
चैत ८,२०८०
-पूर्ण बहादुर राना “मेल्क्हाट माम्हिन्चाे”
जङ्गली स्वाँठे तिघ्रे पाखे,
खर्पने डाेकेकाे देश हाे नेपाल,
भगवान् राखिदेउ याे यसै गरि ।
यी सभ्य भए हाम्राे सिरिखुरी,
कहाँ जाला । ?
तिघ्रे र पर्वते स्वाँठे जुन हाम्रा दाजु-भाइ छन्,
त्यहीँ रही बाँचुन्, हुनु पर्दैन सभ्य ती,
बाहुन क्षत्रियैबाट मन्त्रिमण्डल जाेरनू,
बाहुन क्षत्रियहरूमा पनि उच्चकाेटिकाे
मन्त्रिमण्डल जाेर्दा बाहुन क्षत्री जाेरनू ,
मतवाली कवै नहुल्नू,
अयोग्य मतवाली र पाखंडी नीच निर्दयी ।
पस्याे भने मण्डलमा राज्य उठ्दा गिराउँछ ।।
बाहुन क्षत्रियैबाट मन्त्रिमण्डल जाेरनू ।
त्यस्तै मन्त्री लिइ रक्षा गरनू राज्यकाे सँधै ।।
-भलाेकुराकाे नमूना, प्रकाशक केदारमणि आ. दी. , २०१८
=================================
प्रस्तुत भलाेकुराकाे नमुना कविता केदारमणि आ. दी. बाट २०१८ सालमा प्रकाशन गरेका हुन् । यस कवितामा कविले बडाे प्रष्ट भाषामा छ्याङ्ग बुझ्ने चालले बाहुन क्षेत्रि जातिकाे मनकाे भित्र कुरा व्यक्त गरेका छन् । कविले कवितामा दुईवटा सत्य कुरा खाेलेका छन् ।
(१) कविताकाे भावना र मर्म अनुसार नेपाल देशकाे आदिवासी वा रैथाने वा मुलबासिहरू यहाँका जङ्गली स्वाँठे तिघ्रे, पाखे, खर्पने डाेकेहरू हुन् । कविले बाहुन र क्षेत्रीहरू नेपाल उनिहरूकाे आफ्नाे देश नभएको बताएका छन् ।
(२) मन्त्रीमण्डल जाेर्दा बाहुन क्षेत्री मात्रै जाेर्नुपर्ने । र अन्य जातिलाई मन्त्रीमण्डलमा छिर्न र बस्न दिन नहुने कुरा व्यक्त गरेका छन् । बाँकि कविताकाे बारेमा तल विवेचना गरिएकाे छ ।
कवितामा कविले याे देश जङ्गली स्वाँठे तिघ्रे पाखे खर्पने र डाेकेकाे हाे भनेका छन् । यी जङ्गली स्वाँठे तिघ्रे पाखे, खर्पने डाेकेहरू जुन हाम्रा दाजुभाइ छन् त्यस्तै अनपढ, गवाँर र अशिक्षित भएर बसुन भनेर ईच्छा व्यक्त गरेका छन् । भगवानसँग कामना गरेका छन् ।
यस कवितामा जंगली, स्वाँठे, तिघ्रे, पाखे भनेकाे आदिवासी(Indigenous) लाई भनेकाे हाे ।
कविले आदिवासी वा मुलबासि वा रैथानेलाई मतवाली भनेर सम्बाेधन गरेका छन् । मतवाली वा आदिवासि वा रैथाने भनेका यहाँका राई, लिम्बु, गुरूङ, मगर, तामाङ, नेवार, थारू, शेर्पा, थकाली आदि समुदायलाई भनेकाे हाे । मतवाली भनेर दलितलाई पनि सम्बाेधन गरिएकाे हाे । मतवाली भनेकाे जाँडरक्सि खाने जाति भनेकाे हाे । मतवालि भनेकाे मदिरा सेवन गर्ने वंशलाई भनेकाे हाे । मतवाली भनेकाे वंशपरम्परा देखि मदिरा खाँदै आएको जातिहरूलाई भनेकाे हाे ।
मतवालीहरू कुनै हालतमा शिक्षित र सभ्य हुनुहँदैन । यी मतवालीहरू सभ्य भए भनी बाहुन क्षेत्रिकाे सिरिखुरी कहाँ जाला भनेर चिन्ता व्यक्त गरेका छन् । सिरिखुरि भन्नाले जायजेथा वा भए भरका सबै सम्पत्ति भनेकाे हाे ।
मन्त्रीमण्डल जाेर्दा बाहुन क्षेत्रिबाटै जाेर्नु पर्छ । मन्त्रीमण्डल बनाउँदा बाहुन क्षेत्रिमा पनि उच्चकाेटिकाे बाहुन जाेर्नु पर्छ । मतवालिहरू कहिले मन्त्रिमण्डलमा हुल्दै नहुल्नु भनेका छन् । मतवालीलाई कहिले पनि मन्त्रीमण्डलमा नराख्नु र मन्त्री नबनाउनु भनेका छन् ।
कविले मतवालिहरू अयाेग्य हुन्छन् । मतवालिहरू निच र पाखंडि हुन्छन् । मतवालीहरू निर्दियी हुन्छन् । यस्ता अयाेग्य पाखंडी, निच र निर्दयी मतवालीहरू मन्त्रीमण्डलमा पस्याे भने राज्य उठ्ठा गराउँछ । राज्य टाट पल्टाउँछ । देशलाई गिराउँछ । दुश बिगार्छ भनेका छन् । त्यसैले मन्त्रीमण्डल जाेर्दा बाहुन क्षेत्रीबाटै जाेर्नु पर्छ । बाहुन क्षेत्री लाई मन्त्रीमण्डलमा लिई राज्यकाे रक्षा गर्नु पर्छ भनेका छन् ।
यी शिक्षित भए उनिहरूकाे सिरिखुरी वा हालिमुहालि, शासन प्रशासन कहाँ जाला भनेर बयाे चिन्ता गरेका छन् ।
वर्तमान अवस्थासम्म आउँदा पनि मूलतः बाहुन समुदायमा काङ्ग्रेस, एमाले र माओवादी नेताले भलाेकुराकाे नमुनालाई अंगिकार गरेकाे देखिन्छ । त्यसैले त मन्त्रीमण्डल बनाउँदा मधेसि पर्दैन । त्यसैले त मन्त्रीमण्डल बनाउँदा आदिवासि र मुस्लिम पर्दैन । त्यसैले त मन्त्रीमण्डल बनाउँदा दलित पर्दैन । याे भलाे कुराकाे नमुना कविताले अधिकत्तम भलाे(फाईदा) बाहुन जातिलाई पुर्याएकाे छ । मधेसी, दलित, मुस्लिम, आदिवासी भन्दा फाईदा क्षेत्रिलाई पनि पुगेकाे छ । भरसक मन्त्री जाेर्दा गरिब, दरिद्र, मैलाधैला ध्वाँसेम्वासे भएर हिंड्ने बाहुन क्षेत्री पर्नु भएन ।
याे कविता पढेपछि के निष्कर्ष निकाल्न सकिन्छ भने दाहाल, ओलि, देउवा, पाैडेलहरूले मतवालिलाई मन्त्री नबनाउँदा यी विराेध गर्नु भएन । किनकि यी जातिहरू मन्त्री भए भने देशलाई उठ्ठबास गराउँछ । देशलाई भाँडभैलाे गर्छ । देशलाई कंगाल बनाउँछ ।
त्यसैले जङ्गली स्वाँठे तिघ्रे पाखे,
खर्पने डाेके मन्त्री नबनाईएकाे ठिक छ ।
वास्तवमा भलाेकुराकाे नमुना अनुसार यहाँ भलाे दुई पक्षलाई हुने भाे । पहिलाे भलाे उच्चकाेटिकाे बाहुन क्षेत्रिलाई हुन्छ । उच्चकाेटीका भनेका राज्यसत्ताका वारिपरि रहेका कुलीन बाहुन क्षेत्रि हुन् । यिनले देशकाे रक्षा गर्ने भए । जसमा उपाध्याय, शर्मा पर्न सक्छन् ।
दाेश्राे फाईदा राज्यलाई हुने भयाे । किनकि जङ्गली स्वाँठे तिघ्रे पाखे, खर्पने डाेकेलाई मन्त्री बनाउँदा देश डामाडाेल र उठ्ठाबास हुन्थ्याे । यिनलाई मन्त्री नबनाउँदा देश जाेगिने भयाे ।