
२०८० वैशाख ३०/ पूर्ण बहादुर राना
काठमाडौं । स्मल हेभन बोर्डिङ स्कुलको बसमा पेट्रोल बम प्रहार गरेर स्कुल बस जलाईएकाे छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बसमा पेट्रोल प्रहार गरेर बस पूर्ण रूपमा जलेको हाे ।
चितवनका भेषराज रिजालका अनुसार पेट्रोल बमकै कारण बस जलेको जानकारी दिएका छन् । साे बस आइतबार बिहानै विद्यार्थी बोक्न गएको थियाे । क्रान्तिकारी विद्यार्थीले प्रदेश–०६००१ क ०००४५ नम्बरको बसमा भरतपुर महानगरपालिका–२० स्थित दद्रेनी पुलमा आगजनी गरेकाे थियो ।
बसमा पेट्रोल बम प्रहार गर्दा बस चालकलाई भने अज्ञात समूहले बाहिर निकालेको थियाे । स्मल हेभन स्कुलका सञ्चालक उमेश श्रेष्ठ हुन् ।
साे बस नेकपा माओवादी क्रान्तिकारी मोहन वैद्यनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले जलाएको जनाएको छ । हाल क्रान्तिकारीका अध्यक्ष मिलन राई छन् ।
सुमना संयाेजक रहेकाे हस्ताक्षरित अनेरास्ववियु (क्रान्तिकारी)काे प्रेश विज्ञप्तिमा शैक्षिक माफियाहरूले निःशुल्क शैक्षिक कार्यक्रम ल्याउन बाधक बनेकोले बसमा आगजनी गरेको उल्लेख गरिएको छ ।
प्रेश विज्ञप्ति
