सौन्दर्यकी खानी, पहाडकी रानी भनेर चर्चित नेपालको पूर्वी क्षेत्रमा अवस्थित मनोरम जिल्लाको नाम हो इलाम

Read Time:1 Minute, 56 Second

इलाम , सौन्दर्यकी खानी, पहाडकी रानी भनेर चर्चित नेपालको पूर्वी क्षेत्रमा अवस्थित मनोरम जिल्लाको नाम हो इलाम । पर्यटन क्षेत्रका लागि अत्यन्तै आकर्षक गन्तव्य स्थलको रुपमा विकास गर्न सकिने र विकसित हुँदै आइरहेको इलाम जिल्लाको गहनाको रुपमा रहेको एउटा प्रमुख पर्यटकीय स्थल हो– माइपोखरी ।

हिन्दू र बुद्ध धर्मावलम्बीहरुका लागि अत्यन्तै आस्थाको केन्द्रको रुपमा मानिँदै र पुजिँदै आइएको माइपोखरी इलाम जिल्लाको सदरमुकामबाट करिब १५ किलोमिटर उत्तरतिर ६,९०० फिटको उचाइमा अवस्थित छ । करिब १ किलोमिटर क्षेत्रफलमा फैलिएको माइपोखारी सन् २००८ को अक्टोबरमा विश्व सिमसार क्षेत्रको रुपमा समेत सूचीकृत भइसकेको छ ।

आफ्ना वरिपरि माइपोखरी बोटानिकल गार्डेनलाई समेटेर बसेको त्यस क्षेत्रलाई जैविक एवं वनस्पति विविधिताको क्षेत्रका रुपमा समेत लिइन्छ । विभिन्न थरिका अर्किड फूलहरु, अन्य विविध लेकाली फूल तथा चाप, धूपी, सल्ला लगायतका रुखविरुवा तथा जडीबुटीहरु पाइने माइपोखरी क्षेत्र ह्वाइट रम्प्ड गिद्ध, चितुवा–बिरालो, युरेरियन ओटर र विश्वमै दुर्लभ मानिने एकखालको छेपारो (स्थानीय नाम ठकठके) को समेत बासस्थान हो । त्यस क्षेत्रमा ३०० प्रजातिका चराहरु पनि पाइन्छन् ।

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %