
जेष्ठ ७, २०८१/पूर्ण बहादुर राना
प्रधानमन्त्री प्रचण्डले पहिलाे पटक २६८, दोस्रो पटक १७२, तेस्रो पटक १५७ सांसदको समर्थन पाएका दाहाललाई चौथो पटक पनि १५७ सांसदको साथ पाएका छन् । विपक्षीकाे अवराेध बिच पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथो पटक विश्वासको मत पाएका हुन् । प्रचण्डले आफ्नो तेस्रो कार्यकालमै प्रतिनिधिसभाबाट चौथो पटक प्रधानमन्त्रीकाे लागि विश्वासको मत लिएका हुन् ।
प्रधानमन्त्री दाहालको पक्षमा १५७ मत पाए । त्यस्तै प्रधानमन्त्री दाहाललाई मत दिन्न भन्नेमा १ मत परेको सभामुख देवराज घिमिरले सदनलाई जानकारी दिएका थिए । सोमबारको बैठकमा १५८ सांसद उपस्थित रहेको सभामुख घिमिरेले जानकारी दिए ।
संविधानको धारा १०० को उपधारा (२) अनुसार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका हुन् । धारा १०० काे उपधारा(२) अनुसार प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नु पर्ने प्रावधान छ ।
यस पटक विश्वासकाे मत लिनु पर्नाकाे कारण भने जनता समाजवादी पार्टी, नेपालले वैशाख ३१ गते संविधानको धारा ७६ को उपधारा (२) बमोजिमको प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । यसअघि प्रधानमन्त्रीले फागुन ३० गते विश्वासको मत लिएका थिए । यश अघिकाे तेस्रो पटक विश्वासको मत लिँदा दाहालको पक्षमा १५७ सांसद थिए ।
प्रचण्ड नेतृत्व सरकार २०७९ मंसिरको प्रतिनिधिसभा निर्वाचनपछि २०७९ पुस १० मा सरकार गठन भएको थियो । प्रचण्डले २०७९ पुस १० गते विश्वासकाे मत लिंदा एमाले, रास्वपा, राप्रपा, जसपालगायत दलहरू संलग्न सरकारको नेतृत्व गरेका थिए । प्रधानमन्त्री प्रचण्डले पहिलो पटक प्रतिनिधिसभाबाट २०७९ पुस २६ मा विश्वासको मत लिएका थिए । २०७९ पुस २६ गते विश्वासको मत लिंदा प्रतिपक्षको बेन्चमा बसेको कांग्रेससमेतले प्रचण्डलाई विश्वासको मत दिएको थियो ।
प्रधानमन्त्री प्रचण्डले २०७९ पुस २६ गते पहिलो विश्वासको मतको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा प्रतिनिधिसभा बैठकमा उपस्थित २७० सांसदमध्ये २६८ ले पक्षमा मत दिएका थिए । त्यतिबेला प्रचण्डको विपक्षमा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेमकिपाका प्रेम सुवालले मात्रै मत राखेका थिए ।
प्रचण्डले राष्ट्रपति निर्वाचन हुँदा २०७९ फागुन दोस्रो साता एमालेसँगको गठबन्धन तोडेर कांग्रेससँग सत्तायात्रा सुरु गरे । सुरूमा एमालेसँग मिलेर सरकार बनाउँदा सभामुख देवेन्द्र पाैडेललाई बनाउन सफल भए भने कांग्रेससँग मिल्दा रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउन सफल भएका थिए । प्रचण्डले एमालेसँगको गठबन्धन तोडिएपछि २०७९ चैत ६ मा दोस्रो पटक प्रतिनिधिसभामा विश्वास पाउँ भनेर प्रस्ताव पेस गरेका थिए ।
प्रचण्डले दोस्रो पटक विश्वासको मत लिँदा उनको पक्षमा कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदहरू प्रभु साह, अमरेशकुमार सिंहलगायतले विश्वासको मतकाे पक्षमा उभिएका थिए । उनले दाेश्राे पटक सदनमा उपस्थित २६२ सांसदमध्ये १७२ सांसदले पक्षमा भोट हालेर विश्वाकाे मत जाहेर गरेका थिए भने प्रचण्डको विपक्षमा ८९ सांसद थिए ।त्यतिबेला नेमकिपा ‘मत दिन्न’ भनेर विपक्षमा उभिएका थिए ।
प्रधानमन्त्री प्रचण्डले आज कांग्रेसले ‘वेल’ घेरेर नाराबाजी गरिरहेका बेला प्रतिनिधिसभामा विश्वासको मत लिएको थियाे । संसदीय प्रणाली अनुसार वेल घेराउ गर्दा सत्ता पक्षले बलमिच्याइँ गर्नु अस्वभाविक मानिन्छ । तर कतिपय सांसदले कांग्रेसको अपरिपक्व कदम हाे र त्रिशंकु संसद् हुँदा अर्थात कसैले सरकार बनाउन बहुमत नहुँदा यस्तो चलिरहने बताएकाे छ ।
