क्यानडामा २५६८औं बुद्ध जयन्ती महोत्सव

Read Time:17 Minute, 48 Second

क्यानडा, टोरोन्टो

ह्योल्मो सोसाइटी अफ क्यानडाले नेपाली जनजाति (आदिवासी) एसोसिएसन अफ क्यानडासँगको सहकार्यमा यही सन् २०२४ मई २५ मा २५६८औं बुद्ध जयन्तीका अवसरमा टोरोन्टोको डन्डास स्क्वायरमा भव्य उत्सव गर्ने भएको छ ।

बैशाख शुक्लपक्षको पूर्णिमाको दिनमा तथागत् भगवान शाक्यमुनि बुद्धको जन्म, महाबोधि ज्ञान लाभ र महापरिनिर्वाणको त्रिसंयोग दिवसलाई विश्वभर बुद्ध जयन्ती बनेर मनाउँने गर्दछन् । यस कारण बैशाख पूर्णिमालाई विश्वका बौध्द धर्मावलम्बीहरूले बुद्ध जयन्तीलाई हर्षोल्लासका साथ मनाउँदै आइरहेको छ ।

ह्योल्मो सोसाइटी अफ क्यानडाले प्रत्येक वर्ष बुद्ध जयन्तीमा छोग्फुल कार्यक्रम आयोजना गर्दै आएको थियो । यस वर्ष विशेष बौद्ध बज्रयान–महायानी धार्मिक तान्त्रिक नृत्य, ह्योल्मो साँस्कृतिक नृत्य प्रस्तुति, द्विप “क्षेमी” प्रज्वलन तथा लामा गुरुबाट बुद्धको पूजा तथा शान्ति प्रार्थना गरी भगवान गौतमबुद्धको स्मृति र सम्मानमा उनका शान्तिका सन्देशहरु सम्प्रेषण गरी २५६८ औं बुद्ध जयन्ती महोत्सव मनाउँदैछन् । लगभग हजार जना सहभागी रहने यस महोत्सवमा क्यानडाको साथै अमेरिकामा रहेका ह्योल्मो तथा नेपालीहरु, विशिष्ट क्यानडियन अतिथिहरू सहित बाक्लो संख्यामा क्यानडियन नागरिकहरुको सहभागिता रहनेछ ।

नेपाल तथा क्यानडाको राष्ट्रिय गान, द्विप प्रज्वलन, बौद्ध धर्म मन्त्रोच्चारण सुरुवातका सहित आयोजित औपचारिक कार्यक्रममा विशेष कार्यक्रमहरु पनि समावेश गरिएकोछ । क्यानडामा आयोजित २५६८औं बुद्ध जयन्ती समारोहका संयोजक केशाङ ज्याबा ह्योल्मोले जानकारी दिएका छन् । उनी ह्योल्मो सोसाइटी अफ क्यानडाका सँस्थापक अध्यक्ष पनि हुनुहुन्छ । उनी थप्छन् अमेरिकाबाट पनि ह्योल्मो बन्धुहरु यस विशेष समारोहको शोभा बढाउनुको साथै कार्यक्रमलाई भव्यताका साथ सफल पार्न आउँदै हुनुहुन्छ ।

नेपाल देश भगवान बुद्धको जन्मस्थल, बौद्ध धर्मको उद्गमभूमि तथा विश्व शान्तीको मुहान भएको यथार्थलाई विशेष महत्वका प्रबद्र्धन गर्दै सम्पूर्ण जगतको कल्याण तथा विश्वमा अहिंसा भाईचारा र सद्भाव बढाउन सम्पूर्ण प्राणी जगतको रक्षा, मानव कल्याण तथा विश्व शान्तिको कामना गर्दै विश्वशान्तिका महानायक शाक्यमुनि भगवान बुद्धको पवित्र जन्मस्थल लुम्बिनी तथा नेपाल राष्ट्रको प्रचारप्रसार गरी नेपालको पर्यटन विकास विकासमा समेत टेवा पुर्‍याउने लक्ष्य समेत रहेको छ ।

शाक्यमुनि बुद्धको जन्मभूमि नेपाल लगायत विश्वमै दिगो शान्तिसुखसमृद्धि फैलाउनसुन्दर नेपालको प्रचारप्रसार एवं धार्मिक तथा सांस्कृतिक महत्वलाई अक्षुण राख्न र अन्तराष्ट्रिय पर्यटन प्रबर्द्धन हुने आशा लिएकोछ ।” ह्योल्मो सोसाइटी अफ क्यानडाका अध्यक्ष विश्व श्याङबा ह्योल्मो बताउँछन् ।

आयोजक :

ह्योल्मो सोसाइटी अफ क्यानडा :

ह्योल्मो सोसाइटी अफ क्यानडा, २०१९ मा स्थापित भएको हो । क्यानाडामा बसोबास गर्ने ह्योल्मोहरुलाई एकातृत गराउँदै ह्योल्मो आदिवासीको भाषा, सँस्कृति, धर्म, परम्परा, कलाको संरक्षण तथा सम्बद्र्धन गर्दै ह्योल्मो जातिको सभ्यता र सामाजिक विकासको पवित्र उद्देश्यका साथ ह्योल्मो सोसाईटी अफ क्यानाडाको स्थापना गर्दै क्यानाडा सरकारको कानुनको अधिनमा रही मुनाफा रहित समाजिक संस्थाको रुपमा दर्ता भएको सँस्था हो । यस सँस्थाले धेरै मानवीय सेवाका कार्यक्रमहरू पनि निरन्तररुपमा गर्दै आएको छ, विशेष गरी कोभिड–१९ महामारी, २०२१ को विनाशकारी बाढी र नेपालमा भूकम्पबाट प्रभावितहरूका लागि परोपकारी सहयोग प्रदान गर्ने कार्यहरु ह्योल्मो सञ्चार समूह र हिल–नेपाल सँस्थासँगको समन्वयमा गरिएको थियो ।

सहकार्य :

नेपाली जनजाति (आदिवासी) एसोसिएसन अफ क्यानडा :

नेपाली जनजाति (आदिवासी) एसोसिएसन अफ क्यानडाले नेपाली आदिवासी समुदायहरूको हित, अधिकार, र सांस्कृतिक धरोहर प्रबर्द्धन गर्ने कार्य गर्दै आइरहेको छ । क्यानडामा रहेका नेपालका विभिन्न आदिवासी जनजातिहरु माझ सद्भाव एवं भातृत्व अभिबृद्धि गर्दै राष्ट्रिय समुदायका संस्थाहरुलाई एकीकृत गराउँदै सामाजिक, साँस्कृतिक एवम् आर्थिक विकासका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । नेपाल बहुभाषिक, बहुसांस्कृतिक राष्ट्र भएको यर्थातलाई आत्मसाथ गर्दै आदिवासी जनजातिहरुको जातिय पहिचान, संस्कृतिको संरक्षण तथा प्रवद्र्धनको कार्यक्रमहरु सञ्चालन गर्नुको साथै यस किसिमका अभियानहरुमा आर्थिक, भौतिक र नैतिक रुपमा साथ सहयोग गर्दै आइरहेको छ ।

कार्यक्रमका विशेषताहरु :

नेपाल तथा क्यानडाको राष्ट्रिय गान, द्विप प्रज्वलन, बौद्ध धर्म मन्त्रोच्चारण सुरुवातका सहित आयोजित औपचारिक कार्यक्रममा निम्न विशेषताहरु रहेका छन् ।

छोग्फुल कार्यक्रम : ह्योल्मो सोसाइटी अफ क्यानडाले प्रत्येक वर्ष बुद्ध जयन्तीमा बौद्ध महायान–बज्रयान परम्परा अनुसार आयोजन गर्दै आएको, जसको मुख्य उद्देश्य धार्मिक र सांस्कृतिक संरक्षण र सम्बद्र्धन हो । मानव जातिको सुख, शान्ति, आयु, धन, गुण एवम् ज्ञान वृद्धि गर्न र दशाग्रहरी शान्त गर्ने उद्देश्यका साथ छोग्फुल कार्यक्रम अर्थात गणचक्र पुजा आयोजन गरिएको छ । यस पूजाबाट सिद्धि र बुद्धत्व प्राप्तिको योग, दशा ग्रह निर्मूल, शान्ति, धन आदि प्राप्तिको साथै निधिरक्षक धर्मपालहरुको पूजा, पाप परिसोधन सहित गणचक्र पुजा गरिन्छ ।

भाछ्याम (बौद्ध धर्म तान्त्रिक लामा नृत्य) : बौद्ध धर्मको धार्मिक तान्त्रिक नृत्यबाट बुद्ध धर्मलम्बीलाई बुद्धको दर्शन उपदेश दिनुका साथै सत्कर्माको शिक्षा दिने गर्छ । यो नाच तान्त्रियुक्त र विधियुक्त भएकोले विश्वको सबै ठाउँमा सुख र शान्ति समृद्धिको सन्देश प्रवाह गर्नु का साथै शुभमंगल गीतहरु पनि ह्योल्मो श्यब्रू नाचका साथ गाइने गीतले दर्शाउने गर्दछ । प्राचीनकालदेखि नै ह्योल्मो समुदायले आफ्नो संस्कृति अन्तर्गत रहेर बौद्ध धर्म, संस्कार, सहित्या, कला सङ्गीत नृत्य आदि क्षेत्रमा विशेष योगदान पुराउँदै आएकोछ ।

ह्योल्मो सांस्कृतिक श्याब्रु नृत्य : ह्योल्मो सांस्कृतिक नृत्यको साथै नेपालका आदिवासी समुदायहरूको सांस्कृतिक विविधतालाई विशेष प्रस्तुतिको रुपमा रहेको छ । नेपालको हेलम्बु क्षेत्रमा बसोवस गर्ने ह्योल्मो  जातिको छुट्टै वेशभूषा, नाचगान, खानपान रहेता पनि बौद्ध धर्मसँग जोडिएका संस्कार, संस्कृति, धार्मिक गतिविधिहरु अँगाल्दै आएका छन् । विदेश बसाईसराई क्रममा ह्योल्मो जातिको साथै आदिवासी जनजाति युवापुस्ताबाट टाढिदै गईरहेको आफ्नो मौलिक संस्कार, संस्कृतिहरूलाई संरक्षण, सम्वद्र्धन र बिकसित रुपबाट प्रवद्र्धन गर्न साँस्कृति पक्षलाई मुख्य रुपमा महत्व दिएको छ । ह्योल्मो जातिको परम्परागत भाषा, भेषभुषा, रितिरिवज, कला, संस्कार संस्कृति आदिको मुल्य मान्यताहरुलाई सदैव जीवन्त राख्दै ह्योल्मो साथै नेपालमा रहेको जातजातिहरुको संस्कार संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्य रहेको छ ।

क्षेमी (द्विप) प्रज्वलन समारोह : द्विप प्रज्वलनबाट अज्ञानको अन्धकारको अन्त्य भई जीवनमा ज्ञानको ज्योति फैलिनुको साथै सकारात्मक उर्जा प्राप्त गर्ने र जीवनबाट दरिद्रता हट्ने विश्वास गरिन्छ । शुद्ध मनले दीप अर्पण गर्नेहरूको आफ्नो मात्र नभई सम्पूर्ण प्राणी जगतको पाप, क्लेशहरू बिस्तारै हटेर घामको किरण जस्तो उज्यालो हुने, शरीर पनि स्वस्थ हुने र तेजस्वी बढ्ने, विवेक पनि स्पष्ट हुँदै जाने र पहिले नजानेका कुरा जान्ने, भौतिक रुपमा आँखा तिखो र विवेकशील हुने, अकुशल कर्म त्याग गर्न जान्ने, पापकर्म गर्ने सोच नआउने, पुण्य कार्यमा सदा मन लाग्ने, मर्ने बेलामा हाम्रो इन्द्रिय स्पष्ट हुने, अर्को जुनीमा दुर्गतिमा नपर्ने, प्रत्यक्ष अथवा सपनाहरूमा देवगणहरूको दर्शन मिल्ने, सुखवती भुवनमा जन्म हुने, छिट्टै बुद्धत्व प्राप्त हुने विश्वास गर्दछन् । बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमा तिथिमो बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्ति प्रकट गर्दै द्विप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ ।

बुद्ध पूर्णिमा : विश्व शान्तिका महानायक भगवान शाक्यमुनि बुद्धको जन्म, बोधिज्ञान लाभ, महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाको दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रूपमा लिने गर्दछन् । बुद्धले चार आर्य सत्य, आर्य अष्टाङ्गिक मार्ग, प्रतीत्यसमुत्पाद र पञ्चशीलको उपदेश दिनु भएकोछ । चार आर्य सत्यमा, संसार दुःखमय छ, दुःखको कारण छ, दुखःको नाश सम्भव छ र दुःख नाशका उपायबारे बुद्ध दर्शनमा व्याख्या गरिएको छ । आर्य अष्टाङ्गिक मार्गमा सम्यक दृष्टि, सम्यक सङ्कल्प, सम्यक वचन, सम्यक कर्म, सम्यक जीविका, सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधि पर्छन् । बौद्ध दर्शनको आधारशीला प्रतीत्यसमुत्पाद हो । यस महान् पर्व बुद्ध जयन्तीको आयोजना बाट भदन्त भगवान् बुध्दको काय, वाक, चित्त र गुणको स्मरण गर्दै आफ्नो शरीर, वचन, मन र कर्मद्वारा कुविचारहरूलाई परित्याग गरी बुद्धद्वारा प्रतिपादित उपदेशहरूलाई व्यावहारिक जीवनमा उतार्न सन्देश प्रवाह गर्नु हो । भगवान बुद्धले मार्गदर्शन गर्नुभएको शान्ति, अहिंसा, मैत्री र करूणाको शिक्षा तथा सन्देशहरूलाई केन्द्रीकृत गर्दै विशाल जनसहभागितामा बुद्ध प्रति श्रद्धाभक्ती भावका साथ विश्व शान्तिको कामना गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रम विवरण :

·         मिति : २५ मे २०२४, शनिबार

·         समय : बिहान ११:०० बजे

·         स्थान : डन्डास स्क्वेयर, टोरोन्टो, क्यानडा

हामी यस कार्यक्रम सम्बन्धि सार्वजनिक सूचना मार्फत शान्ति, आध्यात्मिक र सांस्कृतिक विविधता यस महत्वपूर्ण कार्यक्रममा सहभागी लागि हार्दिक आमन्त्रण गर्दछौं ।

विस्तृत जानकारीको लागि कृपया बुद्ध जयान्ति समारोह आयोजक समितिका संयोजक श्री केशाङ लामा ह्योल्मोलाई सम्पर्क गर्नुहोस् ।

ह्योल्मो सोसाइटी अफ क्यानडा बारेमा :

ह्योल्मो सोसाइटी अफ क्यानडा, २०१९ मा स्थापित भएको हो । क्यानाडामा बसोबास गर्ने ह्योल्मोहरुलाई एकातृत गराउँदै ह्योल्मो आदिवासीको भाषा, सँस्कृति, धर्म, परम्परा, कलाको संरक्षण तथा सम्बद्र्धन गर्दै ह्योल्मो जातिको सभ्यता र सामाजिक विकासको पवित्र उद्देश्यका साथ ह्योल्मो सोसाईटी अफ क्यानाडाको स्थापना गर्दै क्यानाडा सरकारको कानुनको अधिनमा रही मुनाफा रहित समाजिक संस्थाको रुपमा दर्ता भएको सँस्था हो । यस सँस्थाले धेरै मानवीय सेवाका कार्यक्रमहरू पनि निरन्तररुपमा गर्दै आएको छ, विशेष गरी कोभिड–१९ महामारी, २०२१ को विनाशकारी बाढी र नेपालमा भूकम्पबाट प्रभावितहरूका लागि परोपकारी सहयोग प्रदान गर्ने कार्यहरु ह्योल्मो सञ्चार समूह र हिल–नेपाल सँस्थासँगको समन्वयमा गरिएको थियो । थप जानकारीका लागि www.hyolmosocietyofcanada.org मा जानुहोस् ।

नेपाली जनजाति (आदिवासी) एसोसिएसन अफ क्यानडा :

नेपाली जनजाति (आदिवासी) एसोसिएसन अफ क्यानडाले नेपाली आदिवासी समुदायहरूको जातिय पहिचान, संस्कृतिको संरक्षण तथा प्रबर्द्धनको साथै हक, हित, अधिकार, र सांस्कृतिक धरोहर प्रबर्द्धन गर्ने कार्य गर्दै आई रहेको छ । थप जानकारीका लागि, www.njac.ca मा जानुहोस् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %