आँधीखोलामा पौडी खेल्ने क्रममा डुवेर १ जना वेपत्ता


वालिङ–११ साउन ।आँधीखोलामा पौडी खेल्ने क्रममा डुवेर एकजना युवा वेपत्ता भएका छन् । शुक्रवार दिउसो १२.३० बजेको समयमा साथीभाई संग पौडी खेल्न गएका हरिनाश गाँउपालिका वाड नं ५ बसन्तडाँडा घर भई हाल वालिङ ८ मा डेरागरी बस्ने २३ का शिव पोख्रेल वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।


पोख्रेल वालिङ बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्यायनरत विद्यार्थी हुन् । आँधीखोलामा वेपत्ता भएका उनको स्थानीय र प्रहरीले खोजीकार्य गरिरहेको प्रहरीले जनाएको छ ।

1 0
Happy
Happy
0 %
Sad
Sad
100 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %