चैत १८, २०८०
पूर्ण बहादुर राना
राष्ट्रिय जनमुक्ति पार्टीका पूर्व उपाध्यक्ष एवं संघीय परिषद सदस्य मिना पन्धाक लिम्बूकाे निधन भएकाे छ । पन्धाककाे आज ठिक १:३० बजे उपचारकाे क्रममा निधन भएकाे हाे ।

पन्धाक २०५० सालदेखि जनमुक्ति पार्टीमा आवद्ध थिईन ।
पन्धाक सत्ताबिहिन तथा पछाडि परेका र पारिएका जातीय समुदायलाई राज्यकाे मूल प्रवाह(Mainstream)मा नल्याएसम्म देश विकास हुन सक्दैन भने दृढ संकल्प सहित सबै जातीय समुदाय र समुदाय भित्रका महिलाहरूकाे हक अधिकारकाे लागि प्रखर रूपमा आवाज उठाएर आएकि थिईन । उनि देशलाई आवश्यक एक सुझबुझ भएका निडर र स्पष्टवक्ता महिला नेतृ थिईन । पान्धकले मूलतः जातीय मुक्ति(Ethnic Emancipation) र बहुजातीय लाेकतान्त्रिक समाजवाद(Multiethnic Democratic Socialism) प्राप्तिको महान लक्ष्य प्राप्तिको लागि महिलाकाे तर्फबाट सतिसाल थिईन । उनी कहिले कुनै पदमा लालयति भएनन् । पदकाे लाेभलालच नभएकै कारणले उनि पार्टी केन्द्रीय समितिकाे उपाध्यक्षकाल पूरा गरेर पनि फेरि पार्टीकाे केन्द्रीय सदस्यमा बसेर बिना लाेभलालच नगरि पार्टीबाट बिचलन नभई आफ्नो अन्तिम जीवन विताउन सफल भईन ।
विगत तीन दशकदेखि आदिवासी, दलित, मधेसी, मुस्लिम, खसआर्य लगायत सम्पूर्ण पछाडि पारिएका महिलाहरूकाे हक अधिकारकाे लागि लड्दै आएकी थिईन । मिना पान्धक लिम्बूले महिला अधिकार लगायत सम्पूर्ण अधिकार स्थापित गर्न निर्वाचनमा पनि भाग लिएकि थिईन ।
मिना पन्धाक लिम्बूकाे वि. सं. २०१६ सालमा साबिककाे साब्लाखु गाउँ विकास समितिकाे वडा नं. ७ र हाल सिदिङ्बा गाउँपालिका वडा नं. ४ ताप्लेजुङमा बाबा अमरजङ्ग पान्धक लिम्बु र आमा बिष्णुमाया बेघा पान्धक लिम्बूकाे काेखबाट ताप्लेजुङमा जन्म भएको थियाे ।
हाल वहाँ अर्जुनधारा गाउँपालिका वडा नं. ३ झापामा बसाेबास गर्दै आउनु भएको थियाे ।
पान्धक विगत एक वर्षबाट प्राणघातक राेग क्यान्सरसँग लड्दै आएकी थिईन । उनी ६० वर्षकाे उमेरमा आज आईतबार निधन भएकाे हाे । उनकाे निधनले सिङ्गो पार्टी पंक्ति मर्माहत भएको भनी अध्यक्ष केपि पालुङवाले आफ्नो फेसबुक स्टेटसमा दु:ख व्यक्त गर्दै लेखेका छन, “मेरो सहयोद्धा- राष्ट्रिय जनमुक्ति पार्टीको पुर्व उपाध्यक्ष तथा संघीय परिषद सदस्य श्रध्येय – Mina pandhak ज्युको आज असामयिक निधनको खवरले म र सिङ्गो हाम्रो पार्टी पङ्ती मर्माहत भएकाछौं ! उहाँको निधनले अपुरणिय क्षती पुगेकोछ ! उहाको आत्माको चिर शान्तिको कामना साथै भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। परिवार जनमा गहिरो शोक समबेदना छ ।”
पार्टी कार्यकारी अध्यक्ष केशव सुर्यवंशिले मिना पान्धककाे भाैतिक शरीर उपस्थित नरहेनि वहाँकाे याेगदान र कर्लेमले सधैं वहाँकाे उपस्थिति बाेध गराई रहने जनाउँदै सामाजिक सञ्लेजाल फेसबुकमा खेका छन्, “उच्च नैतिकता सहितको राजनीतिक जीवन!मन ,बचन अनि कर्मले आफ्नो समुदाय,देश अनि उत्पीडित जनताको लागि पूर्णतः समर्पित ब्यक्तित्व!राष्ट्रिय जनमुक्ति पार्टीका एक उज्ज्वल नक्षत्र!हामी सबैका अत्यन्त मायालु अनि आदरणीय दिदी; पूर्व केन्द्रीय उपाध्यक्ष तथा वरिष्ठ के.स.मीना पन्धाक लिम्बु भौतिक रूपमा आज (०८०चैत्र १८गते)हामीबाट बिदा भएर जानुभयो।भौतिक रूपमा हामी माझ नरहे पनि उहाँको ब्यक्तित्व ,कर्म अनि योगदानको आभाले हामीलाई निरन्तर उहाँको उपस्थितिको बोध गराई नै रहनेछ।उहाँलाई निर्वाण प्राप्तिको कामना सहित हार्दिक श्रद्धाञ्जली !”
बरिस्ठ उपाध्यक्ष कमला थापाले हनाेहार र निष्ठावान महिला नेत्रि गुमाउनु परेकाेले स्तब्ध भएकाे भनेर आफ्नो फेसबुकमा लेखेकि छिन्, “महिला नेतृ राष्ट्रिय जनमुक्ति पार्टीका पूर्ब केन्द्रीय उपाध्यक्ष तथा बरिस्ठ केन्द्रीय सदस्य मीना पन्धाक लिम्बुज्युको असामयिक निधनको खबरले हामी अत्यन्तै मर्माहत र स्तब्ध भएका छौ । उहाको निधनले देश , जनता र पार्टीले एउटा होनहार , निष्ठावान, कर्मठ, संघर्षशील र क्रियाशील महिला नेतृलाई गुमाउन पुगेको छ ।
यसले महिला आन्दोलन र पार्टीलाई अपुरणिय क्षति पुगेको छ । यस दुखद घडीमा मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति हार्दिक समबेदना प्रकट गर्दछौ ।”
यसरीनै पार्टीको भातृ संगठन नेपाल विद्यार्थी माेर्चाका केन्द्रीय अध्यक्ष पूर्ण बहादुर रानाले पार्टी र पार्टीको लक्ष्य बहुजातीय लाेकतान्त्रिक समाजवाद प्राप्तिलाई अपुरणिय क्षति पुगेकाे छ र वहाँकाे चित्तले निर्वाव प्राप्त गराेस भनि आफ्नो फेसबुकमा लेखेका छन्, “सत्ताबिहिन तथा पछाडि परेका र पारिएका जातीय समुदायलाई राज्यकाे मूल प्रवाह(Mainstream)मा नलगेसम्म देश विकास हुन सक्दैन भने दृढ संकल्प लिएर राष्ट्रिय जनमुक्ति पार्टी केन्द्रीय समितिकाे पुर्व उपाध्यक्ष भएर आफ्नो कार्यकाल पूरा गरिसक्नु भएका देशलाई आवश्यक एक सुझबुझ भएका निडर र स्पष्टवक्ता महिला नेतृ मिना पान्धकज्यूकाे असमायिक निधनले जातीय मुक्ति(Ethnic Emancipation) र बहुजातीय लाेकतान्त्रिक समाजवाद(Multiethnic Democratic Socialism) प्राप्तिको महान लक्ष्यलाई अपुरणिय क्षति पुगेकाे छ । यस दु:खद क्षणमा वहाँकाे चित्तले निर्वाण प्राप्त गराेस भनी कमना गर्दै शाेकाकुल परिवारजन ईष्टमित्रमा गहिराे समवेदना प्रकट गर्दछु ।”
झापा जिल्लाका सचिव पदम कन्दङ्वाले पन्धाककाे पार्थिव शरीर भाेली साेमबार अन्तेष्टी गर्ने जानकारी गरेका छन् ।