युरो २०२४ फाइनल खेल स्पेन र इंग्ल्यान्ड आईतवार जर्मनीको बर्लिन शहरमा हुँदै छ ।सेमी फाईनलमा स्पेनले फ्रान्सलाई २–१ ले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो भने इंग्ल्यान्डले होल्ल्यान्डका बिरुद्ध २-१ ले पराजित गरी फाईनलका लागि स्थान सुरक्षित गरेको हो ।

स्पेनलाई धेरैले प्रतियोगिताकै सबैभन्दा राम्रो टिम मानेका छन भने इंग्ल्यान्डको सुरुवाती चरणका खेल त्यती जमेको देखिएन, धेरैले बिश्वास पनि गरेका थिएनन की इंग्ल्यान्ड फाइनलमा पुग्छ भनेर, त्यसकारण इंग्ल्यान्डका म्यानेजर साउथगेट र उनको टिम्ले धेरै आलोचना र दुर्व्यवहाँर समेत व्य्होर्नु पर्यो।तर पछिल्ला खेल्हरुमा भने धेरै सुधार गर्दै छ र फाइनल चरणको यात्रा तय गर्न सफल भएको छ । स्पेन कुनै ठूलो प्रतियोगिताको फाइनल पुगेको १२ वर्षयता पहिलो पटक हो भने सन् १९६६ मा आफ्नै भूमिमा भएको विश्वकप जितेको इंग्ल्यान्ड त्यसयता कुनै पनि बिदेशी भुमिमा यती माथि सम्म सफल हुन सकेको थिएन त्यसकारण इंग्ल्यान्डका लागि विदेशी भूमिमा पहिलो पटक उपाधि जिती ईतिहास रचने सुनौलो अवसर प्राप्त गरेको छ ।

स्पेनका लागि लामिन यामल प्रतियोगिताको इतिहासमा गोल गर्ने सर्वाधिक कान्छा खेलाडी हुन । उनी १६ वर्षका मात्र रहेका छन् । म्युनिकमा भएको खेलमा स्पेनले एक गोलले पछाडि रहेको स्थिति उल्टाएर खेल जितेको हो।आइतबार हुने फाइनलमा १७ वर्षका हुने यामल ,डेनी ओल्मो ,निको लगयतका खेलाडी हरु चर्चामा छन ।
इंग्ल्यान्डका कप्तान ह्यारी केन साथ जुड बीलिङ्हाम्म ,बुकायो साका , ओली वात्किन्स आदी चर्चाको शिखरमा छन ।युरो २०२४ को असर सर्व साधारण जनतामा मात्र होइन ,राजपरिवार र बेलायती सन्सदमा समेत चर्चा चुलिएको छ कि यदी इंग्ल्यान्डले युरो कप जितेमा “मन्डे ब्याङ्क होलिडे दिने कि नदिने भनेर “!