२०८१ जेष्ठ २७
पूर्ण बहादुर राना
च्यासिङटाेल, बुढानिलकण्ठ, काठमाडौं

नेपाल मगर संघ बूढानिलकण्ठ नगर समितिद्धारा आयोजना गरिएको पाँच दिने मगर कर्मकाण्ड वापा/मापा प्रशिक्षण कार्यक्रम नगर समितिका अध्यक्ष प्रदिप थापा मगर र बुढानिलकण्ठ नगरपालिकाका उपमेयर अनिता लामाकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

समापन कार्यक्रममा धर्मदेशना र भर्खरै वापा/मापा तालिम सम्पन्न गरि शिक्षित र दिक्षित भएका नयाँ वापा/मापाहरूलाई बधाई सहित उनिहरूकाे आगामी मगर कर्मकाण्ड यात्राको शुभकामना मन्तव्य दिनका लागि धर्मगुरु श्रदेय भिक्षु गौतम शिशिर स्थबिर भन्ते आउनु भएको थियाे ।

भिक्षु गौतम शिशिर स्थबिर भन्तेका अनुसार मगरहरू परापुर्वकालदेखि बुद्धिष्ट भएको बताए । उनले भने, नेपाल मगर संघ केन्द्रीय समितिले प्रयाेग गर्ने झण्डा खुर्पेटाेमा अंकित चिन्ह बुद्ध धर्ममा प्रयाेग हुने धर्मचक्र रहेकाे र घरगाउँका मगरहरूले अहिलेसम्म यस्तै फुलबुट्टा भरेर खुर्पेटाे बनाउने चलन रहेकाे बताए । याे धर्मचक्र दशैं तिहारकाे बेलामा मगरहरूले घरकाे ढाेका र भित्तामा बनाएर राख्ने गरेकाे पनि बताए । भिक्षु गाैतमकाे भनाइ अनुसार “बुद्ध भगवानले साख्खै मामाकि छाेरि बिहे गरेकाे र मगरले पनि मामाकाे छाेरि बिहे गर्ने चलन छ । याे बुद्ध धर्मसँग मिल्छ भने । उनले भने, भगवान बुद्धले सुँगुरकाे मासु खाएर विरामि भई महापरिनिर्वाण प्राप्त गरेकाे बताए ।”


कार्यक्रमका प्रमुख अतिथि उपमेयर अनिता लामाले यस तालिमबाट दिक्षित भएका १६ जना वापा/मापाहरू अब बुढानिलकण्ठ नगरपालिकाकाे पनि सम्पत्ति भएको बताईन । उनले भने, “मगर कर्मकाण्ड तालिमबाट दिक्षित भएका वापा/मापाहरू मगर समुदायकाे मात्रै सम्पत्ति नभई हाम्राे बुढानिलकण्ठ नगरपालिकाे सम्पत्ति भईसक्नु भएको छ । अबका दिनमा १६ जना वापा/मापाहरूले बाैद्ध धर्ममा आधारित मगर कर्मकाण्डमा सँस्कारकाे आगाे झाेस्नु पर्ने छ । र देशभरि वापा/मापा तालिम संचालन गर्न अबका यहि तालिमबाट शिक्षित र दिक्षित भएका वापा/मापा नै अघि बढ्नुपर्ने छ ।” उपमेयर लामाले अब हामी आदिवासी जनजातिहरू आफ्नो भाषा र लिपिकाे संरक्षण र सम्बर्द्धन गर्नका लागि अघि बढ्न आग्रह गरिन । आर्थिक सहयाेगकाे लागि बुढानिलकण्ठ नगरपालिका तयार रहेकाे बताईन ।
कार्यक्रममा नगर अध्यक्ष प्रदिप थापा मगरले बुढानिलकण्ठ नगरपालिकाे कार्यालयले नेपाल मगर संघ बुढानिकण्ठ नगर समितिलाई मगर कर्मकाण्डकाे लागि सहयाेग गरेकाेमा आभार व्यक्त गरे । र आगामी दिनमा यस नगरपालिकाले मगर भाषा तथा लिपि तालिमकाे लागि आवश्यक बजेट विनियोजन गरिदिनेमा आफू विश्वस्त रहेकाे बताए । २०८१ जेष्ठ २३ गतेबाट २०८१ जेष्ठ २७ गतेसम्म सञ्चालित मगर कर्मकाण्ड कार्यक्रमकाे संचालन यस नगर समितिका सचिव उमेश राना मगरले गरेका थिए ।

कार्यक्रमकाे आयाेजना नेपाल मगर संघ बुढानिलकण्ठ नगर समिति र आर्थिक सहयाेग बुढानिलकण्ठ नगरपालिकाकाे कार्यालयले उपलब्ध गराईएकाे थियाे । वापा/मापा तालिमकाे लागि सहजिकरण सुर्यपाखा धापासि मार्ग बाँसबारी स्थित नाग अरहन्त बुद्ध विहारका अध्यक्ष गणेश थापा मगर गरेका थिए ।






