पोखरा । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे ले क्याबिनेट अफिसर्स स्कुलिङ कार्यक्रम सम्पन्न गरेको छ ।
देशको पर्यटकीय राजधानीपोखरामाजेठ ४ देखि ६ गतेसम्मभएको कार्यक्रममालायनवर्ष २०२४/२५ का लागिविभिन्नपदमामनोनितलायन्स लिडरहरुलाई उनीहरुको क्षमताविकासकालागितालिमप्रदानगरिएको थियो । तालिममापदीयजिम्मेवारी, भूमिका र त्यसलाई कसरी सम्पन्नगर्न सकिन्छ भन्ने बारेमा प्रशिक्षण दिइएको थियो ।


लायन्स क्लबले नेपालमा समूहगत रुपमानिकै राम्रो काम गरेको भन्दै कार्यक्रममाउपस्थित संघिय संसदकीउपसभामुखइन्दिरा रानामगरले आफ्नो जीवनकहानी सबैलाई सुनाउँदै व्यवहारिक जीवनमा कस्ता उद्देश्यहरु लिनुपर्ने भन्ने बारेमाबताइन् । उनले डिष्ट्रिक्ट ३२५ जे ले महिलागभर्नर पाएकोमाखुशीव्यक्तगर्दै विश्वभरमानम्बर एक भएर देखाउन इलेक्ट डिष्ट्रिक्ट गभर्नर लायनमिलनथापालाई शुभकामनादिइन् ।
प्रशिक्षण कार्यक्रममाप्रमुखबक्ताका रुपमाउपस्थित पास्ट इन्टरनेसनल डाइरेक्टर लायन सञ्जय खेतानले गभर्नरको कार्यक्रम सफलबनाउन के गर्न सकिन्छ भन्ने जानकारी दिँदै मेम्बरसीप बृद्धि, नयाँक्लबखोल्न तथालायन्स क्लब्स इन्टरनेसनल फाउन्डेसनमा कोषवृद्धि गर्न उपस्थितलाई उत्प्रेरणा प्रदान गरे ।

इन्टरनेसन डाइरेक्टर लायनबाल कृष्ण बुर्लाकोटीले विश्वकालायन्सहरुको जानकारी दिँदै आगामीवर्षका लागि के कस्ता कामहरुमा प्रतिबद्ध हुने भन्ने बताए । एलसीआईएफका एरिया लिडर लायन राजनलम्सालले लायन्स इन्टरनेसनलबाट कुनकुनशिर्षकमा कसरी प्रोजेक्ट ल्याउन सकिन्छ भन्ने जानकारी दिए । जिएटी एरिया लिडर लायनखगेन्द्र सिटौलाले लक्ष्यप्राप्तीकालागिग्लोबल एक्स टिमले गर्ने कार्यको बारेमाजानकारी दिए ।
लायनवर्ष २०२४/२५ का लागि इलेक्ट डिष्ट्रिक्ट गभर्नर लायनमिलनथापा र पास्ट डिष्ट्रिक्ट गभर्नर तथाजिईटी मल्टिपल कोअर्डिनेटर लायनध्रुबथापाले आगामीवर्षका लागि डिष्ट्रिक्ट गभर्नरको थिम सेयरिङ ह्याप्पिनेस सार्वजनिकगर्दै आफूले ल्याएको विभिन्नकार्यक्रमहरुको बारेमाजानकारी दिए ।

इलेक्ट डिष्ट्रिक्ट गभर्नर लायनमिलनथापाले आगामीलायनवर्षका लागिलायनविथलोकलवुमेन, माई क्लबपर्मानेन्ट क्लब, न्यु क्लब एक्स्टेन्सनतथा मेम्बरसीप एक्स्टेन्सन जस्ता महत्वपूर्ण कार्यक्रम अघि ल्याएकी छन् । यसका साथमाजहाँआवश्यकतात्यहाँलायन्स भनेझैं स्वास्थ्य, वातावरण, महिला, बालबालिका, युवाहरुसँग सम्बन्धितविभिन्नप्रकारका सेवाकार्यहरुलाई तिव्रतादिनउनले आग्रहगरिन् । सेवाकाहातहरु बढाउन नयाँक्लब र पुरानाक्लबमापनि सदस्यता बृद्धि गर्न उनले जोड दिइन् ।
कार्यक्रममाजोन चेयरपर्सनहरुलाई लायनआईपिडीजी लायनध्रुबश्रेष्ठले, रिजन चेयरपर्सनहरुलाई पिडिजी लायन योगेन्द्र प्रधानले, डिष्ट्रिक्ट चिफ, को चिफ, डिष्ट्रिक्ट अफिसर्स र डिष्ट्रिक्ट चेयरपर्सनहरुलाई पिडिजी लायन रुद्रहरी ज्ञवालीले, क्याबिनेट सेक्रेटरी, क्याबिनेट ट्रेजरर, एरिया चिफहरु, एरिया सेक्रेटरीहरु, एरिया ट्रेजररहरु, एरिया कमिटी मेम्बरहरुलाई पिडिजी लायन डिके ढुंगानाले, डिष्ट्रिक्टका एफडब्लुसी, जिएलटी, जिएसटी, जिएमटी, जिएटी, जिइटी, एलसिआईएफतथामिसन १.५ का कोअर्डिनेटरहरुलाई पिडिजी लायनविश्वेश्वर आचार्यले र चिफ एडभाईजर, डेपुटी चिफ एडभाईजर, चिफ एडमिनिस्ट्रेटर, को चिफ एडभाईजरहरु, कम्युनिकेसन, मार्केटिङ चिफहरु, सिनियर एडभाईजरहरुलाई डिष्ट्रिक्ट गभर्नर लायन हरि प्रसाद मरहट्टा, पिडिजी लायनध्रुबथापा र पास्ट मल्टिपल काउन्सिल चेयरपर्सन लायन प्रेम बहादुर श्रेष्ठले प्रशिक्षण दिएकाथिए ।
लायन्स लिडरहरुलाई डा. रबिन कटुवालले सामाजिक रुपान्तरणका लागि कसरी समर्पण गर्न सकिन्छ भन्ने बारेमाउत्प्रेरणा दिए । उनले आगामीवर्षको लागि डिष्ट्रिक्ट गभर्नरको थिम सेयरिङ ह्याप्पिनेसमाआधारित भई गर्न सकिने कार्यक्रमहरुको बारेमा सरल ढंगले जानकारी दिए ।

फस्ट भाईस डिष्ट्रिक्ट गभर्नर इलेक्ट लायनमिलनबाबु मल्ल, सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नर इलेक्ट लायनप्रजापतीबाँस्तोला र मनोनितचिफ एडभाईजर लायनकुश प्रसाद मल्लीले सबैलाई कार्यकाल सफलताकालागिशुभकामनादिए । क्याबिनेट सेक्रेटरी लायन कृष्ण बहादुर अधिकारीले विभिन्नप्रशासनिककार्य र क्याबिनेट ट्रेजरर लायनकल्पनाथापाले डिष्ट्रिक्ट मल्टिपल र इन्टरनेसनलमाबुझाउनुपर्ने शुल्क र छिटो शुल्कबुझाउनेलाई डिष्ट्रिक्टले प्रदानगर्ने अवार्डको बारेमाजानकारी दिइन् ।
काठमाडौं, गोर्खा, नुवाकोट, पोखरा, बागलुङ लगायतका क्षेत्रबाट १७० भन्दा बढी लायन्स लिडरहरुको कार्यक्रममा सहभागिताथियो । नेपालमालायन्स इन्टरनेसनलको १५ वटा डिष्ट्रिक्ट छ ।