कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहीयालाई प्रचलित नियम कानून अनुसार सोधपुछ

Read Time:1 Minute, 56 Second
मिति: २०८१:०२:०९

                                   प्रेश विज्ञप्ती

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहीयालाई प्रचलित नियम कानून अनुसार सोधपुछ समेत नगरी राज्यशक्तीको दुरुपयोग गर्दै कार्यालयबाट पक्राउ गर्नु न्यायसंगत देखिँदैन र ब्यक्तीको सूचना पाउने र आफ्नो स्पष्टीकरण दिने मौका समेत नदिई पक्राउ गर्नु शोभनीय र प्रचलित संबिधान, प्रचलित कानून, मौलिक हक एवं अन्तर्राट्रिय मानव अधिकारसमेतको उलंघन भएको देखिन्छ ।

कानूनी राज्यमा यस्तो ब्यवहार संसारमा कतैपनि शोभनीय मानिदैन । लोकतन्त्रको गहनाको रुपमा रहेको निजी क्षेत्रको मिडिया र त्यसमा नेतृत्वदायी भूमिका खेलेका कान्तिपुरका अध्यक्षलाई पक्राउ गरि प्रेश स्वतन्त्रताकोसमेत न्युनतम् मर्यादा पालना नगरी गृहप्रशासनको ठाडो निर्देशनमा मिडियाको कार्यालयमा नै गएर दैनिक रुपमा उपप्रधान एवं गृहमन्त्रीका बिषयमा धारावाहीक रुपमा सहकारी ठगी सम्बन्धी समाचारहरु आईरहेका बेला नै पक्राउ गरी संचारकर्मीलाई समाचार लेख्न हतोत्साहित बनाउने ध्येयले पक्राउ गर्नु पुर्बाग्रही, अलोकतान्त्रीक, अब्यवहारिक भएको आचार्य बन्धु समाज–नेपाल केन्द्रीय समितिले ठहर गरेको छ ।

हामी यसको कडा रुपमा बिरोध गर्दछौं ।

……………..

बाबुराम आचार्य

                                                                                                    (अध्यक्ष)
1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %