२०८१ असार २२/ पूर्ण बहादुर राना
जेष्ठ नागरिक सम्बन्धि ऐन,२०६३ अनुसार “जेष्ठ नागरिक” भन्नाले साठी वर्ष उमेर पूरा गरेको नेपाली नागरिक सम्झनु पर्छ भनेर उल्लेख गरेकाे छ । जेष्ठ नागरिककाे वर्गीकरण असहाय जेष्ठ नागरिक, अशक्त जेष्ठ नागरिक भनेर गरेकाे छ ।

नेपाल सरकार स्वास्थ्य विमा बाेर्डले जेष्ठ नागरिकहरूलाई स्वास्थ्य विमा गरेर एक लाखसम्मकाे स्वास्थ्य सेवा सुविधा दिएकाे कार्स सर्हानिय छ । तर स्वास्थ्य बीमा बाेर्डबाट परिचय पत्र बनाउने कार्य झन्झटिलो छ । किनकि परिचयपत्र बनाउन कित वडा कार्यालय जानुपर्छ कित सम्बन्धित जिल्लाकाे स्वास्थ्य बीमा बाेर्डकाे कार्यालयमा आउनुपर्छ । ती बीमा बाेर्डकाे कार्यालयमा आए पनि परिचयपत्र बन्ने भनेकै नागरिकताको आधारमा हाे । नागरिकताकै आधारमा स्वास्थ बीमा बाेर्डकाे परिचयपत्र बनाउने भए किन याे कार्ड बनाउन झन्झट बृद्धाहरूलाई दिईरहने? खुरूखुरू ६० वर्ष कटेका बृद्धाहरूलाई स्व:तह एकलाखसम्मकाे बिमा दिने व्यवस्था सरकारले गर्नुपर्छ ।
सरकारले जेष्ठ नागरिकहरूलाई दिने स्वास्थ्य विमा सेवा र यातायात सहुलियत सुविधा नागरिकताकाे आधारमा प्रदान गर्ने व्यवस्था गर्नुपर्छ । सरकारलाई कम्तीमा जेष्ठ नागरिकलाई नि:शुल्क स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्छ । प्रथम सेवा विन्दु हटाउनुपर्छ । किनकि बिरामी पर्ने भनेकाे आकस्मिक रूपमा हाे । नागरिकता भन्दा ठूलाे अधिकार र पहिचान केही हुन सक्दैन । नागरिकता सम्बन्धित राज्यको नागरिक हुनुकाे पहिलाे प्रमाण हाे ।
नागरिकता भनेकाे के हाे?
उत्तर: गृह मन्त्रालयकाे भनाई अनुसार;
राज्यसँग नागरिकको कानूनी सम्बन्ध स्थापीत गरी अधिकारको रक्षा गर्ने दस्तावेज नागरिकता हो। यो राज्य र नागरिकबिचको सम्बन्ध सेतुको रुपमा रहेको हुन्छ। नागरिकता राजनीतिक समुदायको सदस्यता हो। नागरिक वैयक्तिक पहिचान हो भने नागरिकता राज्य र व्यक्तिको सम्बन्ध सूचकको अवस्था हो।
प्रज्ञा नेपाली बृहत् शब्दकोश अनुसार;
राष्ट्रले आफ्नो संविधानअनुसार त्यस राष्ट्रमा बस्ने व्यक्तिलाई वंशजका नाताले वा निश्चित अवधिदेखि बसाेबास गरेका नाताले दिने नागरिक अधिकार हाे ।
कुनै देशमा बस्ने व्यक्तिलाई उमेरकाे निश्चित तहमा पुगेपछि राज्यले संविधानअनुसार दिने अधिकार हाे ।
कुनैपनि राष्ट्रकाे सबैभन्दा ठूलाे अधिकार नागरिक अधिकार हाे । नागरिकता सम्बन्धित मुलुककाे नागरिक हुनुकाे पहिलाे पहिचानको अधिकार हाे ।
वर्तमान अवस्थामा जेष्ठ नागरिक( Senior Citizens) हरूसँग घरमा छाेराछाेरि सँगै छैनन् । बाबाआमा गाउँ भए छाेराछाेरि शहरमा छन् । छाेराछाेरि विदेश भए बाबाआमा शहरमा छन् । अनि ती बृद्धाहरूले कसरी स्वास्थ्य बिमा बाेर्ड खाेजेर हिंड्ने? कसरी ती बृद्धाहरूले प्रथम सेवा बिन्दु अस्पतालबाट निवेदन लिन डुलेर हिंड्ने? अनि ती बृद्धाहरूले कसरी हस्पिटलकाे विभिन्न सिफारिसकाे लागि अनेक दुलाे चाहारेर हिंड्ने? सरकारले यस्तो झन्झट हटाउनुपर्छ । नागरिकताको आधारमा एकलाख हाे कतिससम्म स्वास्थ्य सेवा सुविधा बृद्धाहरूलाई दिने हाे नागरिकताकै आधारमा उपलब्ध गराउने परिपाटीको थालनि सरकारले अविलम्ब गर्नुपर्छ ।