देशभरिका सहकारी संस्थाबाट ठगीमा परेका पीडितहरू न्याय माग्न काठमाडौँमा भेला भएका छन् ।

सरकारले सहकारी संस्थाबाट ठगीमा परेका पीडितहरूको माग सम्बोधन नगर्दासम्म काठमाडौँमै बसेर आन्दोलन गरिरहने अध्यक्ष केसीले भेलालाई जानकारी गराए । बाबाआमा गुमाएर एक्लै बस्दै आएका पाल्पा तासेन नगरपालिका वडा नं. ५ अर्चले वर्ष ३६ का मुकेश रानामगरले ५ वर्ष मलेसियामा कमाएर ल्याएको पैसा राम्रो ब्याज पाउने आशामा ललितपुरमा रहेको गोरखा सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा राखेर अहिले पछुताइरहेका छन् । अविवाहित मगरले पैसा नपाएर विवाह गरेका छैनन् । सहकारीले पैसा दिए जोडी बाँध्ने सुरमा रहेका मगरको करिब ४ लाख रूपैयाँ फसिरहेको छ

यस्तै काभ्रेकी ७० वर्षीया महालक्ष्मी मर्हजनले अनेक दुःख गरेर परस्पर बचत तथा ऋण सहकारी संस्थामा २ लाख रूपैयाँ जम्मा गरिन् । बुढेसकालमा सजिलो होला भनेर उनले सहकारीमा बचत गरेको रकम फिर्ता नपाएपछि रुँदै सडकमा आइपुगेकी छन् । सरकारले ठगी गर्ने सहकारीलाई कारवाही गर्दै आफ्नो बचत फिर्ता गराइदिने आशामा सडकमा आएको उनको भनाइ छ । ठगी गर्ने विभिन्न सहकारीमध्येका सुमेरु सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका अध्यक्षहरूको तस्बिरसहित लेखिएको १ नम्बर महाठग, भगुवा अध्यक्ष भरत महर्जन र २ नम्बर महाठग अध्यक्ष हेमराज दाहालको व्यानरमा नामै लेखेर नगर परिक्रमा गरिएको थियो ।
