काठमाडौँ उपत्यकामै खेताला शिक्षक 

Read Time:2 Minute, 36 Second

अशाेक भन्डारी

काठमाडौँ ।  काठमाडौँ  उपत्यकाकै एक बिद्यालयमा खेताला शिक्षक भेटिएका छन।  

श्रमजित किशोर माबि लुखुशी ललितपुरमा खेताला शिक्षक भेटिएका हुन। श्रमजित किशोर माबि लुखुशी ललितपुरमा माबी तृतीय श्रेणीका बिज्ञान शिक्षक श्री राजेन्द्र राज पौडेलले खेताला  शिक्षक   अशोक यादबलाई  राखी बर्षौ देखि अबैध तवरले तलब खादै आएको रहस्य खुलाशा भएको छ  ।  श्रमजित किशोर माबि लुखुशी ललितपुरका एक  निवर्तमान शिक्षकले माननीय शिक्षा  मन्त्री सुमना श्रेष्ठलाई हुलाकमार्फत एक पत्र पठाएको खुलाशा गरेका छन।  उनले  मन्त्री सुमना श्रेष्ठलाई पत्रसंगै विद्यालयको अध्यापन तालिका (रुटिन)मा समेत पठाएको खुलाशा गरेका छन।  
उनले माननीय शिक्षा  मन्त्री सुमना श्रेष्ठलाई हुलाकमार्फत एक पत्र पठाएको पत्र यस्तो छ :

माननीय मन्त्री ज्यू
शिक्षा मन्त्रालय
बिषय : खेताला शिक्षक राख्ने शिक्षकलाई कारबाही गरि पाउ
महोदय ,
प्रस्तुत बिषयमा यस श्री श्रमजित किशोर माबि लुखुशी ललितपुरमा माबी तृतीय श्रेणीका बिज्ञान शिक्षक श्री राजेन्द्र राज पौडेलले खेताला  शिक्षक  राखी बर्षौ देखि  नियम बिपरित कार्य गर्दै  आएकोले उनलाई नियम बमोजिम कारबाही गरि पाउ।  साथै खेताला शिक्षक अशोक यादबलाई निजि स्रोतको  शिक्षक भनि ढाकछोप गर्ने विद्यालयका सम्बन्धित सबैलाई कानुनु बमोजिम कारबाही गरि पाउ ।  
 खेताला  शिक्षक राख्ने  राजेन्द्र राज पौडेलको विद्यालयको अध्यापन तालिका (रुटिन)मा समेत नभएकोले प्रमाण स्वरुप सो पनि यसै निबेदन साथ् संलग्न राखी पेस गरेको छु ।  
निवेदक
निवर्तमान शिक्षक
श्रमजित किशोर माबि लुखुशी ललितपुर 

1 0
Happy
Happy
0 %
Sad
Sad
100 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %