इस्लामिक नारा लगाउदै हिन्दू युवामाथि साँघातिक आक्रमण गर्नेलाई कारवाही नगरिए अवस्था भयावह हुने ।प्रेस विज्ञप्ति

Read Time:3 Minute, 48 Second

I

नेपाल बहुसंख्यक हिन्दूहरु बसोवास गर्ने देश हो । हिन्दू धर्म ‘बसुधैव कुटुम्बकम’ अर्थात संसार एक परिवार हुन भन्ने मान्यतामा विश्वास गर्ने शान्तिप्रिय धर्म हो । हिन्दू धर्मले कहि कतै हिंसा, भेदभाव, कट्टरता जस्ता कृत्यहरुलाई प्रश्रय दिएको छैन । विश्व आज एक विशेष समुदायको कट्टरताले आतंकित रहेको सर्वविदितै छ ।

यसैबिच मिति २०८० चैत २२ गते सुनसरीको हरिनगर गाउँपालिका स्थित रामनगर भुटाहामा एक हिन्दू युवालाई लक्षित गरी इस्लामिक नारा लगाउदै  सामुहिकरुपमा गरिएको साँघातिक आक्रमण गरेको घटना प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ  ।

SEE परिक्षा दिन रामनगर भुटाहा स्थित बालकृष्ण उच्च माध्यमिक विद्यालय आएकी बहिनीलाई लिन आएका हरिनगर गाउँपालिका– ३ घर भएका जिवन मेहतालाई निर्घात कुटपिट गम्भीर घाईते बनाईएको छ । योजनाबद्ध रुपमा घटाईको उक्त घटनामा घर बनाउन प्रयोग गरिने छड्, बाँसको भाटा, पाईप, हेल्मेट आदिले ज्यानमार्ने गरी  कुटपिट गरिएको भिडियोमा सहजै हेर्न सकिन्छ । 

कुटपिट भईरहँदा परिक्षा केन्द्रमा सुरक्षाको लागि खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले कुनै प्रकारको कदम नचालेको कारण भिड्ले उग्र रुप लिदै मेहतालाई निर्घात कुटपिट गरिएको हो । बिद्यालय अगाडीबाट कुटपिट गर्न सुरु गरेको भिड्ले मेहतालाई घिसार्दै बजारमा लग्दा समेत प्रहरी प्रसाशनले आवश्यक कदम नचाल्नु एवं हाल सम्म घटनामा संलग्न जिहादी अपराधीहरुलाई नियन्त्रण नगरिनुले प्रशासनको आचरणमाथि समेत प्रश्नवाचक चिन्ह खडा भएको छ । 

प्रशासनद्वारा घटनामा संलग्न अपराधीलाई कारवाही नगरी हिन्दू समाजको प्रतिक्रियालाई दबाउने प्रयास गरिए अवस्था भयावह हुने निश्चित छ । घटनाको संवेदनशीलतालाई मध्येनजर गर्दै घटनाका दोषीलाई यथाशीघ्र कडा भन्दा कडा कारवाही गर्न सम्बन्धित निकाय समक्ष विश्व हिन्दू परिषद् नेपाल जोडदार माग गर्दछ ।

सनातन हिन्दू धर्मलाई समाप्त पार्ने मनशायले हिन्दू विरोधी तत्वहरु सक्रिय रहेकाले यस्ता जिहादी तत्वहरुलाई निरुत्साहित गर्न सबैलाई संगठित भई अगाडी बढ्न विश्व हिन्दू परिषद नेपाल आग्रह गर्दछ साथै आपसी एकता कायम राख्दै अपराधीहरूलाई कानुनी दायरामा ल्याउन दवाव सिर्जना गर्न प्रयास गर्न आवाहन समेत गर्दछ । घटनामा परी घाईते भएका जिवन मेहता र गोली लागि घाईते भएका युवाहरुको यथोचित उपचारको व्यवस्था गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउदै शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %