशेषज्ञ, प्राेफेसर जन्मने छ । आविष्कार गर्नेहरू प्रतिभा(Genius) क्षमताका हुन्छन् ।
त्रिपिटक कुन विश्वविद्यालयकाे प्राेफेसरले लेखे । कुरान, बाईबल र बेद कुन विश्वविद्यालयका प्राेफेसरले लेखेका थिए? रामयण, महाभारत, पुराण र गिता कुन विद्यालय र विश्वविद्यालयमा पढेका र पढाएका विद्वान र प्राेफेसरले लेखेका थिए? साेकरेट्स कुन स्कुलमा पढेका थिए? शेक्सपियर एसएलसी फेल थिए । तर उनले लेखेका कविता, नाटकहरूमा आजकल धमाधम एमकाे थेसिस र पिएचडिकाे थेसिस हुँदैछ । त्यसैले कुराे बुझाैं पढेर मात्रै हुनेवाला केही छैन ।
सुई लाउने र फुँई लाउनेहरूले एउटा विशिष्ट(Specific) विषयमा ज्ञान हुनसक्छ भने भुँई डाक्टरहरूसँग समग्र(Holistic) ज्ञान हुनसक्छ ।
तसर्थ भुँई मान्छेहरूलाई सुई लाउने र फुँई लाउनेले मात्रै हाेईन बुझि टाेपलिएका बुज्रुक, मास्टर्स गरेका टाेपलिएकाहरू र सबै सर्वसाधरणले मान्नु पर्ने व्यक्तिहरू हुन् यिनिहरू ।