गायक शान भुषालको नयाँ गित ‘मायाको धुन’ सार्वजनिक

Read Time:1 Minute, 16 Second

शुभराज अधिकारी

शुक्रबार । असार ७ गते

गायक शान भुषालको नयाँ गित ‘मायाको धुन’ सार्वजनिक भएको छ । पार्टी लभर लक्षित यो गीतमा गायिका रितिका श्रेष्ठका शब्द रहेको छ भने संगीत गायक भुषाल स्वयमको छ । गीतको उत्पादक अल्मोडा राना उप्रेतीको रहेको छ ।

गितमा प्रदिप लामा र केविका कार्कीको अभिनय रहेको छ । गायक भुषालका अनुसार दोलालघाट र नगरकोटमा गीतको छायंकन गरिएको भिडियोको निर्देशन प्रदिप लामाले गर्नु भएको छ ।

अमेरिकाको डालस स्थित गुन्जन स्टुडियोमा गीतको रेकर्डिङ गरिएको हो । अर्धाखाँचीका गायक भुषाल हाल अमेरिकामा हुनुहुन्छ । गीतको मास्टरिङ मिक्सिङ भारतमा गरिएको हो । करिब २ दशक शास्त्रीय संगीतमा साधनारत गायक भुषालका २ दर्जन बढी गीतहरु रेकर्ड भइसकेका छन ।

गीतको लिंक

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %