प्रेश नाेट

Read Time:8 Minute, 42 Second

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालकाे पटकपटकको लापरबाही तत्काल बन्द गर्!

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०८० साल वैशाखमा लिएकाे स्नातक तह प्रथम वर्षकाे दुई विषयकाे ३७५ भन्दा बढि उत्तरपुस्तिका हराएकाे समाचार प्रति नेपाल विद्यार्थी माेर्चाकाे गम्भीर ध्यानाकर्षण भएको छ । नेपालकै जेठाे र पुरानाे विश्वविद्यालयकाे परीक्षा नियन्त्रण कार्यालयकाे यस्ताे गैरजिम्मेवारी कार्य निन्दनीय र घाेर भत्सर्ना याेग्य छ । यस्ताे कार्य तुरून्त राेक्नुपर्छ ।

परीक्षा नियन्त्रण कार्यालयले बिएड पहिलाे वर्षकाे र मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गतकाे जनसंख्या तथा स्वास्थ विषय र शिक्षाशास्त्र संकाय तर्फ शिक्षाकाे आधार विषयका उत्तरपुस्तिका हराएकाे र गाएब पारेकाे हाे । यसरी त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले उत्तरपुस्तिका हराई दिने र गाएब पार्ने काम गरेका कर्मचारीहरूलाई अविलम्ब कडा कारबाही सहित जागिरबाट बर्खास्ती गर्नुपर्छ ।

र आगामी २०८० चैत २१ गते बुधबार लिने परीक्षामा पुन: सहभागी हुने विद्यार्थीलाई पास गराई दिनुपर्छ ।

अबका दिनमा त्रिभुवन विश्वविद्यालयले तपसिलका कार्य गर्न गराउन नेपाल विद्यार्थी माेर्चा जाेडदार माग गर्दछ ।

तपसिल
१. ईन्ट्रान्स परीक्षा, कक्षा सञ्चालन, वार्षिक परिक्षा लगायत अन्य परीक्षा समयमै लिने व्यवस्था गर्नुपर्छ । लिएको परीक्षाको नतिजा समयमै प्रकाशन गर्नुपर्छ । यसकाे लागि त्रिभुवन विश्वविद्यालयले एक दिन तलमाथि नहुने गरि शैक्षिक क्यालेन्डर बनाई तुरून्त लागू गर्नुपर्छ । त्रिविका शिक्षक तथा अन्य कर्मचारीहरू “सरकारि काम कहिले जाला घाम” भन्ने साेंचले ग्रस्त छ । हप्ताैं दिनकाे हाजिर एकैदिन गर्ने र हाजिर पश्चात् टाप कसि हाल्नेलाई तुरून्त जागिरबाट बर्खास्ती गर्नुपर्छ । यस्ता टियुमा पढाछु भनेर टियुकाे नामबेचेर अन्य स्कुल कलेजमा ठगिखाने जमातलाई सधैंकाे लागि विदाई गरिहाल्नुपर्छ ।

२. त्रिभुवन विश्वविद्यालयले यति पढ्याछु र उति पढ्याछु भन्ने नकारात्मक घमण्ड बढाउने अव्यावहारिक शिक्षा दिनेकार्य राेक्नुपर्छ । ती अव्यावहारिक शिक्षाले बेरोजगार उत्पदान गर्ने कार्य गरेकाे छ । त्रिभुवन विश्वविद्यालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारकाे माग अनुसार खाेज तथा अनुसन्धानमुलक शिक्षा, प्राविधिक, वैज्ञानिक र म्यान्युफ्याक्चरिङ शिक्षा, नवपर्वर्तन, आविष्कारमूलक, उत्पादनमूलक शिक्षा लागू गर्नुपर्छ ।

३. नयाँ वस्तुको आविष्कार र सिर्जना गर्न तल्लीन वैज्ञानिक चिन्तन भएको व्यक्तिलाई जिवनभर साेंचमा डुबि नयाँ कुरा सिर्जना गर्न र आविस्कार गर्न पर्याप्त आवश्यक बजेट बिनियाेजन गर्नुपर्छ । उसले दशाैं, बिसाैं वर्ष जति लाग्छ अध्ययन अनुसन्धामा डुब्न दिनुपर्छ । र साे नयाँ सिर्जनशील र नयाँ आविष्कार गर्न साेंचले तल्लीन व्यक्तिलाई के खाने के लाउने भनेर चिन्तामा पर्न दिनु हुँदैन । यसकाे लागि केन्द्रीय सरकारले ५ कराेड, १० कराेड वा २० कराेड उसकाे जीवन र परिवार धान्ने जति आवश्यक पर्छ साे बजेट व्यवस्थापन गरि दिनुपर्छ । ती नयाँ बिचार आविष्कार गर्नेलाई आविष्कारकाे राेयल्टि दिनुपर्छ ।

४. त्रिभुवन विश्वविद्यालयले तपसिलकाे भाषाहरू तथा सबै मातृभाषाकाे केन्द्रीय भाषा विभाग संचालन गर्नुपर्छ ।
(क) मगर भाषा केन्द्रीय विभाग
(ख) तामाङ भाषा केन्द्रीय विभाग
(ग) राई भाषा केन्द्रीय विभाग
(घ) गुरूङ भाषा केन्द्रीय विभाग
(ङ) लिम्बू भाषा केन्द्रीय विभाग
(च) थारू भाषा केन्द्रीय विभाग
(छ) अवधि भाषा केन्द्रीय विभाग
(ज) भाेजपुरि भाषा केन्द्रीय विभाग
(झ) मैथलि भाषा केन्द्रीय विभाग
(ञ) नेवार भाषा केन्द्रीय विभाग
(ट) शेर्पा भाषा केन्द्रीय विभाग

(५) विभिन्न भाषा, लिपि, धर्म, सँस्कार, संस्कृतिको अध्ययन अनुसन्धान गर्न र विभिन्न भुगाेल, माटाे, हिमाल तथा हिंउकाे बारेमा, हावापानीकाे बारेमा, जडिबुटी, जिवजनवार, चराचुरुङ्गीकाे बारेमा, विभिन्न खानि, पानीको अध्ययन अनुसन्धान गर्न नेपाललाई एजुकेसन हब बनाउनु पर्छ । व्यावसायिक र सुचना प्रविधिको विषय अध्ययनअध्यापन हुनुपर्छ ।

अब नेपाल सरकारले विभिन्न जातीय समुदायकाे सीप, ज्ञान र अनुभवकाे आधारमा रहेकाे ज्ञान, सीप, कला अध्ययन अध्यापन गराउन विश्वविद्यालय स्थापना गर्नुपर्छ ।
(क) आदिवासी समुदायको अाैषधि, माेर्चा, लत्ताकपडा,
हलाे, जुवा, डाेकाे, पिरूङ्गाे, माटाकाे भाँडा, तेल पेल्ने
काेल, पानीघट्ट आदि बनाउने, खानका प्रकार
बनाउने, खेतीपाती गर्ने र पशुपंक्षि पालन गर्ने ज्ञान र
सिप जुन प्रकृति मैत्रि, वातावरण मैत्रि, पर्यवरण
मैत्रि र अनुकुल छ साे ज्ञान, सीप, अनुभवलाई
विश्वविद्यालयमा पाठ्यक्रम तयार पारि अध्ययन
अध्यापन, खाेज अनुसन्धान गरि सम्वर्द्धन तथा
प्रवर्द्धन गर्नुपर्ने ।
(ख) दलित समुदायको कृषि अाैजार, हातहतियार,
बाद्यवादनका साधन जस्तै खैंजडि, मादल, नरसिङ्गा, सहनाई, दमाहा, सारङ्गि, झर्रा आदि बनाउने, सुनकाे गहना
बनाउने, छालाबाट बन्ने विभिन्न नारा, पेटि, जुत्ता बनाउने र
आग्री समुदायले पहाड छेंडि कुलाे बनाउने ज्ञान
सिपलाई विश्वविद्यालयमा पाठ्यक्रम तयार
पारि अध्ययन अध्यापन, खाेज अनुसन्धान गरि
सम्वर्द्धन तथा प्रवर्द्धन गर्नुपर्ने।
(ग) विभिन्न जातीय समुदायका भाषा, धर्म, सँस्कार
सँस्कृति, रितिथितलाई संरक्षण र सम्बर्द्धन गर्दै
परिष्कृत गरि विश्वविद्यालयमा पाठ्यक्रम तयार
पारि अध्ययन अध्यापन, खाेज अनुसन्धान गरि
विश्वलाई जगतबाट अध्ययन अध्यापन गर्न आउने
माहाेल बनाई नेपाललाई शैक्षिक हबमा विकास
गरिनु पर्ने ।

पूर्ण बहादुर राना
अध्यक्ष
नेपाल विद्यार्थी माेर्चा
केन्द्रीय समिति

मिति:२०८० चैत १७

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %