एनएमसीद्वारा प्रहरी वृत्त बौद्धलाई “ईमर्जेन्सी फर्स्ट एड “वितरण

Read Time:2 Minute, 8 Second

काठमाडौं । नेपाल मेडिकल कलेजले सामाजिक उत्तरदायित्व अन्तरगत महानगरीय प्रहरी  वृत्त बौद्धलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । मंगलबार कलेजका प्रबन्ध निर्देशक प्रा.डा.जैनुद्धिन अन्सारीले बौद्ध प्रहरी वृत्तका डिएसपी राजु पाण्डेलाई “इमरजेन्सी फर्स्ट एड वक्स”हरु हस्तान्तरण गर्नुभयाे ।

सो क्रममा प्रा.डा.अन्सारीले समाजमा शान्ति व्यवस्था, अमनचयन कायम गर्न नेपाल प्रहरीको जति भूमिका रहन्छ त्यत्तिनै नागरिक समाजको पनि रहने बताउँदै मेडिकल कलेज नेपाल प्रहरीसँग सहकार्य गर्दै अगाडी बढ्ने बताउनु भयाे ।

दुर्घटना भइहाले घाइतेहरुको तत्काल उद्दार र प्राथमिक उपचारमा इमरजेन्सी फर्स्ट एडको महत्वपूर्ण भूमिका रहन्छ । कलेजले गरेको सहयोग र सहकार्यले दुर्घटनामा हुने मानवीय क्षती कम गर्न सहयोग पुग्ने डिएसपी पाण्डेले जनाउनु भयाे ।

हस्तान्तरण कार्यक्रममा कलेजका अस्पताल निर्देशक डा.राजेश किशोर श्रेष्ठ, हस्पिटल डाइरेक्टर प्रा.डा.मोदनाथ मरहठ्ठा, निर्देशक डा.साविहा यासमिन, प्रमुख प्रशासकीय अधिकृत ज्योती खड्काको समेत सहभागीता रहेको थियो ।

कलेजले मेडिकल शिक्षा, स्वास्थ्य सेवा र मानवीय सेवामा विभिन्न संघ संस्थाहरुसँग सहकार्य गर्दै आइरहेको कलेजले जनाएको छ । स्वास्थ्य सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउँदै लैजाने क्रममा आम नागरिकसँग सात्क्षात्कार हुन सहकार्य गरिँदै आइएको हो ।

2 0
Happy
Happy
50 %
Sad
Sad
0 %
Excited
Excited
50 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %