बजेट बिनियाेजन नेता र पार्टीको धाकधम्कि र पहुँचकाे आधारमा हाेईन सम्बन्धित क्षेत्रकाे आवश्यकताकाे आधारमा हुनुपर्छ

Read Time:5 Minute, 59 Second

याे फाेटाेमा दिएकाे भिउ टावर बनाउन ४१ लाख लाग्याे रे ।
लाग्याे लाग्याे पक्कै लाग्याे ४१ लाख किन नलाग्ने यत्राे भिउ टावर बनाउन? केही छानबिन भए जाेगाउन पार्टी छँदैछ ।

ठूला ठूला पार्टीमा लागणयाे भने अपराध भुक्त भईन्छ । भ्रष्टाचार मुक्त भईन्छ? हत्या र बलात्कार गरेनि जेलबाट छुटकारा भईन्छ । केही गरे जाेगाउन हाम्राे पार्टी र नेता छँदैछनि । ढुक्क भए हुन्छ ।

ठूला पार्टीमा लागे मान्छे मारेनि जेलमा बस्नु पर्दैन भन्ने भाष्य छ । दादागिरी देखाउन पाईन्छ । स्मगलिङ गर्न पाईन्छ । अनैतिक कार्य र भ्रष्टाचार गर्न पाईन्छ । सुन तस्कर, काठकाे तस्कर, मानव तस्कर गर्न पाईन्छ भन्ने भाष्य छ । हामीलाई केही परे जाेगाउन र बचाउन पार्टी छँदैछ भन्ने साेंचले ग्रस्त छ नेपाली जनताहरू ।

नेपालकाे राजनीतिमा काङ्ग्रेस पार्टीको लागि काङ्ग्रेस पार्टीका नेता कार्यकर्ता र भाेटर मात्रै जनता हुन् । अन्य पार्टीका जनता जनतै हाेईनन् । एमाले पार्टीको लागि एमाले पार्टीका नेता कार्यकर्ता र भाेटर मात्रै जनता हुन् । अन्य पार्टीका जनता जनतै हाेईनन् । माओवादी पार्टीको लागि माओवादी पार्टीका नेता कार्यकर्ता र भाेटर मात्रै जनता हुन् ।अन्य पार्टीका जनता जनतै हाेईनन् । त्यसैले नेपाली जनता वा नागरिक बन्न मन लागे काङ्ग्रेस बनाैं, एमाले बनाैं, माओवादी बनाैं । नत्र जनता हाेईन जन्तु भईन्छ ।

स्थानीय तह पालिका अध्यक्ष र वडाअध्यक्षहरूले सकेसम्म बजेट आफुलाई धेरै भाेट आएको क्षेत्रका जनतालाई धेरै भन्दा धेरै बजेट पार्ने चलन छ । नाथे साेलर बत्ति पनि वडाअध्यक्ष र वडासदस्यकाे आफ्नै घरकाे आँगनमा लगेर राख्ने र बाल्ने चलन छ । यसरी सरकारि सेवासुविधा अनि बजेट आफ्नो घरमा पार्न सके बल्ल ठूलाे नेता भईन्छ । ठूलाे नेता टाेपलिन्छ । राष्ट्रिय बजेट र प्रदेश बजेट बनाउनेहरू नेताहरूकाे चाल यहि हाे । बजेट आवश्यकताकाे आधारमा समानुपातिक तरिकाले बिनियाेजन गरिनुपर्छ ।

अनि बिराेधि पार्टीका नेता र जनतालाई मेख मार्ने चलन छ । अब जागिरमा हाेस् कि बजेट बिनियाेजनमा हाेस कुनै पार्टीका जनतालाई मेख मार्ने, बदला लिने र माथ खुवाउने प्रतिशाेधकाे भावना अन्त्य हनुपर्छ । जुनसुकै पार्टीका जनता सबै नेपाली जनता नै हुन् । जुनसुकै पार्टीका नेपाली नागरिक नेपाली नागरिकनै हुन् । सबै हामी तीन कराेड जनता एक हाैं भन्ने चिन्तनको विकास गर्नुपर्छ । जनताले आफुलाई भाेट हाल्याे कि हालेन । प्रचारप्रसारमा हिंड्याे कि हिंडेन र जुलुसमा ढुङ्गा मुढा गर्याे कि गरेन भनेर जज गर्ने हाेईन । जागिर वा काेटामा खुल्ला प्रतिस्पर्धाकाे आधारमा बिना पार्टीर बिना साथि र बिना नतावाद र कृपावादकाे आधारमा निष्पक्ष ढंगले चयन गरिनुपर्छ ।

यसरी निष्पक्ष ढंगले सेवा आयाेगबाट कर्मचारी नियुक्ति गरे याेग्य, सक्षम उम्मेदवार छानिन सक्छ । बल्ल देश विकास हुनसक्छ । लाेकसेवा, शिक्षक सेवा लगायत अन्य सेवाबाट छानिएका व्यक्ति सबै ईमानदार, जवाफदेही , सक्षम र कर्तव्यनिष्ठ छ भनेर भन्न सकिदैन । छानिएका छानिएका कर्मचारीहरूकाे बेलाबेलामा उसकाे कार्यकुशलता, याेग्यतामा वृद्धि भए नभएको चेकजाँच गर्ने निष्पक्ष समिति गठन हुनुपर्छ । कतै कामचाेर, कमिसनखाेर, स्वार्थको लागि काेरिकाे पनि पाउ माेल्नुपर्छ भन्ने पाउ माेल्नेखाेर भएको छ कि छैन परिक्षा हुनेपर्छ ।

क्षेत्रगत आवश्यकताकाे आधारमा बजेट बिनियाेजन गरे विकास भईसकेकाे र नसकेकाे बिचकाे खाडल पुरिनेछ । काठमाडौंलाई राेड खन्नु पर्ने आवश्यक छैन । काठमाडौंमा कतिपय संचार, स्वास्थ्यका पुर्वाधार तयार छन् । तर हुम्ला र जुम्लाका क्षेत्रमा राेड खन्नुपर्ने अवस्था छ । काठमाडौंकाे तुलनामा संचार माध्यम, स्वास्थ्य सुविधा पुगेकाे छैन । काठमाडौं बाहिरका जनताले काठमाडौं भएकाे विकासलाई विराेध गरेकाे हाेेेईन बरू अरू जिल्लामा पनि काठमाडौंले सेवा सुविधा पाउनुपर्छ । काठमाडौंकाे स्टान्डर्डमा विकास हुनुपर्छ भन्ने हाे । त्यसैले सबै क्षेत्रकाे विकासलाई साेलाेडाेलाेमा नहेराैं । खाँचाे र आवश्यकताकाे आधारमा हेराैं ।

3 0
Happy
Happy
0 %
Sad
Sad
33 %
Excited
Excited
0 %
Sleepy
Sleepy
33 %
Angry
Angry
33 %
Surprise
Surprise
0 %