थेरवाद बौद्ध धर्म ,दर्शन र नेपालका मगरहरुमा यसको सान्दर्भिकता

Read Time:83 Minute, 5 Second

चैत ११,२०८०

पूर्ण बहादुर राना

प्रस्तुत “थेरवाद बौद्ध धर्म दर्शन र नेपालका मगरहरुमा यसको सान्दर्भिकता” लेख उपप्राध्यापक डा. त्रिरत्न मानन्धर परियत्ति सद्धम्म कोविदद्वारा लिखित कार्यपत्र हाे । याे कार्यपत्र २०८० चैत १०/११ गते धर्मस्थली काठमाडौंमा सम्पन्न बाैद्ध समाजकाे १२अाैं राष्ट्रिय सम्मेलन तथा बाैद्ध बुद्धिजीवी अन्तरक्रिया कार्यक्रम प्रस्तुत गर्नुभएकाे हाे । कार्यपत्रमा मानन्धरले थेरवाद बाैद्ध धर्म भनेकाे के हाे । मगर समुदायमा याे धर्म कत्तिकाे सान्दर्भिक छ साे केलाउने र चिरफार गर्न खाेजिएकाे छ ।

उपप्राध्यापक डा. त्रिरत्न मानन्धर परियत्ति सद्धम्म कोविदद्वारा लिखित कार्यपत्र

पृष्ठभुमि

थेरवाद बुद्धको माैलिक शिक्षा हो । यसलाई बुद्धकालीन समयको बुद्धधर्म वा शुरुवाटको बुद्धधर्म पनि भनिन्छ । नेपालमा बुद्धकालीन समयमा बुद्धधर्मको प्रवेश भैसकेको कारणले प्राचीन बुद्धधर्मको रुपमा रहेको थेरवाद नेपालमा शाक्यमुनि बुद्धको समयदेखी नै रहेको कुरा स्पष्ट छ । तर कालान्तरमा थेरवादको स्थानमा बुद्धधर्मका अन्य निकायहरुको प्रचार प्रसारमा भएको तिब्रताको कारण इतिहासको महत्वपूर्ण कालखण्डमा यसको उपस्थिति कमजोर देखियो । तर पनि इतिहासको ती कालखण्डमा पनि नेपालका विभिन्न स्थानहरुमा यसका उपस्थितिको बारेमा विभिन्न प्रमाणहरु देखिंदै आईरहेको अवस्था छ । नेपालका विभिन्न जनजातिहरु धेरै समयदेखी नै नेपालमा बसोवास गर्दै आईरहेको परिपेक्ष्यमा र नेपालमा बुद्ध जन्मनुभएको र बुद्धशिक्षा प्रचार प्रसार भएको कारणले यस स्थानमा रहेका मानिसहरुमा धर्मको बारेमा जानकारी हुने कुरामा दुई मत हुनसक्दैन । त्यसमाथि पनि लोककल्याणकारी शिक्षाको रुपमा रहेको यस धर्मप्रति धेरैटाढाका स्थानहरुमा त प्रभाव भएको ऐतिहासिक तथ्यलाई हेर्दा यहिंकै वासिन्दाहरुमा यस शिक्षा प्रति जानकार नहुने त कुरै रहेन । यसै विषयलाई स्पष्ट पार्नकाे लागि यस कायर्पत्रमा प्रयास गरिएको छ । थेरवाद बौद्ध दर्शन के हो ? नेपालमा यसको शुरुवाटको अवस्था कस्तो थियो ? समकालीन समाजमा बुद्धधर्म किन सान्दर्भिक रहेको छ ? विभिन्न जनजातिहरु मध्ये मगर जातिको यसको सान्दर्भिकता के छ ? भन्ने उद्देश्यलाई स्पष्ट पार्नकाे लागि यस गोष्ठिपत्रमा प्रयास गरिएको छ ।

नेपालमा बुद्धधर्म

नेपालमा बुद्ध जन्मनु भयो । बुद्ध जन्मस्थलको रुपमा चार मध्ये एक संवेजनीय क्षेत्रको रुपमा रहेको नेपालको लुम्बिनीमा शाक्य राजकुमारको रुपमा सिद्धार्थको जन्म हुनु नेपालको लागि ठुलो गौरबको कुरा हो । २९ वषर्को उमेरसम्म नेपालमा विताउनु भएका उहाँले मानिसहरुको समग्र दुःखलाई हटाउनको लागि गृहत्याग गर्नुभयो । ३५ वषर्को उमेरमा बुद्धत्व प्राप्त गर्नुभयो । बुद्धत्व प्राप्तिको एकवर्ष पछि बुद्ध कपिलवस्तु आउनु भयो । कपिलवस्तुमा पुग्नु भएको भोलिपल्टनै भगवानले धर्मदेशना गर्नु भयो जसबाट सुद्धोदन सहित धेरै कपिलवस्तुवासीहरु मार्गफल प्राप्त गर्न सफल भए ।

बुद्धको साथै भिक्षुहरु पनि कपिलवस्तुमा आउनु भएको थियो । यसरी नेपालमा बुद्धको साथै धर्म र संघको पनि पदार्पण भएको थियो । नेपाल शाक्यमुनी बुद्धमात्र नभई अतीत बुद्धहरुको पनि जन्मस्थान रहेको कुरा विभिन्न पुरातात्विक अवशेष हरुले प्रष्ट पारेको छ । अशोक महाराजले शाक्यमुनी बुद्ध जन्मेको प्रमाणको रुपमा अशोक स्तम्भ लुम्बिनीमा ठड्याउनु भयो भने, क्रकुछन्द र कनकमुनी बुद्धको पनि यहिं जन्मेको भन्ने कुरा पनि प्रमाणकोरुपमा स्तम्भ निर्माण गरेको छ ।

थेरवाद वा प्रारम्भिक बुद्धधर्म

‘’थेर’’ को अर्थ बरिष्ठ हो । यो पालि भाषाको शव्द हो भने संस्कृतमा यसलाई स्थविर भनिन्छ । बुद्ध परिनिर्वाणको १०० वर्षपछि कालाशोक राजाको समयमा दुतिय संगायन हुनुभन्दा अगाडी बैशालीका भिक्षुहरुले १० वटा भिक्षु नियमहरुमा केही खुकुलोपनको अभ्यास गर्न खोजेको थियो । त्यसलाई काैशाम्बिका भिक्षूहरुले विनय अनुकूल नभएको भनेर विरोध गरेको र त्यसैको कारण दुतिय संगायन आयोजना भएको थियो । उक्त संगायनले नियममा केही खुकुलोपन विनय सम्मत नभएको निर्णय गरेको कारणले भिक्षसंघ दुई भागमा विभाजित हुन पुग्यो । जुनसुकै नियमलाई सानो भनेर छोड्नु हुँदैन भनेर पक्षलिने भिक्षुहरुमा धेरैजसो उमेर नाघिसकेका भिक्षुहरुको बाहुल्यता थियो । त्यसकारण उनीहरुले लिएको वादलाई थेरवाद भनियो र नियमहरु परिस्थिति अनुसार परिवर्तन गर्नसकिन्छ र सानातिना नियमलाई कट्टरका साथ पालनगर्नु आवश्यक नभएको भन्ने पक्षका भिक्षुहरु संख्यामा केहि बढी संख्यामा थिए र तिनिहरुलाई महासांघिक भनियो । यसरी थेरवाद र महासांघिक भनेर भिक्षुसंघ छुट्टिएर निकाय भेदको शुरु भयो ।निकाय भेदको निरन्तरता क्रमशः पछिल्ला वषर्हरुमा पनि हुँदै गयो र सम्राट अशोकको कालसम्म थेरवादबाट १२ तथा महासांघिकबाट ६ वटा निकाय गरी १८ निकायहरु प्रादुर्भाव भईसकेको थियो । यसरी पाको उमेरका वा वरिष्ठ शव्दबाट थेर र तिनिहरुको विचारधारा वा वादको रुपमा थेरवाद शव्द अस्तित्वमा आएको हो ।

थेरवाद बुद्धधर्म दर्शन

दर्शन संस्कृत शव्द हो । पालि भाषामा यसलाई दस्सन भनिन्छ । समग्रमा दशर्नशास्त्र भन्नाले आफुले देखेको वा अनुभुति गरेको विषयको ज्ञानलाई लिन सकिन्छ । जुनकुरा प्रत्यक्ष रुपले आफैले दर्शन गरेर त्यसलाई लिपिवद्ध गरेको शास्त्रको रुपमा दशर्नशास्त्रलाई लिन सकिन्छ ।दशर्नशास्त्र त्यो विधा हो जसले परमसत्य र प्राकृतिक सिद्धान्त र त्यसको कारणको विवेचना गर्दछ । दाशर्निक चिन्तनको मूल तत्व भनेको जीवनको वास्तविकताको खोज हो । यसलाई सामाजिक चेतनाको विकासको लागि आवश्यक तत्वको रुपमा लिइएको छ । दर्शन पुर्वेलिहरुले प्रयोग गर्ने शव्द हो । दर्शन शव्दलाई पश्चिमेलीहरुको
फिलासफी संग तादात्म्यता राख्ने कार्य कालान्तरमा गरियो । पश्चिमको फिलासफीलाई पुर्वेलीहरुको दशर्नपद संग सर्वप्रथम प्रयोग गर्ने व्यक्ति पाइथागोरस थियो । तर दर्शन र फिलोसोफिको अर्थलाई सुक्ष्मरुपमा निरीक्षण गर्ने हो भने दुवै
को अर्थ हुबहु त्यहि हो भन्न सकिन्न पुर्वेलीहरुले मानव जीवनको दुःखको मूलकारणको रुपमा रहेको अज्ञानताबाट मुक्त हुनको लागि गर्नुपर्ने अनुभूतिलाई दर्शन भनिन्छ भने फिलासफी को हुबहु अर्थ त्यस्तो नभएको पाउँछौं ।

बुद्धको दर्शन

बुद्धले बुद्धत्व प्राप्ति गरेको समयमा उहाँलाई तीन विषयको ज्ञान प्राप्त भएको थियो । ज्ञान प्राप्ति पछिको पहिलो वचनको रुपमा उहाँबाट प्रकट गर्नु भएको एक गाथा प्रसिद्ध छ जसलाई उदान भनिन्छ । यसले बुद्धले साक्षात्कार गरेको दर्शन र बुद्धको सार कुरालाई उजागर गरेको पाईन्छ ।

  • अनेकजातिसंसारं सन्धाविस्सं अनिब्बिसं ।
  • गहकारं गवेसन्तो दुक्खा जाति पुनप्पुनं ।।
  • गहकारक दिट्ठोसि पुन गेहं न काहसि
  • सब्बा ते फासुका भग्गा गहकूटं विसंखितं
  • विसंखार गतं चित्त तण्हानं खयमज्झगा ।
  • यसमा बुद्धले अनेक जाति भनेर पुव्वेनिवासानुस्सति ज्ञान, दुक्खा जति पुनप्पुनं भनेर च्युति र उत्पत्ति ज्ञान र विसंखार गतं चित्तं भनेर आश्रवक्षय ज्ञान प्राप्त भएको घोषणा गर्नु भएको थियो । अन्तिमको ज्ञान वा आश्रवक्षय ज्ञान नै मूलरुपमा बुद्धले दर्शन गर्नु भएको ज्ञान हो । यस दशर्नलाई विभिन्न स्वरुपमा चतुआर्यसत्य, प्रतित्य समुत्पाद, त्रिलक्षण आदि ज्ञानको रुपमा थेरवादमा संग्रहित रहेको छ। सम्पूर्ण थेरवाद सहित्यको रुपमा रहेको पालि साहित्यका विभिन्न
    चरणहरुमा यहि विषयको विविध रुपमले विवरण दिएको छ ।

चतुआर्य सत्य

सिद्धार्थले बुद्ध भन्ने विशेषणबाट सुशोभित हुनुको मूल कारण उहाँले साक्षात्कार गर्नुभएको चतुआर्य सत्यले हो । चतुआर्य सत्य सम्पूर्ण बौद्ध निकायको मूल दर्शन हो । यस अनुसार संसार दुःखमय छ, दुःखको कारण छ, दुःखको निवारण छ र दुःखको निवारणको मार्ग छ भनेर साक्षात्कार गर्नु भएको हो । दुःख सत्य भन्नाले संसारमा जन्मनु, बुढाहुनु, रोगी हुनु, मरण हुनु, अप्रिय संयोग हुनु, प्रिय वियोग हुनु, इच्छित वस्तु लाभ नहुनु र संक्षिप्तमा भन्नुपर्दा पाँचस्कन्ध प्रतिको उपादन दुःख हो । समुदाय भन्ने दुःखको उदय हो । दोस्रो सत्यको रुपमा रहेको यस सत्यले दुःखको समुदयको रुपमा तृष्णालाई लिइन्छ । कामतृष्णा, भवतृष्णा र विभवतृष्णा भनेर तीन किसिमको तृष्णाको वर्णन गरिएको छ । तेस्रो सत्य भन्नाले निरोध सत्य हुन । यस अन्तर्गत
दुःखलाई निवारण गर्न निर्वाणको साक्षात्कार आवश्यक भएको कुरा बताउनु भएको छ । निर्वाणको शाव्दिक अर्थ तृष्णा रहित हुनु हो । सउपादिशेष र अनुपादिशेष भनेर दुई प्रकारका निर्वाणको उल्लेख भएको छ । चौंठौं सत्यको रुपमा दुःखलाई निरोध गर्नको लागि अवलम्बन गर्नु पर्ने मार्ग हो । यसमा शील समाधि र प्रज्ञाको अभ्यासलाई लिईन्छ ।

दुःख सत्य ,दुःखवाद होईन

दुःखसत्यबाट शुरुहुने यस चतुआर्य सत्यलाई राम्ररी नबुझ्नेहरुले बुद्धको शिक्षा त दुःखवादी वा निराशावादी हो भनेर पनि भन्न पुग्छन्। बुद्धलाई दुःखवादी भनेर आरोप लगाउँछन्। तर बुद्ध न दूःखबादी हो न सुखबादी हो बरु उहाँलाई यथार्थवादी भन्नु उपयुक्त हुने कुरा उल्लेख गरिएको छ । दुःखमय भाैतिक संसारमा सुखको कामना गरेर बाँच्नु भनेको भ्रममा बाँच्नु हो । फेरी दुःख मात्र छ भनेर निराश हुनु पनि बुद्धले सिकाउनु भएको होईन । चारै सत्यको समग्र अध्ययनबाट बुद्धले सुख प्राप्त गर्नको लागि, शान्ति प्राप्त गर्नको लागि दुःखको विश्लेषण गर्नुभएको भन्ने प्रस्त छ ।

समस्यालाई राम्ररी परिभाषित र विश्लेषण गर्नसकेमा आधा समस्या त्यतिकै समाधान हुन्छ भन्ने भनाइ अनुसार नै उहाँले दुःखलाई वर्णन गर्नुभएको देखिन्छ । मानिसहरु जुन सुख भनिरहेको छ त्यो सुख परनिर्भर सुख हो जुन कुनैपनि समयमा दुःखमा परिणत हुनपुग्छन । तर उहाँले देखाउनु भएको सुख परनिर्भर नभई स्वतन्त्र वा आफैमा निर्भर सुख भएकोले दुःखमा परिणत हुँदैन र वास्तविक शान्ति प्राप्त हुने सुखको बारेमा उहाँले बताउनु भएको हो । परनिर्भर सुख भनेको मात्र सुख मात्र हो ।

आफैमा निर्भर सुख भनको विपुल सुख भनेर उहाँले भन्नु भएको छ (मत्ता सुखपरिच्चागा पस्से चे विपुलं सुखं अर्थात मात्रा सुखलाई परित्याग गरेर विपुल सुखको खाेजी गर्नु पर्दछ ।

प्रतीत्य समुत्पाद

एउटा भएर अरुपनि हुने वा यस्तो हुनाले यस्तो हुन्छ भन्ने कार्यकारणको नियमलाइ प्रतीत्यसमुत्पाद भनिन्छ । संसारमा कुनै पनि वस्तुको स्वतन्त्र अस्तित्व हुँदैन । त्यसको केही कारण हुन्छ भन्ने कुरालाई बुद्धले प्रतीत्यसमुतध्ये एक संवेजनीय क्षेत्रको रुपमा रहेको नेपालको लुम्बिनीमा शाक्य राजकुमारको रुपमा सिद्धार्थको जन्महुनु नेपालको लागि ठुलो गौरबको कुरा हो । २९ वषर्को उमेरसम्म नेपालमा विताउनु भएका उहाँले मानिसहरुको समग्र दुःखलाई हटाउनको लागि गृहत्याग गर्नुभयो । ३५ वषर्को उमेरमा बुद्धत्व प्राप्त गर्नुभयो । बुद्धत्व प्राप्तिको एकवर्ष पछि बुद्ध कपिलवस्तु आउनु भयो । कपिलवस्तुमा पुग्नु भएको भोलिपल्टनै भगवानले धर्मदेशना गर्नु भयो जसबाट सुद्धोदन सहित धेरै कपिलवस्तुवासीहरु मागर्फल प्राप्त गर्न सफल भए ।
थेरवाद बौद्ध धर्बुद्धको साथै भिक्षुहरु पनि कपिलवस्तुमा आउनु भएको थियो । यसरी नेपालमा बुद्धको साथै धर्म र संघको पनि पदार्पण भएको थियो ।

नेपाल शाक्यमुनी बुद्धमात्र नभई अतीत बुद्धहरुको पनि जन्मस्थान रहेको कुरा विभिन्न पुरातात्विक अवशेष हरुले प्रष्ट पारेको छ । अशोक महाराजले शाक्यमुनी बुद्ध जन्मेको प्रमाणको रुपमा अशोक स्तम्भ लुम्बिनीमा ठड्याउनु भयो भने, क्रकुछन्द र कनकमुनी बुद्धको पनि यहिं जन्मेको भन्ने कुरा पनि प्रमाणकोरुपमा स्तम्भ निर्माण गरेको छ ।
थेरवाद वा प्रारम्भिक बुद्धधर्म ‘’थेर’’ को अर्थ बरिष्ठ हो । यो पालि भाषाको शव्द हो भने संस्कृतमा यसलाई स्थविर भनिन्छ । बुद्ध परिनिर्वाणको १०० वर्षपछि कालाशोक राजाको समयमा दुतिय संगायन हुनुभन्दा अगाडी बैशालीका भिक्षुहरुले १० वटा भिक्षु नियमहरुमा केही खुकुलोपनको अभ्यास गर्न खोजेको थियो । त्यसलाई काैशाम्बिका भिक्षूहरुले विनय अनुकूल नभएको भनेर विरोध गरेको र त्यसैको कारण दुतिय संगायन आयोजना भएको थियो । उक्त संगायनले नियममा केही खुकुलोपन विनय सम्मत नभएको निर्णय गरेको कारणले भिक्षसंघ दुईभागमा विभाजित हुन पुग्यो । जुनसुकै नियमलाई सानो भनेर छोड्नु हुँदैन भनेर पक्षलिने भिक्षुहरुमा धेरैजसो उमेर नाघिसकेका भिक्षुहरुको बाहुल्यता थियो । त्यसकारण उनीहरुले लिएको वादलाई थेरवाद भनियो र नियमहरु परिस्थिति अनुसार परिवर्तन गर्नसकिन्छ र सानातिना नियमलाई कट्टरका साथ पालनगर्नु आवश्यक नभएको भन्ने पक्षका भिक्षुहरु संख्यामा केहि बढी संख्यामा थिए र।तिनिहरुलाई महासांघिक भनियो । यसरी थेरवाद र महासांघिक भनेर भिक्षुसंघ छुट्टिएर निकाय भेदको शुरु भयो । निकाय भेदको निरन्तरता क्रमशः पछिल्ला वर्षहरुमा पनि हुँदै गयो र सम्राट अशोकको कालसम्म थेरवादबाट १२ तथा महासांघिकबाट ६ वटा निकाय गरी १८ निकायहरु प्रादुर्भाव भईसकेको थियो । यसरी पाको उमेरका वा वरिष्ठ शव्दबाट थेर र तिनिहरुको विचारधारा वा वादको रुपमा थेरवाद शव्द अस्तित्वमा आएको हो ।

थेरवाद बुद्धधर्म दर्शन

दर्शन संस्कृत शव्द हो । पालि भाषामा यसलाई दस्सन भनिन्छ । समग्रमा दशर्नशास्त्र भन्नाले आफुले देखेको वा अनुभुति गरेको विषयको ज्ञानलाई लिन सकिन्छ । जुनकुरा प्रत्यक्ष रुपले आफैले दर्शन गरेर त्यसलाई लिपिवद्ध गरेको शास्त्रको रुपमा दशर्नशास्त्रलाई लिन सकिन्छ ।दशर्नशास्त्र त्यो विधा हो जसले परमसत्य र प्राकृतिक सिद्धान्त र त्यसको कारणको विवेचना गर्दछ । दाशर्निक चिन्तनको मूल तत्व भनेको जीवनको वास्तविकताको खोज हो । यसलाई सामाजिक चेतनाको विकासको लागि आवश्यक तत्वको रुपमा लिइएको छ । दर्शन पुर्वेर्लिहरुले प्रयोग गर्ने शव्द हो । दर्शन शव्दलाई पश्चिमेलीहरुको फिलासफी संग तादात्म्यता राख्ने कार्य कालान्तरमा गरियो । पश्चिमको फिलासफीलाई पुर्वेलीहरुको दशर्नपद संग सर्वप्रथम प्रयोग गर्ने व्यक्ति पाइथागोरस थियो । तर दर्शन र फिलोसोफिको अर्थलाई सुक्ष्मरुपमा निरीक्षण गर्ने हो भने दुवैको अर्थ हुबहु त्यहि हो भन्न सकिन्न । पुर्वेलीहरुले मानव जीवनको दुःखको मूलकारणको रुपमा रहेको अज्ञानताबाट मुक्त हुनको लागि गर्नुपर्ने अनुभूतिलाई दर्शन भनिन्छ भने फिलासफी को हुबहु अर्थ त्यस्तो नभएको पाउँछौं ।

बुद्धको दर्शन

बुद्धले बुद्धत्व प्राप्ति गरेको समयमा उहाँलाई तीन विषयको ज्ञान प्राप्त भएको थियो । ज्ञान प्राप्ति पछिको पहिलो वचनको रुपमा उहाँबाट प्रकट गर्नु भएको एक गाथा प्रसिद्ध छ जसलाई उदान भनिन्छ । यसले बुद्धले साक्षात्कार गरेको दर्शन र बुद्धको सार कुरालाई उजागर गरेको पाईन्छ अनेकजातिसंसारं सन्धाविस्सं अनिब्बिसं ।
गहकारं गवेसन्तो दुक्खा जाति पुनप्पुनं ।।
गहकारक दिट्ठोसि पुन गेहं न काहसि
सब्बा ते फासुका भग्गा गहकूटं विसंखितं
विसंखार गतं चित्त तण्हानं खयमज्झगा ।
यसमा बुद्धले अनेक जाति भनेर पुव्वेनिवासानुस्सति ज्ञान, दुक्खा जति पुनप्पुनं भनेर च्युति र
उत्पत्ति ज्ञान र विसंखार गतं चित्तं भनेर आश्रवक्षय ज्ञान प्राप्त भएको घोषणा गर्नु भएको थियो ।
अन्तिमको ज्ञान वा आश्रवक्षय ज्ञान नै मूलरुपमा बुद्धले दर्शन गर्नु भएको ज्ञान हो । यस दशर्नलाई विभिन्न स्वरुपमा चतुआर्यसत्य, प्रतित्य समुत्पाद, त्रिलक्षण आदि ज्ञानको रुपमा
थेरवादमा संग्रहित रहेको छ। सम्पूर्ण थेरवाद सहित्यको रुपमा रहेको पालि साहित्यका विभिन्न चरणहरुमा यहि विषयको विविध रुपमले विवरण दिएको छ ।

प्रतीत्य समुत्पाद
एउटा भएर अरुपनि हुने वा यस्तो हुनाले यस्तो हुन्छ भन्ने कायर्कारणको नियमलाइ प्रतीत्य समुत्पाद भनिन्छ । संसारमा कुनै पनि वस्तुको स्वतन्त्र अस्तित्व हुँदैन । त्यसको केही कारण हुन्छ भन्ने कुरालाई बुद्धले प्रतीत्यसमुत्पादको रुपमा विश्लेषण गर्नु भएको छ । यो संसारको स्वभाव हो जसलाई बुद्धले साक्षात्कार गर्नुभयो र जनमानसको अगाडी देशना गर्नुभयो र विश्लेषण गर्नुभयो । यसलाई संसारचक्रको रुपमा पनि लिइन्छ । मानिसहरु लगायत सत्वप्राणीहरुको संसारचक्र कसरी चलिरहेको छ भन्ने विश्लेषण यसमा गरिरहेको छ । बुद्धधर्मको अन्य निकायमा महत्वका साथ उठाउने सून्यवाद पनि प्रतीत्यसमुत्पादकै आधारमा विश्लेषण गरिन्छ । यसमा १२ वटा कडीको विश्लेषण गरिएको छ । यो भएर त्यो भएको हो, त्यो भएर अर्को भएको हो वा यो भएन भने त्यो पनि हुँदैन भन्ने अर्थमा प्रतीत्यसमुत्पादलाई विश्लेषण गरिएको छ । यस अनुसार अविद्या वा अनभिज्ञताबाट संस्कार बन्ने, संस्कारबाट विज्ञान बन्ने विज्ञानको कारणले नामरुप बन्ने, नामरुपमको कारणले छ आयतन बन्ने, छ आयतनको कारणले स्पर्श हुने, स्पर्शको कारणले वेदना हुने, वेदनाको कारणले तृष्णा जाग्ने, तृष्णाको कारण्ले उपादान वा आसक्ति हुने, आसक्तिको
कारणले विभिन्न भव निर्माण हुने विभिन्न भवको कारणले ती ठाउँहरुमा जन्मलिने, जन्म लिने कारणले बृद्धहुने, रोगीहुने, मृत्युहुने, मन नपर्ने संग बस्नुपर्ने, मन परेका संग छुट्टिनु पर्ने, इच्छा गरेको प्राप्त नहुने यसरी केवल दुःख खन्धकै मात्र उत्पन्न हुने हुन्छ ।

त्रिलक्षण

अनित्य, दुःख, अनात्म त्रिलक्षण बुद्धधर्मको महत्वपूर्ण विषयवस्तुको रुपमा लिईन्छ । त्रिलक्षण भनेको संसारको स्वभाव हो । यस अन्तर्गत अनित्य, दुःख र अनात्मलाई लिईन्छ । अनित्य भन्नाले परिवर्तन शीलतालाई लिईन्छ । संसारमा जुनसुकै संस्कृत विषयहरु अनित्यको क्षेत्र भित्र पर्दछन्भन्ने कुरा भगवान बुद्धले बताउनु हुन्छ । आधुनिक विज्ञानले भाैतिक पदाथर्को परिवतर्नशीलता सम्बन्धि विषयलाई स्पष्ट पारिसकेको छ । एक सेकेण्डमा कति पटक परिवर्तन हुन्छ भन्ने विषयमा पनि प्रष्ट पारेको छ । सन्१९६८ मा अलभेरज भन्ने बैज्ञानिकले कुनै पनि पदार्थ एक सेकेन्डमा १० मा २२ वटा सुन्यको हिसाबले परिवर्तन हुने कुरा बताउनु भएको छ ।

भगवान बुद्धले कुनै पनि रुपधातु एक चुटकि बजाउँदा सत सहस्र कोटी उत्पत्ति र विनास हुने कुरा बताउनु भएको थियो । यसरी बुद्धको रुप धातुको अनित्य र बैज्ञानिक अबलरसको पदाथर्को परिवतर्नशीलताको कुरामा सान्निध्यता रहेको पाउँछौं । तर बुद्धको अनित्य भन्ने विषयलाईसामान्य रुपमा जानकारी गर्ने विषय मात्र नभई कन आफुले अनुभूति गर्नुपर्ने विषयको रुपमा विश्लेषण गर्नु भएको छ । त्यसकारण आफुले अनुभूति कसरी गर्ने भन्ने सम्बन्धमा उहाँले पञ्चस्कन्धमा यस कुरालाई भाविता गर्नुपर्ने कुरा बताउनु भएको छ । यतो यतो सम्मसतोखन्धानं उदय व्ययं लभति पिति पामोज्ज अमतं तं विजानतं भनेर आफ्नो पञ्चस्कन्धमा उदय व्यय भएको प्रत्यक्ष दर्शन गर्न सक्नेलाई प्रिति, प्रमोद्य उत्पन्न हुन्छ जुन अमृत समान हुन्छ भन्नु भएको छ ।

त्रिलक्षण……

त्रिलक्षणको अर्को महत्वपूर्ण पक्ष दूःख हो । संसार दुःखमय छ । मानिसहरुले जसलाई सुख भनिरहेको हुन्छ, त्यसमा पनि दुःख लुकिरहेको हुन्छ । दुःखलाई हटाउनको लागि दुःखबाट पलायन हुनको लागि मानिसहरु विभिन्न प्रकारले प्रयासहरु गरिरहेका हुन्छन्। आफुलाई मदहोस पार्नको लागि मदिराको सेवन गरेर दुःख विर्सने प्रयास गरिरहेको हुन्छन्। तर मदिराले केही समय दुःख अन्त भए जस्तो भएता पनि पछि ह्यांग ओभर र पछि झन दुःख र पिडा हुने कुरा मदिरा सेवन गर्नेेहरुले बताउनु गर्दछन्। कुनै बाह्य वस्तुको आधारमा प्राप्त हुने क्षणिक सुख भनेको परनिर्भर सुखः हो जुन जो संग निर्भर भएको हो त्यो वस्तुको अभावमा फेरी दुःखको भुमिरिमा फस्ने हुन्छ । दुःख, दुःख, संस्कार दुःख र विपरिणाम दुःख भनेर तीन किसिमका दुःखहरुको वारेमा वर्णन गरिएको छ ।

त्रिलक्षणको तेस्रो लक्षण अनात्म हो । अनात्मको अर्थ म होईन मेरो होईन भन्ने हो । यस अनुसार कुनै पनि वस्तु आफुले भने जस्तो हुँदैन वा आफ्नो अधिनमा छैन भन्ने हो । सब्बे संखारा अनिच्चाति यदा पञ्ञाय पस्सति अथ निविन्दति दुक्खे यस मग्गो विशुद्धिया सब्बे संखारा दुक्खाति यदा पञ्ञाय पस्सति अथ निविन्दति दुक्खे यस मग्गो विशुद्धिया
ड्ड सब्बे धम्मा अनत्ताा ति यदा पञ्ञाय पस्सति अथ निविन्दति दुक्खे यस मग्गो विशुद्धिया थेरवाद बौद्ध दर्शनको मूल श्रोतको रुपमा पालि साहित्य थेरवाद वा प्रारम्भिक बुद्धधर्ममा विभिन्न तहका साहित्यहरु रहेका छन्। ती सबै साहित्यहरुलाई पालि साहित्य भनिन्छ । पालि साहित्यको पहिलो तहमा त्रिपिटक, त्यसपछि अनुपिटक, त्यसपछि अट्ठकथा, टिका, अनुटिका, वंश साहित्य आदि पर्छन । त्यस मध्ये पिटक वा त्रिपिटक भन्नाले बुद्ध वचनलाई तीन पिटकमा विभाजन गरिएको साहित्यलाई भनिन्छ । ती तीन पिटक भनेको सूत्र, विनय र अभिधर्म हुन्। सूत्र पिटकमा व्यावहारिक विषय समेटिएको हुन्छन्भने विनय पिटकमा विनय नियमहरुको बारेका कुराहरु समेटिएका हुन्छन्। अभिधर्ममा परमार्थ धर्मका कुराहरु संग्रहित रहेकाछन्। सूत्रपिटकमा पाँचवटा निकायहरु रहेका छन्। ती हुन :दीघनिकाय, मज्झिमनिकाय, संयुक्तनिकाय अंगुत्तर निकाय र खुद्दक निकाय ।

  • दीघनिकाय दीघनिकाय त्रिपिटक साहित्य अन्तर्गत सुत्रपिटकको पहिलो ग्रन्थ हो । लामो सुत्रहरुको संग्रह
    भएकोले यसलाई दीघनिकाय भनिएको हो । यसमा कुल ३४ सुत्रहरु संग्रहित गरिएका छन्। यस निकायमा तीन वग्गहरु रहेका छन्। पहिलो सीलखन्धवग्ग, दोस्रो महावग्ग र तस्रो पथिकवग्ग हुन् । सीलखन्धवग्गमा १३ वटा सूत्रहरु, महावग्गमा १० वटा सूत्रहरु तथा पथिक वग्गमा ११ सूत्रहरु
    रहेका छन्। यसमा बुद्धका उपदेशहरुका साथसाथै बुद्धकालीन सामाजिक, राजनैतिक, आर्थिक अवस्थाहरुको पनि वर्णन उल्लेख गरिएको देख्न सकिन्छ ।

मज्झिम निकाय

मध्यम आकारका सूृत्रहरु संग्रह गरिएको सुत्रपिटकको दोस्रो ग्रन्थलाई मज्झिम निकाय भनिन्छ । यसमा १५२ सुत्रहरु छन्
। बौद्ध साहित्यमा मज्झिम निकायको विशेष महत्व छ । विभिन्न विद्वानहरुले यस ग्रन्थलाई महत्वपूर्ण ग्रन्थको रुपमा प्रशंसा गर्नुभएको छ । महापण्डित राहुल सांकृत्यायनको भनाई अनुसार यो ग्रन्थ बुद्धका अमृत बचनहरुको संगालो हो । जमर्नका प्रसिद्ध विव्दान ढाल्केले यस निकायको आधारमा पश्चिमी बौद्ध जगतका सामु महत्वपूर्ण निबन्धहरुको प्रकाशन गरेर बुद्ध शिक्षाको जागरण ल्याएका थिए । धेरै बौद्ध विज्ञहरुले भन्ने गरेका छन् कि मञ्झिम निकाय एउटा ग्रन्थ मात्र सुरक्षित गर्न सकेमा सम्पूर्ण बौद्ध साहित्य हराएर गएता पनि बुद्ध शासन संरक्षित गर्न पर्याप्त छन्

संयुक्त निकाय

ड्ड संयुक्त निकाय सुत्तपिटक अन्तर्गतको तेस्रो निकाय ग्रन्थ हो । यस गन्थलाई संयुक्त भन्नुको कारण छोटो र लामो सूत्रहरु समावेश भएको र गद्य र पद्य पनि समावेश भएका देशनाहरु भएको कारणले भनिएको हो । नौ प्रकारले बुद्धको शिक्षाको प्रस्तुतिकरणको कुरा गर्दा यस ग्रन्थ गेय्यको रुपमा प्रस्तुत गरिएको छ । यस निकायमा कतिवटा सूत्रहरु रहेको सम्बन्धमा विज्ञहरुको एकमत छैन । परम्परागत रुपमा ७७६२ संयुक्त रहेको भनेता पनि यसमा २९४१ संयुक्त रहेको भनाई पनि रहेको छ । हाल यस निकायमा मात्र १७६२ संयुक्त रहेको छ । यस निकायमा विशेष गरी आध्यात्मिक विषयवस्तु रहेको र धर्मलाई अभ्यास गरेर बुझ्नु पर्ने कुरा उल्लेख गरिएको छ । भाणवारको हिसाबले भन्नुपर्दा यस निकायमा १०० भाणवारका विषयवस्तुहरु संग्रहित रहेको छ । एक भाणवार भन्नाले कतिलाई भन्ने बारेमा विभिन्न तवरले प्रस्तुत गरिएको छ ।

भिक्षुहरुको समूहले एक आशनमा वाचन गर्न सकिने परिमाणलाई एक भाणवार भन्ने गरिन्छ । यदि गाथाको
कुरा गर्ने हो भने २५० गाथालाई एक भाणवार भनने चलन छ । पद्यको कुरा गर्दा ८००० शव्दलाई एक भाणवार भनिन्छ ।
ड्ड संयुक्त निकायलाई ज्ञानको भण्डार पनि भनिन्छ, यसमा धार्मिक र दार्शनिक विषयवस्तुहरुको विश्लेषण गरेर मुक्ति प्राप्तको लागि प्रोत्साहन गर्ने ग्रन्थको रुपमा लिन सकिन्छ । बुद्धकालीन ग्रामिण जीवनको बारेमा यस ग्रन्थमा सुन्दर चित्रण गरेको पाईन्छ । मानिसहरुलाई मात्र नभई देवताहरु तथा यक्षहरुलाई दिईएका देशनाहरु यस ग्रन्थमा रहेका छन्। यस ग्रन्थको लागि प्रज्ञावान र ध्यानी बन्नुपर्ने कुरा अाैंल्याएको छ ।

अंगुत्तर निकाय

अंगुत्तर निकाय सुत्तपिटकको चौंठौं निकाय हुन्। यसमा एघार निपात र सबै गरेर ९५५७ सूत्रहरु रहेका छन्। अंगुत्तर भन्नाले अंक हुन्। अंकको हिसाबले धर्मको प्रस्तुत गरिएको यस निकाय महत्वपूर्ण ग्रन्थको रुपमा रहेको छ । प्रत्येक निपात विभिन्न वर्गमा विभाजन गरिएको छ । प्रत्येक निपातमा कमसे कम ७ र सो भन्दा बढी वर्ग रहेको छ । सबैमा गरेर जम्मा १६९ वर्ग रहेका छन् । प्रत्येक वर्गमा अधिकतम २६२ सुत्तहरु रहेका छन् । परम्परागत रुपमा ९५५७ सूत्रहरु रहेको कुरा महान अर्थकथाचार्य बुद्धघोषले उल्लेख गरेता पनि हाल जम्मा २३०८ सूत्रहरु मात्र उल्लेख रहेको छ । यस ग्रन्थ, संख्याको आधारमा निर्माण गरिएको छ । एक, दुई, तीन, चार देखी एघार सम्ममा धर्मको विवरण दिएको छ । एक देखी एघार सम्मको कुरालाई एकक निपात, दुक निपात भनेर नामाकरण गरिएको गरिएको छ ।

खुद्दक निकाय पाँचौं निकाय हो । खुद्दक भन्नुको अर्थ खुद्रा वा चानचुनको रुपमा लिनसकिन्छ । यसमा माथिका चार निकायमा नसमेटिएका बुद्धवचनहरु संग्रहित छन्। यसमा १५ वटा ग्रन्थहरु रहेका छन् । ती ग्रन्थहरु यसप्रकारका छन्ः

खुद्दकपाठ, धम्मपद, उदान, इत्तिवुत्तक, सुत्तनिपात,विमानवत्थु, पेतवत्थु, थेरगाथा, थेरीगाथा,
जातक, निद्देश, पटिसम्भिदामग्ग, अपदान, बुद्धवंश, चरियापिटक ।

विनयपिटक

विनयपिटक दोस्रो पिटक हो । बिनयलाई बुद्धशासनको आयु
पनि भनिन्छ । जहिले सम्म भिक्षु भिक्षुणीहरुले नियम अनुसार आचरण गर्दछन् तव सम्म बुद्धको धर्म निरन्तरता हुने भएकोले यसलाई महत्वका साथ लिइन्छ । भिक्षु तथा भिक्षुणीहरुको विनय नियम संग्रहित विनय पिटकमा पाँचवटा ग्रन्थहरु रहेका छन् । ती ग्रन्थहरु हुन्: पाराजिका पालि, पाचित्तिय पालि, महावग्ग, चुल्लवग्ग र परिवार पालि ।

अभिधर्मपिटक

अभिधर्मपिटक बुद्धको दर्शन र मनोविज्ञान विषयको पिटक हो । सूत्र र विनयमा आउने विभिन्न विषयहरुलाई सूक्ष्मरुपमा विश्लेषण गरिएको यस पिटकमा सातवटा ग्रन्थहरु समावेश रहेका छन्। ती सातवटा ग्रन्थहरु यस प्रकारका छन्ः धम्मसंगणी, विभंग, धातुकथा, पुग्गलपञ्ञति, कथावत्थु, यमक र पट्ठान ।
ड्ड यसरी पालि साहित्यको पहिलो तह त्रिपिटक साहित्यमा नै सम्पूर्ण बुद्धधर्म र दर्शनका विषयहरु समावेश भएको छ । कालान्तरमा त्रिपिटकलाई अझ स्पष्ट पार्नको लािग विभिन्न विश्लेषणात्मक ग्रन्थहरु विकास हुँदै गएको थियो । ती विभिन्न साहित्यहरु भनेको अनुपिटक, अट्ठकथा, टिका आदि हुन ।
ड्ड माथिका विभिन्न साहित्यहरुले धर्मका सैद्धान्तिक पक्षलाई प्रकाश पार्ने कामगर्दछ । यसलाई परियत्ति शासन भनिन्छ । तर धर्मलाइ जीवन्त राख्नको लागि अभ्यास आवश्यक हुन्छ त्यसलाई प्रतिपत्ति भनिन्छ । अभ्यासको रुपमा बुद्धका शिक्षामा शीलको अभ्यास, समाधिको अभ्यास र प्रज्ञाको अभ्यास गर्नुपर्ने कुरा उल्लेख गरिएको छ । पंचशील बुद्धशिक्षामा न्युनतम अभ्यास गर्नुपर्ने शिक्षा हो । यसमा हिंसा नगने, चोरी नगर्ने, व्यविचार नगर्ने, झुठ नबोल्ने र मादक पदार्थ सेवन नगर्ने कुरा आउँछन्। ती अभ्यासबाट चित्तलाई
एकाग्र गर्न सक्षम हुने र एकाग्र भएपछि चित्तलाई निर्मल बनाउन सक्ने र दुःखबाट मुक्तहुन सक्ने कुरा उल्लेख गरिएको छ ।

समथ र विपश्यनाको अभ्यास

ड्ड चित्तलाई एकाग्र र शुद्ध गर्नु मानिसको जीवनको महत्वपूर्ण कार्य हो । मानिसहरुको जीवनको दुलर्भता र यसको महत्वको कारण पनि यहि जीवनमा मात्र चित्तको एकाग्र र शुद्ध गर्न सक्ने क्षमता भएको कारणले भनिएको हो । चित्तलाई एकाग्रता र शुद्धताको लागि आनापानस्मृति र विपश्यना ध्यानको निर्देशन भगवान बुद्धले दिनुभएको छ ।

बुद्धशासन र नेपालका जनजातिहरुका सम्बन्ध

नेपालको सम्बन्धमा भन्नुपर्दा आदिवासी जनजातिहरु धेरै अगाडी देखी बुद्धको शिक्षालाई मान्ने बौद्ध धर्मवलम्बीको रुपमा लिन सकिन्छ । धेरै अगाडी देखी यस देशमा वसाेवास गर्दै आइरहेको ती जातिहरुको प्रारम्भिक वा थेरवाद संग निकटता रहेको हुनुपर्ने कुरामा शंका गर्नुपर्ने अवस्था छैन ।

नेपालका आदिवासीहरु मगर समुदायको बुद्धधर्म संगको सामिप्यता

मगर समुदाय

मगर समुदाय नेपालको प्रमुख आदिवासी जनजाति अन्तर्गत पर्दछन्। नेपाली वृहत शव्दकोष अनुसार मगर जातिलाई नेपालको मध्य पश्चिम पहाडी क्षेत्रमा वसाेवास गर्ने भोट बर्मेली भाषिक समूहका जातिहरु भनेर उल्लेख गरिएको छ ।
यसलाई अझ स्पष्ट पार्दे डा. केशरजंग बरालले मगरात भन्नाले गण्डकी र त्रिशुलीको पश्चिम, कर्णालीको पूर्व, हिमालयको दक्षिणमा चुरे पहाड सम्मको क्षेत्र मगरात हो वा मगरहरुको वास स्थानको रुपमा लिएको छ ।
विभिन्न विद्वानहरुको र इतिहासकारहरुले विभिन्न तरीकाले मगरहरुको नेपालमा प्रवेशको कुरा उल्लेख गरिएको छ । कसैले यिनीहरु प्राचीनकाल देखीनै नेपालका वासिन्दा हो भन्ने कुरा अगाडी राखेका छन्। कसैले यी जाति विभिन्न ठाउँहरुबाट नेपालमा आउनु भएको कुरा अगाडी सारेको छ ।

पृथ्वीनारायण शाहले दिव्य उपदेशमा म मगरातको राजा हुँभन्ने आधार लिएमा मगरात भन्नाले गण्डकी र लुम्बिनी पर्ने कुरा प्रस्त्याउन सकिन्छ ।

तेस्रो ठुलो जातिको रुपमा मगर

२०२१ सालको जनगणना अनुसार नेपालमा ६.९ प्रतिशत जनसंख्या मगरहरुको रहेको छ । ब्राम्हण क्षेत्री पछि सबभन्दा ठुलो संख्याको रुपमा मगर समुदायको रहेको छ । यसरी मगर जाति तेस्रो ठुलो समुदायको रुपमा लिन सकिन्छ । ऐतिहासिक रुपले भन्नुपर्दा मगरातलाई दुईभागमा विभाजन गरिएको उल्लेख गरिएको छ । ती दुईभाग भनेको बरहा र अथरा हुन्भने भाषाको हिसाबले तीन भागमा विभाजन गरिएको देखिन्छ । ती तीनभाषा भनेको मगर ढुट, मगर खाम पांग र मगर कैके । मगर ढुट बाह्र मगरातमा, मगर खाम अठार मगरात र सानो संख्याका मगरहरु मगर कैके पनि बोल्दछन्।
सामान्यतः नेपालको जनगणनाको हिसाबले हिन्दुहरु ८१ प्रतिशत, ८ प्रतिशत बुद्धधर्म भनेर देखाएको छ । तर मगरहरुको संख्याको हिसाब गर्दा जम्मा जनसंख्यामा समान प्रतिशतले हिन्दु र बौद्ध भनेर देखाएको छ । जातिको आधारमा धर्मको विवरण स्पष्ट रुपमा देखाएको देखिंदैन । नेपालको जनगणनामा सामान्यतः हिन्दुहरुको प्रभाव हुने भएकाले धर्मको सन्दभर्मा सहि तथ्यांक निकाल्दै नभन्ने कुरा आम जनताको धारणा रहेको देखिन्छ ।

मगरहरुको धर्म तथा संस्कृति

एकदलिय पंचायत शासनको अवसान भएर सन्१९९० मा प्रजातन्त्र आईसकेपछि मगरहरुले पनि आफ्नो पहिचानको लागि, भाषा, संस्कृति र धर्मको लागि पुनर्जागरण गर्नुपर्ने अभियानमा लागेको थियो । उनीहरुले मगरहरु शुरुमा प्रकृतिवादी भएता पनि पछि बुद्धधर्मको अनुयायी भएको र धेरै पछि हिन्दुकरण भएको कुरा बुझ्दै गए । मगर समुदायको भाषा, संस्कृति, धर्म अभ्यासको कुरा हराइरहेको परिप्रेक्षमा एक्काइसौं शताव्दीको मध्यमा मगर समुदायले मगरहरुको धर्म बौद्ध हो भन्ने कुराको निक्र्यौल गर्ने काम भयो । बुद्धधर्मको बारेमा अध्ययन गरिसकेपछि मगरहरु बुद्धकाल देखी नै बुद्धधर्मको सामिप्यमा रहेको र त्यसकारण प्रारम्भिक बुद्धधर्म वा थेरवादसंग सन्निकत रहेको देखिन्छ ।

मगरहरु बौद्ध हौं भन्ने घोषणा

नेपाल मगर संघको केन्द्रिय समितिबाट मिति २०५५ आश्विन ३ गते भएको अधिवेशनवाट मगरहरु नेपालका आदिवासी जनजाति र बुद्धमार्गी भन्ने कुराको घोषणा गरिएको थियो । यसबाट मगर समुदायप्रति नै थेरवाद बौद्ध समुदाय आशावादी भएको थियो । त्यसपछिका वर्षहरुमा मगर समुदायहरुबाट बौद्ध क्षैत्रमा विभिन्न तवरले शरीक हुने कार्य पनि भयो । मगर समुदायबाट प्रवजित हुने कुलपुत्रहरुको संख्या बढ्दै गयो । भिक्षुसंघ र अनागारिका संघमा मगर समुदायको प्रतिनिधित्व महत्वपूर्ण हुनगयो । परियत्ति शिक्षामा मगर समुदायको उल्लेखनिय सहभागिता हुँदै गयो । अल्पकालीन श्रामणेर र उपसम्पदाको कायर्क्रममा मगरहरुको बाहुल्यता हुँदै गयो । मगर समुदायका भिक्षु,अनागारिकाहरुले बुद्धधर्मको उच्च शिक्षा प्राप्त गर्नेहरुको संख्या बढ्दै गए । बौद्ध साहित्यको लेखन, विहारहरुको निर्माणमा मगर समुदायका भिक्षु तथा उपासक उपासिकाहरुबाट महत्वपूर्ण योगदान हुँदै आइरहेको अवस्था छ ।

बुद्धकालीन समय देखी मगरहरुको थातथलोमा बुद्धको चारिका र धर्मदैशना
मगरहरुको इतिहास हेर्दा बुद्धधर्मको उषाकालदेखी नै बुद्धधर्मको सम्पकर्मा आएको भन्ने कुरा विभिन्न घटनाक्रमले सिद्ध पारेको देखिन्छ । ललितविस्तरमा वर्णन गरे अनुसार लुम्बिनीको उपवनमा सिद्धार्थको जन्महुँदा नन्द र उपनन्द भन्ने नागराजहरुबाट तातो र चीसो पानी व्दारा बाेधिसत्वलाई नुहाई दिएको उल्लेख रहेको छ । काेलियहरुको भागमा परेको अस्थिधातुवाट नवलपरासीको झहरी नदिको किनारामा रामग्राम स्तुप निर्माण गरिएको मा अशाेककालीन समयमा भएको अस्थिधातु संकलनार्थ आएका हरुलाई निकाल्न नदिइकन नागहरुले रक्षा गरेको भन्ने कुरा श्रीलंकाको वंशावली थुपवंशमा उल्लेख गरेको छ । यहाँ नाग भन्नाले मानिसहरुको जातिविशेषलाई जनाएको कुरा उल्लेख गरिएको छ । पाल्पाली सेन वंशावलीमा मगरराजालाई नागभूपति पर्वति राजा अर्थात नागराजाा भनिएका छ । भगवान बुद्धको जन्मस्थल लुम्बिनी बाट ठीक उत्तर महाभारत पर्वत श्रृंखलामा मगर राजाको बल्डयंगगढी अवस्थित रहेको छ । यसरी विभिन्न विव्दानहरुले ती नागहरु भनेको मगर हुन् भन्ने कुरा उल्लेख गरिएको छ ।

मगरहरुको देशभरी फैलावत
मगरहरु नेपालका विभिन्न ठाउँमा छरिएर बसेका समुदाय हुन् । पूर्वी नेपाल देखि पश्चिमको महाकाली सम्म उनीहरुको वसाेवास रहेको छ । नेपाल बाहिर पनि यस जातिको वसाेवास रहेको छ । तर बर्तमान अवस्थामा उनीहरु नेपालको रुपन्देहि जिल्ला र त्यस क्षेत्रका वरिपरि गरेर मगरात भन्ने नामाकरण गरिएको छ । ती क्षेत्रहरु बुद्धकालका महत्वपूर्ण क्षेत्रहरु हुन् । यस क्षेत्रभित्र नै रुपन्देही, नवलपरासी, देवदह आदि पर्दछन् । नवलपरासी पनि मगरहरुकै बाक्लौ वस्तिभएको देवचुली र बरचुली पर्वत श्रृंखलाकै फाँट हो । वास्तवमा उपरोक्त बौद्ध ग्रन्थहरुमा उल्लेखित नाग राजा र नाग भन्ने जाति मगरहरु नै हुन् । यी कुराले बुद्धधर्म र मगरहरुबीचको समबन्धलाई राम्ररी इंगित गर्दछ ।
नवरपरासीको रामग्राम र देवदह पनि मगरहरुको कमर्थलाेको रुपमा बुद्धकालीन समयमा रहेको अनुमान गरिएको छ ।

मगरहरुको थातथलोमा बुद्धको चारिका र धर्मदेशना
मगर समुदायको बुद्धधर्म प्रतिको सामिप्यताः
यसरी बुद्धको जन्म संगै मगरहरुको सम्बन्ध रहेको कुरा उल्लेख भएको छ । भगवान बुद्ध बुद्धत्व पछि कपिलवस्तु सहित, काेलिय, देवदह आदि ठाउँहरुमा चारिका गर्नु भएको थियो । देवदह मा बुद्धले प्रवचन दिनुभएको थियो । मज्झिम निकायमा देवदह वर्ग रहेको छ । त्यस वगर्मा दशवटा सूत्रहरु रहेका छन्। ती सुत्रहरु देवदहमा देशना गरिएको हो । विशेषगरी निगन्थनाथ पुत्रका शिष्यहरुलाई विभिन्न धर्मका कुराहरुदेशना गर्नुभएका सूत्रहरु त्यसमा समावेश रहेका छन्। त्यस्तै रामग्राम स्तुप नेपालको एक महत्वपूर्ण स्तुप हुन्। भगवान बुद्धको परिनिर्वाण पछि उहाँको अस्थिधातु प्रणिधान गरेर आठवटा स्टुपहरु बनाइएको थियो । त्यस मध्ये काेलियहरुले रामग्राम स्तुप बनाउनु भएको थियो । कालान्तरमा अशाेकले ८४००० स्तुपहरु बनाउनुको लागि महापरिनिर्वाण पश्चात बनाइएका स्तुपहरुबाट अस्थिधातु निकालेर विभिन्न ठाउँमा स्तुप निर्माण गर्ने योजना अनुसार आठवटा मध्ये रामग्राम स्तुप बाहेकका स्तुपहरुबटा अस्थिधातु निकालेको ऐतिहासिक उल्लेख छ । तर रामग्राममा पनि अस्थिधातु निकाल्न आएका अशाेकका प्रहरी हरुलाई यहाँका नागहरुले निकाल्न नदिई बचाइराखेको कुरा उल्लेख भएको छ । यसरी नाग जातिको रुपमा रहेको मगरहरु बुद्ध प्रतिको श्रद्धा राख्ने जातिको रुपमा यस घटनाबाट लिन सकिन्छ ।

मगरहरुको हिन्दुकरण

बुद्धधर्म संग सम्बन्ध राख्ने मगरहरु हिन्दुकरण कसरी भयो भन्ने सम्बन्धमा वि.सं १८९३ मा प्रधानमन्त्रि भीमसेन थापाले श्री ५ राजेन्द्र विक्रम शाहदेवको शासनकालमा दासप्रथा हटाउने सम्बन्धमा एउटा इस्तिहार टाँसेको थियो । उक्त इस्तिहारमा पूर्णभद्री मगरले राजालाई बिन्तिपत्र राखी आफ्नो समुदायलाई पनि वर्णाश्रम अन्तर्गत राख्नको लागि अनुरोध गरिएबाट हिन्दुकरण भएको कुरा उल्लेख छ । बौद्ध जागरण कार्यक्रम र मगर जनजाति युवा बौद्ध समूह काठमाडौं को स्थापना विं.सं २०३९ मा भएको थियो । प्रारम्भकालमा विभिन्न उपत्यका र उपत्यका बाहिरका गाउँहरुमा पंचशील अभियान बाट शुरुगरेको गतिविधि विस्तारै राष्ट्रिय रुपमा जनजाति बौद्ध जागरण कायर्क्रममा परिणत भएको थियो । यसै सिलसिलामा तामांग, शेर्पा, गुरुंग, मगर तथा थारुहरुका स्थानहरुमा र काठमाडौं उपत्यकाका विहारहरुमा तीन दिन देखी १० दिन सम्मका जागरण कायर्क्रमहरु सम्पन्न गरेको थियो । त्यहिं बाट मगर समुदायका साथीहरु संग चीर परिचित हुने माैका प्राप्त भएको थियो । पछि धर्मनिरपेक्षताको आन्दाेलन, जनगणना सचेतना कायर्क्रममा पनि मगर समुदायका नेतृत्वहरुले विशेष रुपमा योगदान गरेको थियो ।

बौद्ध जागरण शिविर र मगरहरु

वतर्मान अवस्थामा बुद्धधर्म संग मगरहरुको सम्बन्धको कुरा गर्दा शुरुमा युवा बौद्ध समुह संग मगर समुदायको सुपरिचित हुने माैका प्राप्त गनर्को लागि धेरै मगर विव्दानहरुको महत्वपूर्ण भूमिका रहेको छ । त्यस मध्ये दुईजजना व्यक्तित्व
महत्वपूर्ण रहेका छन्। एक जना हुनुहुन्छ गोरे बहादुर खपांगि र अर्को एम.एस. थापा मगर हुनुहुन्छ । मगर समुदायलाई सामाजिक, आर्थिक तथा राजनैतिक क्षेत्रमा अग्रसर गराउनको लागि उहाँहरुको ठुलो योगदान रहेको देखिन्छ ।

वि.स. २०४० त्यसपछिका वर्षहरुमा युवा बौद्ध समूहको आयाेजना गरिने बौद्ध जागरण शिविर तथा अन्य विभिन्न धार्भिक कायर्क्रमहरुमा उहाँहरुको उपस्थिति बडो रौनकपूर्ण हुन्थे । देशलाई धर्मनिरपेक्ष घोषणा गराउने अभियानमा पनि उहाँहरुको ठुलो योगदान रहेको थियो । सुरेश आले मगरले पनि यस अभियानको लागि महत्वपूर्ण योगदान गर्नु भएको थियो ।

मगर समुदायमा बुद्धजयन्ती कार्यक्रम

*एम.एस. थापा मगरकै अगुवाईमा रुपन्देहीमा युवा बौद्ध समूहबाट बुद्ध जयन्ती मनाउने कार्य भएको थियो ।
*वि.सं २०५१ साल जेष्ठ महिनाको शुक्रवार का दिन २५३८ औं बुद्ध जयन्ती समारोह मनाउन महिनौ अगाडी देखि समितिले तयारी गरी जिल्ला रुपन्देही शंकर नगर गाविस नतर्गत चपरहट्टी मगर टोलमा पाँचहजार भन्दा बढी बौद्ध अनुयायीहरु प्रस्तावित विहारमा हर्षाेल्लासका साथ भेला भएको अवस्थामा जिल्ला प्रशसनको आदेशमा विहान ५ देखी साँझ ८ सम्म प्रहरी र सेना तैनाथ गरी सो ठाउँमा बुद्धजयन्ती मनाउन प्रतिवन्ध लगाएको थियो । पछि त्यस स्थलको केही पर जसरी पनि बुद्धजयन्ती मनाउने कार्य भएको थियो । यसरी त्यसदिन प्रशासन समेतले हस्तक्षेप गरेको र चारैतिर बन्दुक समातेका प्रहरीहरुको डर र भयमय वातावरणमा बुद्धजयन्ती भएको थियो ।

  • कायर्क्रमको समापन पछि ताराबहादुर बुढा मगरको अध्यक्षतामा १९ सदस्य सहितकोयुवा बौद्ध समूह रुपन्देही निर्माण भएको थियो । त्यस संस्थाको मूल उद्देश्य मगर समुदायहरुलाई बुद्धधर्मको बारेमा जागरण ल्याउनुथियो ।

मगर बौद्ध सेवा समाजको स्थापना र मगरहरु बौद्ध भन्ने घोषणा

ड्ड वि सं २०५३ मंसीर २७ मा एक महत्वपूर्ण कार्य भएको थियो । उक्त दिन नेपाल मगर बौद्ध सेवा समाजको स्थापना भएर मगरहरु बौद्ध जातिका हुन्भन्ने संस्थागत प्रयास भयो । धेरै अगाडी देखि हिन्दुकरण भएका र प्रकृतिलाई मान्नेहरु पनि रहेको यस समुदायको लागि यस संस्थाले बुद्धधर्म प्रति अभिरुचि जगाउने कार्य मात्र गरेको नभई समय समयमा यसको अधिवेशन पनि हुँदै गयो र वि.सं २०५५ साल अश्विन ३ गते नेपाल मगर संघले झापाको विर्तामोडमा भएको मगर समाज धर्म र कर्मकाण्ड विषयक अन्तराष्ट्रिय विचार गेष्ठीमा विव्दान एम.एस. थापा मगरले प्रस्तुत गर्नु भएको मगर समाज र बौद्धधर्म बारेको कार्यपत्र मा मगर जातिको धर्म बुद्धधर्म भन्ने कुरालाई उल्लेख गरिएको थियो । उहाँको त्यस कार्यपत्र लाई सर्वसम्मतिले पारित गरेको थियो ।
अक्खा लिपि नै मगरहरुको लिपि हो भन्ने पुस्तक पनि उहाँले लेख्नु भएको थियो । यसरी यस सम्मेलन मार्फत मगरहरुको संस्कार बौद्ध संस्कार पद्धति अनुसार चलाउने कुरा निधो गरिएको थियो । भिक्षु अश्वघोष महास्थविर तथा धर्मरत्न त्रिशुली व्दारा लेखिएको थेरवाद बौद्ध संस्कार लाई नै मगरहरुले आफ्नो संस्कारको रुपमा अनुशरण गर्ने प्रतिवद्धता पनि जनाउनु भएको थियो । थेरवादी बौद्ध संस्कारलाई नै मगरहरुको संस्कार बनाउनको लागि आव्हान स्वरुप लाफा भन्ने पत्रिकामा थेरवादको संस्कार पद्धति नै मगरहरुले अनुशरण गर्नु पर्ने मगराति संस्कार नामाकारण गरि लेख पनि प्रकाशित भएकोथियो ।

प्रवज्यामा मगरहरुको शुरुवा

भिक्षु सुदर्शन महास्थविरको नायकत्वमा जनजातीहरुलाई प्रवजित गरेर थाइलैण्डमा अध्ययन गराउने कार्य २०४७ मा सम्पन्न भएको थियो । तामांग, थारु, मगर, गुरूङ जातिका पाँचजना कुलपुत्रहरु श्रामणेर प्रवजित भएर थाइलैण्डमा अध्ययनार्थ पठाउनेकाम भएको थियो । त्यस मध्ये हाल दुई जना अद्यापि भिक्षु भएर निरन्तरता दिइरहनु भएको छ । एकजना तामांग जातिका भिक्षु डा. चन्दकीर्ति हो भने अर्कोमगर समुदाय (हिरासिंग थापा मगरका सुपुत्र) थाइलैण्डमै रहिरहनु भएको छ । पछिको समयमा रुपन्देहीमा बौद्ध जागरण कार्यक्रम पटक पटक हुन गयो र त्यसैको फलस्वरुप म्यानमारबाट फर्कनु भएका जटिल भिक्षुको नेतुत्वमा भिक्षु ज्ञानेन्द्रबाट महत्वपूर्ण शासनिक कार्यहरु भईरहेको अवस्था छ । उहाँहरुले मगर समुदायका कुलपुत्रहरुलाई प्रवजित बनाएर अन्तर्राष्ट्रिय बद्धु परियत्ति विहारको निर्माण गरेर मगरसमुदायमा धर्म प्रचार गरीरहेको अवस्था छ । हाल भक्तपुरको मुनिविहारमा पनि श्रामणेर प्रवज्या हुँदा मगर समुदायको ठुलो उपस्थिति हुने कुरा त्यहाँका भिक्षु अर्जुनबाट बताउनु हुन्छ ।


धर्मनिरपेक्षताको आन्दाेलन र मगर समुदाय

नेपाल धेरै अगाडी देखी विभिध धर्म र संस्कृति विद्यमान भएको देशको रुपमा लिन सकिन्छ । तर २०१९को संविधानमा हिन्दु राज्य भनेर पहिलो पटक घोषणा भयो ।
एउटै भाषा, एउटै जाति र एउटै धर्मलाई मात्र राज्यले काखी च्याप्ने परम्परा शुरुभयो । नेपालको पहिचानको रुपमा भएको बुद्धभूमि, लुम्बिनी, कपिलवस्तु आदि बुद्धधर्म संग सम्बन्धित पुरातत्व र त्यसको गरिमा र स्वयम्भू, बौद्ध, नमोबुद्ध, बज्रजाेगिनी जस्तो सम्पदालाई वेवास्ता गरी जवर्जस्ती लादिएको हिन्दु अधिराज्यलाई प्रजातन्त्रको आगमण संगै सबै धर्मले समान अवसर प्राप्त गर्नु पर्ने आवाज उठेको थियो । यसको लागि पहल गर्ने संस्थाको रुपमा यूवा समूह काठमाडौं लाइ पनि लिन सकिन्छ । युवा बौद्ध समूहले पारित गरेको प्रस्तावलाई नेपालको बौद्धहरुको छाता संगठन धर्माेदय सभाले पनि चासो देखाएको र धर्मनिरपेक्षता अभियान संचालन भएको थियो । त्यसको लागि विभिन्न जनजाति समुदायपनि शरीक हुन आउने क्रममा मगर समुदायका गोरेबहादुरु खपांगि, एम.एस.थापा मगर, सुरेश आले मगरहरुबाट विभिन्न ठाउँमा धर्मनिरपेक्षताको महत्व र विविध संस्कृति भएको नेपालको लागि एकल धर्मलाई मात्र काखी च्याप्नुको सट्टा राज्य धर्म निरपेक्ष हुनुपर्ने कुरामा जागृत गराउने कार्य भएको थियो । वर्षौ पछिको प्रयास पछि अन्तमा इ.सं २००७ जनवरीमा धर्मनिरपेक्ष भयो । तर धर्मनिरपेक्षताको महत्वलाई नबुझेर हाल आएर यसको आवश्यकता नभएको भन्ने समूह पनि देखापर्न थालेको छ ।

थेरवाद शासनमा मगरहरुको बाहुल्यता ।

थेरवाद बुद्ध शासनको लागि प्रवजित जीवन एकदम महत्वपूर्ण हुन्छ । अर्हत ध्वजाबाहक भिक्षु भेषमा प्रवजित हरुको उपस्थिति शासनलाई अगाडी बढाउनको लागि महत्वपूर्ण पक्ष हो । हालका केही वर्षहरुमा नेपालको थेरवादी बुद्धशास्नमा मगर समुदायका भिक्षु, श्रामणेर तथा अनागारिकाहरुको उल्लेखनीय उपस्थिति र योगदान रहेको छ ।

थेरवाद बुद्धशासनको लागि विभिन्न पुर्वाधारहरु निर्माणमा पनि मगर जातिहरुकले नेतृत्व लिईरहेको अवस्था छ । इलामको सुर्योदय, देखी रुपन्देही, धनगढी, नेपालगञ्ज, सुर्खेत जस्तो पश्चिममा पनि विहार निर्माण, परियत्ति संचालन कार्यक्रममा मगरहरुले सहभागी देखाईरहेको अवस्था छ । यसरी थेरवाद बुद्धधर्म मगर समुदायको अभिन्न अंग भैसकेको अवस्था छ ।

अल्पकालीन प्रवज्या कार्यक्रममा मगरहरुको उल्लेखनीय सहभागीता

नेपालमा हाल समय समयमा अल्पकालीन प्रवज्या कार्यक्रमहरु भईरहेको अवस्था छ । ती कार्यक्रममा पनि मगर समुदायको बाहुल्यता रहेको छ । हालसाथै २०८० फागुन देखी सम्मको १२५० जना कुलपुत्रहरुको प्रवजित कार्यक्रममा पनि ५० प्रतिशतको हाराहारीमा मगर समुदाय रहेका छ । यसरी मगर समुदायको बाहुल्यता रहेको छ ।

यसरी बुद्धधर्मको लागि मगर समुदायको ठुलो सहभागीता भैसकेको अवस्थामा मगर समुदाय समग्र थेरवाद शासनको जगको रुपमा उभिरहेको अवस्था छ । यस्तो अवस्थामा सम्पूर्ण मगर समुदायबाट प्रारम्भिक बुद्धधर्मको रुपमा रहेको कल्याणकारी बुद्धको सन्देश समेटिएको थेरवाद बुद्धधर्मलाई अंगिकार गर्नु भनेको आफ्नो समुदायलाई मात्र नभई बुद्ध भूमिको रुपमा समग्र देशको लागि हितकारी विषय हुन जाने कुरामा व्दिविधा रहन्न । सिद्धान्त, धर्म, अभ्यास के हो ? के का लागि ?

सामान्यत कुनै पनि धर्म सिद्धान्त वा शिक्षाहरु भनेको सार्वजनीन हुन्छन्। कुनै वर्ग, जाति तथा समुदायको मात्र हुन सक्दैन । मानिसहरुको हितको लागिप्रादुर्भाव भएका सिद्धान्तलाई तेरो मेरो भन्ने कुरा हुँदैन । यदि लाभकारी भएमा त्यसलाई ग्रहण गर्ने र लाभकारी नभएको खण्ड त्यसलाई त्याग्नु नै न्यायाेचित हुन्छ । भगवान बुद्धले दुईवटा महत्वपूर्ण कुरा गर्नुभएको छ । उहाँले केसमुक्त सुत्तमा मानिसहरु स्वतन्त्र चिन्तन गरेर आफुलाई कुन विषय ठीक छ छैन भन्ने कुराको निक्र्यौल गर्न जान्नुपर्दछ भन्नुभयो भने, विमंशक सुत्तको देशनामा आफ्नो सिद्धान्त मात्र ठीक छ भनेर अरु राम्रा विषयहरुबाट टाढारहनु पनि हुँदैन भन्नु भएको छ । कतिपय विषयहरु आफ्नाे समुदायको मूल्य मान्यता
भित्र नपरेको तर कल्याणकारी विषय रहेको छ भने कुनै हिचकिचाहत विना आत्मसात गरेर आफ्नाे र आफ्नाे समुदायको हितको लागि पनि लाग्नु पर्ने कुरा बताउनु भएको थियो ।

बुद्ध र प्रकृति पूजक

उल्लेखनीय रुपमा मगर समुदायले बुद्धशिक्षालाई अंगिकार गरेता पनि बढी संख्याका मगरहरु हिन्दु धर्मलाई नै आफ्नो धर्म मान्नेहरु छन्। कतिपयले मगरहरुको धर्म त प्रकृति धर्म हो भन्ने कुरा गर्दछन्भने काेही अलमलमा रहेको पनि देखिन्छन्। प्रकृति पूजकको कुरा गर्दा धेरै अगाडी मानिसहरु प्रकृतिपूजामा लाग्ने गर्दथे । बुद्धको समयमा पनि मानिसहरु विभिन्न डर, भय, त्रास, पीडा हुने यो संसारबाट त्राण पाउनको लागि प्रकृतिको शरण जाने गर्दथे । भगवान बुद्धले यस सम्बन्धमा अग्गिदत्त ब्राम्हणलाई भन्नुभएको थियो ।

बहु वे सरणं यन्ति पव्वतानि वनानि च ।
आरामरुक्खचेत्यानि मनुस्सा भय तज्जिता ।।
नेतं खो सरणं खेमं नेतं सरणमुत्तमं ।
नेतं सरणमागम्मं सब्ब दुक्खा पमुच्चति
अर्थ: धेरै जसो मानिसहरु विभिन्न भयबाट त्राण पाउनको लागि पर्वत, बन, आराम, रुख तथा चैत्यहरुको शरणमा जाने गर्दछ । ती विभिन्न प्राकृतिक स्थलहरु वास्तविक रुपमा दुःख समाधान गर्न सक्ने विषय होईन र त्यसको शरणमा गएर सबै प्रकारका दुःख वा समस्या बाट मुक्त हुँदैन ।

बुद्ध र प्रकृति पूजक……

यो च बुद्धञ्च धम्मंञ्च संघञ्च सरणं गतो ।
चत्तारि अरियसच्चानि सम्मप्पञ्ञाय पस्सति ।।
दुक्खं दुक्खसमुप्पादं दुक्खस्स च अतिक्कमं ।
अरियञ्चट्ठगिंकं मग्गं दुक्खुपसमगामिनं ।।
एतं खो सरणं खेमं एतं सरणमुत्तमं ।
एतं सरणमागम्मं सब्ब दुक्खा पमुच्चति ।।
अर्थात बुद्ध, धर्म र संघको शरणमा गएर चार आर्यसत्यलाई प्रज्ञापूर्वक जानेर, दुःख, दु:खकाे उदय र दु:खलाई अतिक्रमण गर्नको लागि आर्यअष्टांगिक मार्गको अभ्यास गर्दा मात्र दुःखलाई शान्तपार्न सकिन्छ । यसरी शरणागत हुनाले नै दुक्खबाट मुक्त हुन सकिन्छ । यसरी समग्र मानव कल्याणको लागि उहाँले चतुआर्य सत्यलाई बुझेर आठमार्गको अभ्यासको लागि आज्ञा गर्नुभएको छ । यस मार्गको अनुशरण गरेर धेरै मानिसहरुले आफुलाई धन्य पारिसकेको अवस्थामा जुनसुकै वर्ग, जाति, समुदायहरुको लागि बुद्धको यो वचन मनन योग्य छ ।

प्राकृतिक स्वभाब धर्मलाई स्वीकार्नु नै बुद्ध शिक्षा

बुद्ध धर्ममा स्वभाव धर्मलाई प्राकृ तिक कानून पनि भनिन्छ । संसारको स्वभाव धर्मलाई बुझ्नु वास्तविक रुपमा दुःख मुक्तिको साधना हुन् । यस हिसाबले बुद्धले प्राकृतिक कानूनको रुपमा अनित्यता, दुःखता र अनित्यताको कुरा सिकाउनु भएको छ । यस अर्थमा लिंदा बुद्ध प्रकृतिवादीको रुपमा पनि लिन सकिन्छ । बुद्धको सार्वजनीन शिक्षाले सबैलाई लाभान्वित गर्दछ ।

बुद्ध नेपालमा जन्मनु भयो । नेपालमा राष्ट्रिय विभुतिको रुपमा बुद्धलाई स्थान दिएको छ । नेपालका सुपुत्रबाट प्रतिपादित शिक्षाको बारेमा सबै नेपालीहरुले जानकार प्राप्त गर्नु परम कर्तव्य हो । तर बुद्ध नेपालमा जन्मेको, नेपालको सुपुत्र भएकोले मात्र हामीले बुद्धको शिक्षा ग्रहण गर्नुपर्ने नभई विवेकशील प्राणिको नाताले जुन गुणधर्म वा शिक्षाले आफ्नो जीवनलाई पूर्णता दिन्छ यसलाई ग्रहण गर्नु मानिसहरुको लागि आवश्यक विषय हो । जस्तै कुनै रोग लागेमा अाैषधि सेवन गर्दछन । अाैषधि सेवन गर्दा यो हाम्रो समुदाय, जातिले बनाएको हो कि होईन भनेर सोधिंदैन । रोग निवारण अाैषधि हुनासाथ त्यस अाैषाधि कसले बनायो, कहाँ बनायो भन्ने कुरा सोचिंदैन र आफ्नो रोगको निदानको लागि अाैषधि सेवन गर्न पुग्छन । त्यस्तै मानिसहरु सबै एउटै रोगबाट ग्रस्त छ ती रोग भनेको भव रोग हो । भवरोग बाट त्राण पाउनको लागि बुद्धको शिक्षारुपी अाैषधि सेवन गर्नुको विकल्प छैन । स्वतन्त्र चिन्तन मार्फत ठीक बेठीक छुट्याउने बुद्धको सन्देश । (केसमुत्ति सुत्त):

एकचोटी कालामहरुको समुदायमा भगवान बुद्ध पुग्नुभएको थियो । उनीहरुले बुद्धलाई हामीकहाँ धेरै धर्मगुरुहरु आईपुग्छन्र आ आफ्नै मूल्य मान्यतालाई मान्नु लाभदायक हुन्छ भनेर बताएर जान्छन्जुन अघिल्लो धर्मगुरुले भनेको भन्दा विपरीत हुन्छन् ।

यसले हामीलाई अलमलमा पारिरहेको अवस्था छ भन्नु हुँदा बुद्धले मानिसहरु आफ्नो हितको लागि स्वतन्त्र चिन्तन गरेर कुन सहि कून गलत भन्ने कुरा निक्र्यौल गर्न सक्षम हुन्छन्।
ड्ड मानिसहरु जन्मदा खेरी विभिन्न सामाजिक मान्यताको पृष्ठभूमिमा जन्मिन्छन्तर एक विवेकशील प्राणीको नाताले जून शिक्षाले आफ्नाे जीवनलाई अगाडी बढाउन मद्धत
गर्दछ जस्ले उज्यालो तिर लान्छ त्यस ज्ञान वा शिक्षालाई लिनु आवश्यक हुन्छ । धेरै ठुलो गुरुले भनेको भन्दैमा, ठुलठुला ग्रन्थहरुमा उल्लेख भएको भन्दैमा, धेरै अगडीदेखी आफ्नो समुदायमा स्थापित भैरहेको भन्दैमा त्यसलाई आँखा चिम्लेर मान्नु आफ्नो हितको लागि समुदायहरुको हितको लागि प्रत्युत्पादक हुन सक्दछ । समुदायको लागि घाटा हुन सक्दछ । जीवनलाई अगाडी बढ्नको लागि बाधा दिने विचारहरुलाई बाेक्नु दुर्लभ मानिसहरुको जीवनको लागि उचित नहुने कुरा बताउनु भएको थियो । दिट्ठाश्रवमा फसेर आफ्नै मात्र ठीक हुन्छ भनेर जिद्दि गर्नु आफ्नो लागि घाटा बन्न सक्दछ । बुद्ध शिक्षामा सहभागीता समावेशीता

भगवान बुद्धको संघमा विभन्नि मानिसहरु समावेश हुन आएका थिए । ब्राम्हण समुदायबाट, क्षेत्री समुदायबाट, वैश्य समुदायबाट, शुद्र समुदायबाट जुनसुकै जाति वर्णका मानिसहरुलाई पनि भिक्षुको रुपमा, भिक्षुणीको रुपमा, उपासकको रुपमा उपासिकाको रुपमा भित्रिएको थियो । बुद्धले तत्कालीन समयमा रहेको चारवर्णलाई अस्वीकार गरी चार परिषदको रुपमा सबै मानिसहरुलाई संघमा भित्र्याउनु भएको थियो । जसरी एउटा समुद्रमा सबै नदिहरुको पानि समावेश हुँदा त्यहाँकुनै पनि नदिको पहिचान हुँदैन मात्र महासमूद्र रहन्छ ।

त्यस्तै नै मानिसहरुको पहिचान भनेको सर्वश्रेष्ठ प्राणी हो । मानिसहरुको बीचमा पनि विभिन्न प्रकारले छुट्टा छुट्दै पहिचान खोजेर पहिचानको नाममा सारहीन वस्तुहरुको सेवन गरेर आफ्नो, आफ्नो परिवार तथा समुदायको हित माथि तगारो हाल्नु कुनै पनि समुदायलाई नेतृत्व गरिरहेकाहरुको कर्तव्य हुँदैन । बरु आफ्नाे समुदायहरुको हित कसरी हुन्छ । कालान्तरसम्म त्यसले कस्तो प्रभाव पर्दछ भन्ने कुरामा अनुमान गरेर हित हुने कुरालाई समाउने र हीत नहुने कुराबाट टाढा राख्नु ठुलो कुरा हुन जान्छ ।

अम्बेडर व्दारा आफ्नो समुदायलाई बुद्धशिक्षामा दिक्षित

भारतको संविधान निर्माता बि.आर अम्बेडकरले ताकालदेखी समाजमा अपहेलितको अवस्थामा रहेका आफ्नो समुदायलाई कसरी अगाडी बढाउनुपर्छ भनेर बषौंसम्म अनुसन्धान गरेर अन्त्यमा बुद्ध शिक्षाको छाँयामा मात्र सबैको कल्याण हुने कुरा निर्णय गर्नुभयो र सन् १९५६ मा नागपुरको दिक्षाभूमिबाट लाखाैंको संख्यामा रहेका आफ्ना समुदायको लागि मार्ग प्रशस्त गर्नु भयो । उहाँले म एक धार्मिक समुदायमा जन्म लिएं जून मेरो नियन्त्रणको बाहिर थियो तर म त्यहि समुदाय अन्तर्गत मर्न चाहन्न भनेर आफु समेत हजारौं को संख्यामा मानिसहरुलाई बुद्ध शिक्षामा रुपान्तरण गर्नु भएको थियो ।

सावर्जनीन, सर्वहित गर्ने शिक्षा सबैले स्वीकार्नु पर्दछ

कुनै शिक्षा वा सिद्धान्त यदि त्यसले मानवलाई अगाडी बढाउन सुख शान्तिको कारक बन्दछ भने त्यो सिद्धान्तका प्रतिपादक कुन देशको थियो ? कुन जातिको थियो । कुन वर्णको थियो, कुन लिंगको थियो भने विचार गर्नु आवश्यक हुदैन भन्ने कुरा बुद्धको दशर्नले बताउँछन्। यदि कुरा सहि छ भने ती विभिन्न कुराहरुलाई गौणता पूर्वक लिनु पर्दछ र त्यस शिक्षालाई आत्मसात गर्नु पर्दछ । आफ्नो जाति, वर्ण, समुदाय, आफ्नै देशको व्यक्तिले निकालेको सिद्धान्त भनेर
कुनै पनि तवरले आप्mनो हित नहुने कुरालाई बाेक्नु बुद्धिमानी नहुने कुरा केशमुत्ति सुत्तमा भन्नु भएको छ । त्यस्तै विमंशक सुत्तमा आफ्नै मात्र ठिकहुने विचार लिएका मानिसहरुले आफ्नो समुदाय भन्दा बाहिरको राम्रो कुरालाई
लिन सकेन भने त्यो पनि बुद्धिमानी नहुने कुरा बताउनु हुन्छ । त्यसकारण हामीले आफ्नो हित प्रति संवेदनशील हुने हो भने बुद्धका विभिन्न शिक्षाहरु मध्ये केशमुत्ति सुत्त र विमंशक सुत्तलाई महत्वका साथ कायार्न्वयन गर्नु पर्दछ । विवेकशील प्राणीहरुको लागि ती दुईसुत्तहरुले मार्ग प्रशस्त गरिरहेो हुन्छ ।

उपसंहार

बुद्धको शिक्षा शील समाधि र प्रज्ञासित सम्बन्ध राख्ने शिक्षा हो, चतुआर्य सत्य, प्रतित्यसमुत्पाद, त्रिलक्षणलाई दर्शन गरेर दुःखमय जीवनबाट मुक्तहुनको लागि बुद्धले महत्व देशनाहरु गर्नु भयो । ती देशनाहरु सावर्जनीन, सावर्कालिक वा अकालिक शिक्षा हुन्। सवै सत्व प्राणीहरुको हितको लागि दिनुभएका ती शिक्षाहरु भारत तथा नेपालमा देशना भएको थियो । २५०० वर्ष देखी अनवरत रुपमा भाणक परम्पराबाट सुरक्षित यस शिक्षाबाट नेपालका आदिवासी जनजातिहरुले विभिन्न कालखण्डमा अंगिकार गरिसकेको इतिहासले देखाउँछ । तर समय परिस्थिति परिवर्तन संगै विभिन्न कालखण्डमा यस कल्याणकारी शिक्षाबाट केही जनजातिहरु टाढाहुन पुगेको पनि पक्कै हो । भारतबाट यस शिक्षा विलुप्त भएर गएतापनि नेपालमा यस शिक्षा विभिन्न तवरले निरन्तरता भईरहेको छ । दक्षिण र दक्षिणपूर्वी एशिया, मध्य एशिया आदि ठाउँमा त यसको प्रचारप्रसार भएर उनीहरुको दैनिक जीवन सित गांसिसकेको अवस्था छ ।

१९ शताव्दीको उत्तरार्ध देखी पश्चिमेलीहरुले समेट यस शिक्षाको महत्व बुझेर यसको अभ्यासबाट लाभान्वित भईरहेको अवस्थामा प्रत्येक नेपालीहरु विशेष रुपमा नेपालको पहिचानको रुपमा रहेका जनजातिहरुले यस शिक्षालाई अध्ययन गर्ने, बुझ्ने, भाविता गरेर आफ्नो तथा संसारका अल्याख दुखी, पिडित जनमानसलाई पनि कल्याणको लागि लाग्नुपर्ने बेला आएको छ । हामी नेपालीहरु जुनसुकै जाति, समुदायमा भएता पनि आफ्नो देशमा जन्मेको र संसारलाई शान्तिको बाटो देखाउनु भएको बुद्ध प्रति गौरव हुनु पर्दछ । नतमस्तक हुनुपर्दछ र उहाँको शिक्षाबाट आफ्नो हृदय सिंचित गरेर एक मात्र विशुद्धिको मार्गकाे रुपम रहेको बुद्धशिक्षा मार्फत आफ्नो कल्याणगर्नुपर्दछ ।

मगर समुदायको कुरा गर्ने हो भने मगरात क्षेत्रका विभिन्न ठाउँहरुमा भगवान बुद्धले धर्मदेशना गर्नु भएको उल्लेख छ । मगरात क्षेत्रमा बौद्ध सम्पदाहरु हालसम्म पनि विद्यमान रहेको, मगर समुदायहरुबाट नै बौद्ध सम्पदाहरु संरक्षित भैरहेका, हालका समयमा थेरवादी बुद्धधर्मको बाहकको
रुपमा मगर समुदायहरुको उल्लेख्य योगदान भैरहेको अवस्था छ । यी विभिन्न कारणले कुनै पनि हिच्किताहन नराखीकन पच्चतं वेदितब्बो विञ्ञुहिति गुणले युक्त कल्याणकारी बुद्ध शिक्षालाई ग्रहण गर्नु मगर समुदायको हितमा छ भन्नुमा अत्युक्ति नहोला ।

भिडियाे हेर्न तलकाे लिङ्कमा क्लिक गर्नुहाेला ।

3 0
Happy
Happy
67 %
Sad
Sad
0 %
Excited
Excited
33 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %