गाेरखा भाषा(नेपाली भाषा)लाई सर्वव्यापकता गराउने भए नेवार, भाेटे, मगर, गुरूङ, लिम्बू, सुनुवार, दनुवार, थारू जङ्गली भाषाहरूलाई अर्धचन्द्र(गलहत्ती) लगाउनु पर्छ

Read Time:8 Minute, 21 Second

-पूर्ण बहादुर राना

“आजसम्म एकहि “गाेरखा भाषा” काे सर्वव्यापकता हुन सकेकाे छैन ।
किन्तु नेवार, भाेटे, मगर, गुरूङ, लिम्बू, सुनुवार,
दनुवार, थारू प्रवृत्तिका जङ्गली भाषाहरूले पनि आफ्ना
जन्मस्थानलाई एकदम छाड्न सकेका छैनन् ।
जहाँसम्म एक मात्र “गाेरखा भाषा” ले अरू सबै भाषालाई
अर्धचन्द्र(गलहत्ती) लगाउन्न,
त्यहाँसम्म “गाेरखा भाषाकाे उन्नति हुन्छ” भन्नू र “मुख्य भाषा कहिनु याेग्य छ” छ भन्नू केवल मनकाे लड्डु मात्र हाे ।”

प्रस्तुत कविताकाे हरफमा आजसम्म गाेरखा भाषा अर्थात नेपाली खस भाषा सर्वव्यापक हुन नसकेकाे चिन्ता कवितामा कविले गरेका छन् । गाेरखा भाषा अर्थात नेपाली खस भाषा सबै जातिले बाेल्नु पर्ने विषय उठान गरेका छन् । कविका अनुसार १२३ भाषा मध्य १२२ भाषा मरिसक्नु पर्ने थियाे । ती १२२ भाषा मरेर नेपाली खसभाषा मात्रै बाँच्नु पर्ने थियाे । तर यसाे हुन नसकेकाेमा लेखकले कविता मार्फत गहिराे चिन्ता व्यक्त गरेका छन् ।

अझैसम्म नेपाली खस भाषा मात्रै बाँचेर १२२ वटा भाषाहरू नमरेर बाँचिरहनुकाे कारण पनि कविले पत्ता लागाएका छन् । त्याे कारणहरूमा उनले भनेका छन् कि नेवार, भाेटे, मगर, गुरूङ, लिम्बू, सुनुवार, दनुवार, थारू प्रवृत्तिका जङ्गली भाषाहरू जङ्गलि भाषा भएर पनि आफ्नो जन्मस्थानलाई नछाेडि आफ्नो भाषा बाेलिरहेकाे,कारणले यी भाषा बचिरहेकाे र गाेरखा भाषा सबै जनजनकाे जिब्रोमा नझुन्डिएको बताएकाे छ ।

जबसम्म गाेरखा भाषाले अरू भाषालाई अर्धचन्द्र लगाउन्न गाेरखा भाषाकाे उन्नति हुन्छ भन्नू मनकाे लड्डु हाे भनेकाे छ । त्यसैले कवितामा कविले गाेरखा भाषाले अरू भाषालाई अर्धचन्द्र अर्थात गलहत्ती नलगाएसम्म गाेरखा भाषा(नेपाली भाषा) काे श्रीवृद्धि नहुने र उन्नति नहुने बताएका छन्। गाेरखा भाषा(नेपाली भाषा) काे सर्वव्यापकता, उन्नति, प्रगति र सर्वस्विकार्यताका लागि नेवार, भाेटे, मगर, गुरूङ, लिम्बू, सुनुवार, दनुवार, थारू प्रवृत्तिका जङ्गली भाषाहरूलाई अर्धचन्द्र लगाउनै पर्छ । गलहत्ती हाल्नै पर्छ । मार्नैपर्छ भनेकाे छ ।

हाे यी नेवार, भाेटे, मगर, गुरूङ, लिम्बू, सुनुवार,
दनुवार, थारू प्रवृत्तिका जङ्गली भाषाहरूकाे मृत्युवरण गराउनका लागि नेपाल सरकारले बजेट बिनियाेजन गर्न नहुने । सरकारि कामकाजिकाे भाषा, मिडियाकाे भाषा, अध्ययनअध्यापनकाे र खाेजअनुसन्धानकाे भाषा बनाउन नहुने तर्क कविताले बाेकेकाे छ । याे मानेमा कवि र कविता सफल छ ।

वास्तवमा याे कविताको मर्म अनुसार नेवार, भाेटे, मगर, गुरूङ, लिम्बू, सुनुवार, दनुवार, थारू, राई, शेर्पा, थकाली, भाेजपुरि, मैथिली भाषा बाेल्ने गाउँ ठाउँमा नेपाली खस भाषिका बाहुन शिक्षकहरूले नेवार, भाेटे, मगर, गुरूङ, लिम्बू, सुनुवार, दनुवार, थारू, राई, शेर्पा, थकाली, भाेजपुरि, मैथिली भाषा बाेले जिब्रो बाक्लाे हुने । पढ्न नआउने भनेर हाउगुजी गरि विद्यार्थी र अभिभावकलाई त्रसित पारिदियाे र अहिले २० वर्षदेखि १५ वर्ष मुनिका नेवार, भाेटे, मगर, गुरूङ, लिम्बू, सुनुवार, दनुवार, थारू, राई, शेर्पा, थकाली, भाेजपुरि, मैथिली, अवधि भाषा बाेल्ने बच्चाहरू भेटिंदैन । अब मातृ भाषा मरिसकेकाे छ ।

लगभग ४० देखि २० वर्षसम्मका मानिसहरूमा नेवारि लवज(Tone or accent टाेन र याक्सेन्ट) हराई सकेको छ । ४० देखि २० वर्षसम्मका मानिसहरूमा तामाङ(भाेटे) लवज(Tone or accent टाेन र याक्सेन्ट) हराई सकेको छ । ४० देखि २० वर्षसम्मका मानिसहरूमा मगर लवज(Tone or accent टाेन र याक्सेन्ट) हराई सकेको छ । ४० देखि २० वर्षसम्मका मानिसहरूमा गुरूङ लवज(Tone or accent टाेन र याक्सेन्ट) हराई सकेको छ । ४० देखि २० वर्षसम्मका मानिसहरूमा लिम्बू, सुनुवार, दनुवार, थारू, राई, शेर्पा, थकाली, भाेजपुरि, मैथिली, अवधि भाषा लवज(Tone or accent टाेन र याक्सेन्ट) हराई सकेको छ ।

लवज(Tone or accent टाेन र याक्सेन्ट) भाषाकाे सम्पत्ति हाे । लवज भाषाकाे चिनारि र पहिचान हाे । लवज भाषा र जातिकाे पुर्ख्याैलि गहना हाे ।

हुनपनि अहिलेसम्म बाहुन जाति नेतृत्व काङ्ग्रेस , एमाले र माओवादी सरकारले कहिले मातृ भाषामा कक्षा १ देखि १० र मािस्टर्स र पिएचडि तहसम्म शिक्षा हुनुपर्छ भनेन । मातृ भाषामा पठनपाठन र अध्ययनअध्यापन हुनुपर्छ भनेर बजेट छुट्याएन ।

“जान्नेलाई छान्ने” भन्ने अहिलेका युवा नेता रबि लामिछाने नेतृत्व पार्टी रास्वपाले पनि मातृ भाषाकाे लागि आवाज उठाएन । काङ्ग्रेसका युवा नेताद्वय विश्वप्रकाश शर्मा र गगन थापा, एमालेका युवा नेता याेगेश भट्टराईले कहिले मातृ भाषामा प्राथमिक तहदेखि उच्चतहसम्म शिक्षा हुनुपर्छ भनेर आवाज उठाएन । यि विश्वप्रकाश शर्मा, गगन थापा र याेगेश भट्टराईलाई नेपाली खस भाषा भए पुग्छ । यि विश्वप्रकाश शर्मा, गगन थापा र याेगेश भट्टराईलाई गाेरखा खस भाषा भए पुग्छ । यि विश्वप्रकाश शर्मा, गगन थापा र याेगेश भट्टराईहरू मातृ भाषाका लागि अर्धचन्द्र(गलहत्ती) लगाउनेहरू नै हुन् ।

तर मातृ भाषा भएका तामाङ, नेवार, मगर, गुरूङ, राई, लिम्बू, थारू, धिमाल, शेर्पा, थकाली, मुसहर, मधेसि, मुस्लिमहरू भने हामी काङ्ग्रेस, हामी एमाले र हामी माओवादी अनि हामी राप्रपा र रास्वपा भनेर खाेकेर भुकेर हिंडिरहेका छन् । यिनिहरूका भुँईमा खुट्टा छैनन् ।

राज्यकाे हरेक निकाय, तह र तप्कामा तथा राज्यसत्तामा सबै जाति, भाषा, धर्म सँस्कार सँस्कृति समान पहुँच, पहिचान, अस्तित्व र सहअस्तित्व हुनुपर्छ । समानुपातिक प्रतिनिधित्व हुनुपर्छ र महिलालाई लैङ्गिक जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व हुनुपर्छ भनेर आवज बुलुन्द गरिरहने राष्ट्रिय जनमुक्ति पार्टीलाई आदिवासी, मधेसी, दलित, मुस्लिम र महिलाले खिसिटिउरि गर्ने, सराप्ने, हेप्ने र वेवास्ता गर्ने अनि नपत्याउने गरिरहेकाे छन् ।

5 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
100 %
Surprise
Surprise
0 %