नारायणी नदीमा बन्ने सिग्नेचर पुलकाे डिजाईन अन्तिम चरणमा, पुल निर्माण कार्य यसै आर्थिक वर्षबाट सुरुहुने

Read Time:3 Minute, 48 Second

चैत्र २१, २०८०
पूर्ण बहादुर राना

नारायणी नदीमा सिग्नेचर पुल निर्माण हुने भएको छ । याे पुलले नारायणगढ र गैँडाकोटलाई जोड्नेछ । सिग्नेचर पुलको डिजाइन अन्तिम चरणमा पुगेको छ । सिग्नुचर पुल निर्माणकाे सुरू यसै आर्थिक वर्षबाट हुनेछ ।

सिग्नेचर पुलकाे निर्माण डिजाईन अन्तिम चरणमा पुगेकाे सडक विभागअन्तर्गत पुल महाशाखाका प्रमुख ललीजन खनालले जानकारी दिएका छन् । खनालले भने, ‘ तुँदी कन्स्ट्रक्सन कम्पनीले कामको डिजाइन अन्तिम चरणमा पुगेको जनाएको छ । यसअघि टोली गएर त्यहाँको स्थलगत अध्ययन र माटो परीक्षण गरिसकेको छ । ढिलोमा यस आर्थिक वर्षभित्र काम सुरु गर्ने विश्वास छ ।’

याे पुल निर्माणकाे लागि गत भर्दौमा पुल महाशाखाको टोलीले नारायणी नदीमा बन्ने सिग्नेचर पुलको सर्भे गरेको थियो । याे पुल साधारण पुल हाेईन । पुल लामाे भएकोले डजाईन गर्न निकै लामो समय लागेको पुल महाशाखा प्रमुख खनालले जनाए । सिग्नेचर पुल निर्माणकाे फिल्ड भएपछि तुँदि कन्स्ट्रक्सनले ठेक्का पाएकाे थियाे । अहिले तुँदी कन्स्ट्रकसनले पुलको डिजाइन गरिरहेको छ । उसको डिजाइनलाई पुल महाशाखाले स्वीकृति दिएपछि पुल निर्माणको काम सुरु हुनेछ ।

सिग्नेचर ब्रिज अहिले भएको पुलचोकको पुलभन्दा उत्तरतर्फ बन्ने छ । सिग्नेचर ब्रिज ४ वर्षभित्र निर्माण सम्पन्न गर्नेछ । पुलकाे लम्बाई ४२० मिटर लामो हुनेछ । उक्त पुल निर्माण गर्न एक अर्ब ६८ करोड ७६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको हाे ।

सरकारले पूर्व–पश्चिम राजमार्गलाई ‘एसियन हाइवे’ को रूपमा स्तरोन्नति गर्न लागेकाेले नदीेमा पनि थप दुई लेनको पुलआवश्यक भएकोले पुलकाे बिस्तार गर्न लागेको हो ।
नारायणी नदीमा भएको पुल २०३८ सालमा निर्माण गरिएको हाे । याे पुल अहिले जीर्ण बन्दै गइरहेको छ ।

विभिन्न चार स्थानमा सिग्नेचर पुल निर्माण गर्नमा लागि विश्व बैंकले २०७५ सालमा चार अर्ब लगानी गर्ने सरकारसँग सम्झौता गरेको थियो । सोही सम्झाैतानुसार नारायणीमा बन्ने पुल भने पहिलो सिग्नेचर पुल हुनेछ । सडक विभाग मातहतको पुल महाशाखाका अनुसार अहिलेसम्म नेपालमा विभिन्न ठाउँमा सिग्नेचर पुल निर्माण भइसकेका छन् ।

सिग्नेचर पुल अन्तर्गत आर्चब्रिज, केबल नेटवर्किङ आर्च, सस्पेन्सन लगायतका संरचना पर्छन् । चार थरिका सिग्नेचर पुलमध्ये कुनै एक सिग्नेचर पुल तयार हुनेछ । सिग्नेचर पुल निर्माण सम्पन्न भएपछि भरतपुर र गैँडाकोट क्षेत्रमा थप सहरी सौन्दर्य थपिने छ । याे पुल पर्यटककाे लागि हेर्न लायक हुने जनविश्वास छ ।

2 0
Happy
Happy
50 %
Sad
Sad
0 %
Excited
Excited
50 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %