कोशी प्रदेशका प्रदेश प्रमुख बाट १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना

Read Time:1 Minute, 15 Second

सुनसरी , बैसाख १९ ,कोशी प्रदेशका माननीय प्रदेश प्रमुख परशुराम खापुङज्यूले १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

शुभकामनामा भन्नुभएको छ –“मजदुर तथा श्रमजीवी वर्गको मजबुत एकताको बलमा अधिकार प्राप्तिको लागि हरेक वर्ष मनाइने यस दिवसको अवसरमा नेपाली समाजको अग्रगामी परिवर्तनका निमित्त श्रमिक मजदुर वर्गको योगदान एवं बलिदानको स्मरण गर्दै उहाँहरूप्रति उच्च सम्मान प्रकट गर्न चाहन्छु ।”

त्यसैगरी कृषिलाई श्रमसँग र शिक्षालाई उत्पादनसँग जोड्दै उपलब्ध श्रोतहरूको उच्चतम् रूपमा प्रयोग गरी श्रमिक मजदुरका लागि अवसर सुनिश्चित गर्न साझा संकल्पको खाँचो छ भन्दै यस दिवसले सम्पूर्ण श्रमिक मजदुर वर्गमा उत्साह भर्ने विश्वास पनि प्रदेश प्रमुखज्यूले शुभाकामनामार्फत व्यक्त गर्नुभएको छ ।

1 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
100 %
Surprise
Surprise
0 %