ब्राजिलका दम्पतीले २० लाख रूख राेपेर १८ वर्षमा मरूभुमि गरे हरियाली

Read Time:2 Minute, 38 Second

२०८१ श्रवण ७

उत्कृष्ट कार्य: ब्राजिलमा, एक उदाहरणीय दम्पती, लेलिया वानिक र सेबास्टियो साल्गाडोले मरुभूमि जस्तै देखिने नाङ्गो पहाडमा २० लाख रूखहरू रोपेर करिब १८ वर्षको अवधिमा हराभरा जंगल बनाईदिएका छन् । उनीहरूको मेहनतको परिणामस्वरूप १७२ वटा विभिन्न किसिमका चराका प्रजातिहरु , ३३ स्तनपायी जनावरहरु, १५ उभयचर, १५ सरीसृप र २९३ बोटविरुवाका प्रजातिहरूले उक्त स्थानमा पुनर्जीवन पाएका छन् ।

उनीहरूले स्थापना गरेको सानो संस्था “टेरा इन्स्टिच्युट” द्दारा थालिएको अथक प्रयासले जंगल र यसको इकोसिस्टमलाई पुनर्जीवित गरेको छ। Lélia र Sebastião ले जैविक विविधता पुनर्स्थापना गर्न स्थानीय बिरुवाहरु रोपी मासिएको बनलाई पुनः हराभरा बनाउन र बन जंगलको महत्वमा जोड दिएका थिए। उनीहरुको यो पहलले लोपोन्मुख लगायत धेरै प्रजातिहरूको पुनरागमनलाई सार्थक बनाएको छ।

सेबास्टियोले भने, ” करिब १८ बर्ष अगाडि पृथ्वी म जत्तिकै दुःखी थियो, नजिकैको बन जंगल सबै नष्ट भई मरुभूमिमा परिणत भैसकेपछि मेरी श्रीमतीले उक्त बाँझो जमिनमा पुन: रुख बिरुवा रोप्ने तिब्र इच्छाशक्ति देखाइन् । सुखद कूरा के छ भने हामी दुईको अथक मेहनत पश्चात् आज जंगल हराभरा भएको छ अनि सबै कीरा, फट्याङ्रा, चरा चुरुंगी,जंगली जनावरहरु पुन: आफ्नो बासस्थानमा फर्किएका छन् ।

Great Work: In Brazil, a remarkable couple, Lélia Wanick and Sebastião Salgado, planted 2 million trees over18 years, resulting in the return of 172 bird species, 33 mammals, 15 amphibians, 15 reptiles, and 293 plant species.

Their efforts through the Terra Institute, a small organization they founded, have revived a forest and its ecosystem. Lélia and Sebastião’s work emphasized the importance of replanting forests with local plants to restore biodiversity. This initiative led to the return of many species, including those endangered.

Sebastião reflected, “The earth was as sad as I was, everything was destroyed. Then my wife had the fantastic idea to replant the forest. All the insects, fish, and birds returned, and with the new growth of the trees, I was reborn.”

Credit: Blaženka Benkus

-साभार सामाजिक सञ्जाल

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %