बच्चामा हुने कुपोषण सून्य वनाउछौं– उपप्रमुख तिवारी

Read Time:3 Minute, 34 Second

प्रदिप कोइराला
वालिङ–२७ असार । वालिङ नगरपालिकाकी उपप्रमुख कविता तिवारी विहिवार जगतभञ्याङमा एक हजार दिनका सुत्केरी आमाहरुलाई पोषिलो खानेकुरा सहितको झोला वोकेर उनीहरुलाई भेट्न पुगिन् । काखमा बच्चा वोकेका आमा तथा गर्भवती महिलाहरु स्वास्थ्य संस्थामा भेला भएका थिए । उक्त भेला वालिङ नगरपालिकाको पोषण सुधार कार्यक्रम अन्तर्गत उपमेयर संग पोषिलो झोला कार्यक्रमको रहेको थियो ।


एक क्यारेट अण्डा सहितको झोलामा लेखिएको थियो “आमाको गर्भ सुरक्षित हुँदा एउटा युग सुरक्षित हुन्छ ।“ झोला भित्र आमा र बच्चाका लागी २ प्याकेट सर्वोत्तम पिठो, १ किलो नुन, सरसफाईका लागि दन्तमञ्जन, दाँत माँझने ब्रस, नङकट र साबुन थियो । कार्यक्रमको वारेमा जानकारी दिन वालिङ नगरपालिका स्वास्थ्य शाखावाट पोषण अधिकृत रुपा पाठकले आमा र बच्चाको स्वास्थ्यमा सुधार ल्याउन पोषिलो खानेकुरा आवश्यक छ भन्ने सन्देश सहित नगरपालिकाले पोषिलो झोला कार्यक्रम लिएर सबै वडामा पुग्ने त्यसैको सुरुवात ५ नंवर वडावाट सुरु गरिएको जानकारी दिईन् ।


सुनौलो हजार दिनका आमाहरुका लागि आमा तथा बच्चाको स्वास्थ्य राम्रो होस भन्ने हेतुले नगरपालिका भित्रका एक हजार जना सुनौलो हजार दिनका आमाहरुलाई यो झोला वितरण गरिने कार्यक्रम रहेको स्वास्थ्य शाखा प्रमुख कमल प्रसाद पाण्डेले जानकारी

कार्यक्रमको सुभारम्भ गर्दै वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह्रेले ग्रामीण क्षेत्रमा घरमै असुरक्षित रूपमा सुत्केरी हुने, आमा र बच्चाको स्वास्थ्यमा खासै ध्यान नदिने चलन यथावत छ । उनीहरूलाई कोसेली कार्यक्रम मार्फत यसबारेमा सचेत समेत गराउन यो अभियान थालिएको बताइन् । ‘नगरपालिकाले यो वर्षदेखि कोसेली कार्यक्रम उपमेयर संग पोषिलो झोला कार्यक्रम लागू गरेका हौं । सबै गर्भवतीलाई स्वास्थ्य संस्थामै आएर सुत्केरी गराउन तथा आफ्नो र बच्चाको स्वास्थ्यमा ख्याल गर्न प्रेरित गरेका छौं ।’

नगरपालिकाले सन्चालन गरेको यो अभियानले आमा र बच्चामा देखिने कुपोषण घटाउने लक्ष्य लिएको उनको भनाइ छ । पोषणको अवस्थामा सुधार ल्याउन र संस्थागत सुत्केरीको संख्या बढाउनको लागि कोसेली कार्यक्रम प्रभावकारी हुने उपप्रमुख तिवारीको विश्वास छ । आगामी वर्ष समेत कार्यक्रमलाई निरन्तरता दिने उनको भनाई छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %