अनलाइन पत्रकार संघको – प्रेस बिज्ञप्ति

Read Time:2 Minute, 58 Second

मिति : २०८१।०३।०९ प्रेस बिज्ञप्ति

नेपाल पत्रकार महासंघ केन्द्रीय निर्वाचन समिति–२०८१ ले यहि मिति २०८१।०३।०७ गते सार्वजनिक गरेको मतदाता नामावलीप्रति अनलाइन पत्रकार संघको गम्भीर ध्यानाकर्षण भएको छ ।

संघको विधान २०६४ अनुसार कार्यसमिति बैठकले स्वीकृत गरी नेपाल पत्रकार महासंघ एसोसियट प्रदेश समिति समक्ष पठाएका सदस्य नामावलीमा हेरफेर गरी सार्वजनिक गरिएकोमा संघ असहमति प्रकट गर्दछ ।अनलाइन पत्रकार संघको २०८०।०३।०१ गते बसेको बैठकले ५१ जना सदस्यको नवीकरण, २३ जना नयाँ सदस्यको स्वीकृत, ७ जनाको स्थानान्तरण र एक जनालाई मानार्थ सदस्यको लागि एसोसियट प्रदेश समितिमार्फत नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा पठाएको थियो ।

तर, केन्द्रीय निर्वाचन समितिले सार्बजनिक गरेको मतदाता नामावलीमा नयाँ सदस्य उल्लेख नभएको, कतिपय नवीकरण नगरेका भनी उल्लेख गरेर पठाएका सदस्यलाई महासंघले संघलाई जानकारी नगराई नवीकरण गर्नु अत्यन्त गैरजिम्मेवारी कार्य हो । संघले विधान अनुसार सम्पूर्ण प्रक्रिया पुरा गरेर पत्रकारितामा क्रियाशील पत्रकारहरुलाई नयाँ सदस्यको स्वीकृति दिएको केन्द्रिय निर्वाचन समिति समक्ष पुनः स्मरण गराउन चाहन्छ ।

संघले सिफारिस गरेका क्रियाशील पत्रकारलाई सदस्यता नदिने र संघलाई जानकारी नगराई मनोमानी ढंगले सदस्यता दिने निर्णय तत्काल सच्याउन अनलाइन पत्रकार संघ जोडदार माग गर्दछ ।

संघका जायज र विधानसम्मत मागलाई वेवास्ता गरेर नेपाल पत्रकार महासंघको केन्द्रीय निर्वाचन गर्नु, गराउनु औचित्यपुर्ण हुन्छ भन्ने हामीलाई लाग्दैन । तसर्थ अनलाइन पत्रकार संघले उठाएका जायज र विधानसम्मतका मागलाई उचित सम्बोधन गरी नेपाल पत्रकार महासंघले हामीलाई चुनावमा भाग लिन उपयुक्त वातावरण निर्माण गरिदिने छ र कानूनी बाटो अबलम्बन गर्न बाध्य पार्ने छैन भन्ने हाम्रो बिश्वास छ । डिल्लीप्रसाद सापकोटा अध्यक्ष गोविन्द मरासिनी सचिव

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %