अपाङगता भएका व्यक्तिहरुको ऐन सम्बन्धमा अभिमुखिकरण कार्यक्रम सम्पन्न

Read Time:1 Minute, 14 Second

पूर्ण बहादुर राना

चैत ४, २०८०

नेपाल आदिवासी जनजाती अपाङ्ग संघ (NIDA) को आयोजना, बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, हेटौंडाको आर्थिक सहयोगमा पेन्सन भासना होटल डिल्लीबजारमा निडाको अध्यक्ष खडग सारु मगरको अध्यक्षतामा UNCRPD र अपाङगता भएका व्यक्तिहरुको ऐन सम्बन्धमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरियो ।

उक्त कार्यक्रममा निडाको अध्यक्ष तथा सहजकर्ताले UNCRPD र अपाङग्ता ऐन २०७४ को बारेमा प्रस्तुतीकरण दिनु भएको थियो । प्रस्तुती पश्चात सहभागीहरुबाट सुझाव संकलन गरिएको थियो र काठमाडौ महानगरपालिका २९ नं वडा कार्यालयका वडा सदस्य श्री अनिल कुमार श्रेष्ठज्युले UNCRPD र अपाङगता भएका व्यक्तिहरुको ऐन लाई कार्यान्वयनमा ल्याउन यस्ता सचेतीकरण कार्यक्रम महत्वपूर्ण रहेको कुरा मन्तव्यको क्रममा राख्नु भएको थियो।

2 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %