निर्वाचन आयाेगले ४१ दल खारेज गर्ने प्रक्रियामा र १९ दललाई नाम परिवर्तन गर्न निर्देशन

Read Time:3 Minute, 24 Second

चैत ७, २०८०
पूर्ण बहादुर राना

निर्वाचन आयाेगले ४१ दल खारेज गर्ने प्रक्रिया अघि बढाएकाे छ । भने १९ दललाई नाम परिवर्तन गर्न निर्देशन दिएकाे छ । निर्वाचन आयोगकाे अनुसार यी दलहरू संविधान र ऐनको भावना र मर्म विपरित रहेकाे जनाएको छ । १९ वटा दल संविधानकाे भावना विपरित भएकाले परिवर्तन गर्न निर्वाचन आयोगले निर्देशन दिएको हो ।

निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव यज्ञप्रसाद भट्टराईले आयोग पदाधिकारीको फागुन ३ गतेको बैठकले आयोगमा दर्ता कायम रहेका १९ दलको नाम परिवर्तन गर्न निर्देशन दिने निर्णय गरेको जनाएका छन् । नेपालकाे संविधान तथा ऐनमा दलको नाम सार्वजनिक नैतिकता प्रतिकूल हुन नहुने व्यवस्था गरेको छ ।

“संविधान र ऐनको भावनाविपरीत दर्ता भएका दलहरूलाई नाम परिवर्तन गर्न जानकारी गराउने निर्णय भएको हो ।”, महाशाखा प्रमुख भट्टराईले बताएका छन् । महाशाखा प्रमुख भट्टराईले ऐनविपरीत नाम हुने दललाई छुट्टाछुट्टै पत्राचार गरी निश्चित समय दिएर नाम परिवर्तन गर्न जानकारी गराउने बताए । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा दलको नाम, उद्देश्य, चिह्न वा झन्डा नेपालको धार्मिक वा साम्प्रदायिक एकतालाई खलल पार्ने वा विखण्डित गर्ने प्रकृतिको भएमा वा सार्वजनिक नैतिकता प्रतिकूल हुने भएमा दल दर्ता नहुने उल्लेख गरेकाे छ । याे समस्या “२०७२ सालअघि नै दर्ता भएका राजनीतिक दलमा यस प्रकारको समस्या देखियो । सहसचिव भट्टराईले भनेका छन् ।

४१ दल खारेज गर्ने प्रक्रियामा

निर्वाचन आयोगले ४१ राजनीतिक दललाई खारेज गर्ने भएको छ । वास्तवमा ती दलहरू खारेजमा पर्नुकाे कारण ती दलले केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचन नगरेको तथा लेखा परीक्षण प्रतिवेदन नबुझाएको र बुझाए पनि सार्वजनिक नगरकाे आयाेगले जनाएको छ । निर्वाचन आयोगले ती दलहरूलाई जरिवाना तोकेको थियाे । तर ती दलहरूल जरिवानासमेत नबुझाएपछि खारेजी प्रक्रियामा लाने भएको हाे । “त्यस्ता ४१ दललाई अन्तिम पटकलाई भनेर एक पटक जरिवाना बुझाउन निर्देशन दिने र जरिवाना नबुझाए खारेज प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ ।” कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख भट्टराईले भनेका छन् ।

आर्थिक वर्ष २०७८/७९ को आयव्ययको विवरण नबुझाउने र बुझाए पनि सार्वजनिक नगरेका दलको सङ्ख्या ४० वटा छ ।

3 0
Happy
Happy
50 %
Sad
Sad
25 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
25 %