तनहुँका मगरले भण्डारीसँग के मागे र के बाचा गरे भण्डारीले?

Read Time:6 Minute, 1 Second

तनहुँका मगरले भण्डारीसँग के मागे र भण्डारीले के दिन्छु भने याे स्वागत बापत? किनकि भण्डारी दिने ठाउँमा छन् भने मगरहरू माग्ने ठाउँमा छन् । अर्थात् भण्डारी स्वयं आफू सत्तासीन र सत्तासिन जातिका हुन् भने मगर सत्ताबिहिन जाति हाे

पूर्ण बहादुर राना

तनहुँका मगरले “मगर समाज सुधार समिति” स्थापना गरेझैं बाहुनले “बाहुन समाज सुधार समिति” कहिले स्थापना गर्ला? बाहुन सुधार समितिकाे भवन उद्घाटन गर्ने अवसर मगरलाई कहिले देला? जसरि मगरले मगर सुधार समितिकाे भवन भण्डारीलाई उद्घाटन गर्ने अवसर दिएर ठूलाे गुन लगाई दिएकाे छ । उनकाे नाम सिलालेखमा अभिलेखिकरण गराईदिएकाे छ । उनलाई गाजाबाजा सहित भव्य स्वागत गरेकाे छ । बाहुनहरूले कहिले मगरलाई यस्ताे अवसर देला? याे जुनिमा? वा सात जुनी पछि? वा कहिल्यै पनि(Never ever)?

के बाचा गरे भण्डारीले?

(१) के भण्डारीले मगर भाषामा कक्षा १ देखि एम. ए. सम्म अध्ययन अध्यापन गराउने अवसर दिन्छु र मगर भाषालाई सरकारी कामकाजिकाे भाषा बनाउँछु भनेर बाचा गरे?

(२) के भण्डारीले मगरलाई उनकाे काङ्ग्रेस पार्टीको केन्द्रीय सदस्य, महामन्त्री र सभापति बनाउँछु भनेर कबुल गरे?

(३) के भण्डारीले मगरलाई सिडिओ, राजदुत, सांसद, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति बनाउँछु भनेर प्रतिबद्धता व्यक्त गरे?

(४) कि केही भनेनन्? केहि नभने कार्यकर्ता बन । वडा सदस्य र बेस्सरी भए वडाअध्यक्ष बन । अझ बढि नै भए पालिका अध्यक्षसम्म बन । र भाेटर बन भने हाेलान उनले मनमनै ।

(५) अझ भित्री मनमा त भण्डारीले यी मगरले अब कुराे बुझ्दै छन् । पछि मगरले मेसाे पायाे र पापयाेनिबाट जन्मेका मगरहरूकाे हाेस आयाे र चेत खुलेपछि हामी ब्रह्माकाे मुखबाट जन्मेका।बाहुनहरूकाे सन्तान म र मेरा सन्तानलाई अनि हामीलाई मान्दैनन् गनेदैनन् भनेर चिन्ता लिएर गए हाेलान । हाम्रो काउन्टडाउन सुरू भईसकेकाे छ । हाम्राे दुरदशा नआओस भनेर यिनलाई सकेसम्म कालाे काङ्ग्रेस बनाएर राख्नुपर्छ । सकेन भने एमाले बनाउनुपर्छ । अझै सकेन भने माओवादी बनाएर राख्नुपर्छ । जे गर्दानि हुँदै भएन भने रास्वपा केकेपा बनाएर राख्नुपर्छ भनेर गमेर साेंचे हाेलान ।

यी जातिलाई तिमीहरूले पार्टी चलाउन सक्छौ, देश चलाउन सक्छौ भनेर हामीले चेतनामूलक भाषण गर्न हुन्न । यिनलाई खुसि पार्न यिनले पाेलेकाे बारा, राेटि मासु र यी मगरहरूसँग काैरा नाच्नुपर्छ भनेर साेंचबिचार गरि कार्यक्रम स्थलबाट बाहिरे हाेलान । मगर भने हाम्रो बाहुन नेताले हामीले पाेलेकाे र पकाकाे बारा राेटि मासु पनि खाएर। काैरा नाचेर गयाे भनेर भुँईमा खुट्टा छैन हाेला ।

मगरहरू भने आफुले हालेकाे भाेट खेर गएन । हामी मगरले भाेट हालेर जिताएकाे नेता उद्घाटन गर्न आए भनेर मख्ख परे हाेलान मगरहरू । करेलम जत्राे नाख घेराैंला जत्राे बनाएर बसे हाेलान मगरहरू ।

बाहुनहरूले “नेपाल बाहुन संघ” खाेल्न नजानेर र नबुझेर नखाेलेकाे वा स्थापना नगरेकाे हाेइन । वास्तवमा बाहुनलाई “नेपाल बाहुन संघ” स्थापना गर्नुपर्ने आवश्यकनै छैन । किनकि काङ्ग्रेस, एमाले र माओवादी भनेकै बाहुनहरूकाे भाषा, धर्म, सँस्कार, सँस्कृतिकाे उत्थान, संरक्षण, प्रवर्द्धन गर्ने संस्थाहरू हुन् । र यी पार्टीहरू भनेका १२% बाहुनहरूलाई ८० देखि ९० प्रतिशत राज्यसत्ताकाे हरेक निकाय र तहमा उनिहरूकाे प्रतिनिधित्व र पहुँचकाे प्रत्याभूति(Guarantee) गराउने दलहरू हुन् । यी दलका पछि लाग्ने आदिवासी,मधेसी, दलित र मुस्लिमहरू भनेका विहेमा गएका जन्तिहरू जस्तै हुन् । वास्तवमा विहेकाे स्वाद त दुलाहा र दुलहिले मात्रै लिने गर्छन् । जन्तिहरूले त जन्त जाँदा मासुकाे झाेलमा चित्त बुझाए जस्तै हाे । जसरि जनताले चुनावमा मासुकाे झाेल र चिउरामा भाेट हालेर नेतालाई जिताउँछन् । चुनाव जितेपछि के स्वाद लिने त्याे त नेताले लिने गर्छ ।

यी काङ्ग्रेस, एमाले, माओवादी, राप्रपा, जनमाेर्चा, रास्वपा सबै दलहरू उनिहरूकाे भाषिक राज्यसत्ता, धार्मिक राज्यसत्ता, आर्थिक राज्यसत्ता, सामाजिक तथा साँस्कृतिक राज्सत्ता र जातीय राज्यसत्ता गुम्न नदिनेमा सचेत छन् ।

भिडियो हेर्न तलकाे लिङ्कमा थिच्नुहाेला ।

2 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
100 %
Surprise
Surprise
0 %