पुन शब्द मगर हाे, मगरलाई भाषा र धर्मकाे कसाैटिले मापन नगराैं

Read Time:22 Minute, 33 Second

-पूर्ण बहादुर राना

हाे ऐतिहासिक कालमा मगरकाे भाषा मगर नै थियाे । मगर जातिको धर्म बुद्ध नै थियाे । किनकि बुद्ध मगर समुदायमै जन्मेका थिए । हामी मगरले मगर भाषा बाेले पनि नबाेले पनि भाषामा मगरनै भन्नुपर्छ । धर्ममा बुद्ध माने पनि नमाने पनि बुद्ध नै भन्नुपर्छ । हिजाे मगरकाे राज्यसत्ता हुँदा मगरकाे भाषा, धर्म र सँस्कार सँस्कृति एउटै थियाे । याे जातिकाे भाषा, धर्म र सँस्कार सँस्कृति माैलाएकाे थियाे । फष्टाएकाे थियाे ।

जब मगर जातिले राज्य गुमाए तब यि जातिहरूले भाषा, धर्म र सँस्कृति गुमाउँदै गए । यी जातिका भाषा, धर्म र सँस्कृति उधाेगति तर्फ लाग्ने दिन सुरू भयाे । भाेलि मगरकाे राज्यसत्ता आएकाे दिनमा मगर भाषा, धर्म र सँस्कारले राज्यस्तरकाे कामकाजि, बाेलिचालि, अध्ययनअध्यापन, मिडाया र खाेज अनुसन्धानकाे भाषा हुनेछ ।

मगर राज्य गुमेपछि मगरहरू राेजिराेटि गर्न विभिन्न ठाउँमा बसाइँसराइ गरे । जब आफ्नो उत्पत्ति ठाउँ छाेडे यिनले भाषा, धर्म र सँस्कार पनि छाडे । किनकि कुल र मूल सार्न सकिंदैन । कुल जहाँ छ त्यहीँ रहन्छ । मुल पनि जहाँ छ त्यहीँ रहन्छ । मगरले बसाइँसराइ गर्दा भाषाकाे मूल, धर्मकाे मूल, सँस्कार सँस्कृतिकाे मूल छाडे ।

हिजाे पञ्चायतीकाल भन्दा अघि देखिनै पाल्पा, स्याङ्जा, तनहुँबाट बसाइँसराइ गरेर पाेखरा आएका थापा, आले र राना मगरहरू र बागलुङ, म्याग्दी र पर्वतबाट पाेखरा झरेका पुन मगरहरू बिच भेट भए । याे दुईतिरबाट आएका मगरहरू बिच मगर भाषा बाेल्न जान्ने र मगर भाषा बाेल्न नजान्ने दुई किसिमका मगर थिए । मगर भाषा बाेल्नेले मगर भाषा नबाेल्ने मगरलाई मगरै हाेईन भने हाेला । र मगर भाषा नबाेल्ने मगरले मगर भाषा बाेल्नेलाई मगरै हाेईन भनेर वादविवाद भयाे हाेला ।

याे हुनुपनि स्वभाविक थियाे । किनकि तनहुँ, स्याङ्जा र पाल्पाबाट पाेखरा बसाइँसराई गरेर आएकाहरू मगर भाषा बाेल्ने मगरहरू थिए भने म्याग्दी, बाग्लुङ र पर्वतबाट बसाइँसराइ गरेर पाेखरा आएकाहरू मगरहरू मगर भाषा नबाेल्ने मगरहरू थिए ।

जब याे दुईपक्ष मगर बिच भेट भयाे यी दुवै मगरबिच एकआपसमा गर्व पनि भयाे हाेला । स्याङ्जा, तनहुँ र पाल्पाका मगर भाषा बाेल्ने मगरले म्याग्दी, बाग्लुङ र पर्वतका मगरसँग मगर भाषामा कुरा गर्न थाले । तर म्याग्दी, बाग्लुङ र पर्वतबाट आएका मगरहरूले मगर भाषा नबुझेपछि तनहुँ, स्याङ्जा र पाल्पाका मगरहरूले मगर भाषा नबाेल्ने मगर कसरी मगर हुनसक्छ भनेर वादविवाद गरे हाेलान ।

याे स्वभाविक थियाे । याे आश्चर्य र अनाैंठाेकाे कुरा थिएन । किनकि पाल्पा, स्याङ्जा र तनहुँमा पञ्चायती कालमा मगर गाउँमा मगर भाषा मात्रै बाेल्थे । त्यतिबेला मगर गाउँकाे कामि, दमै , सार्की, रानाभाट पनि मगर भाषामानै कुरा गर्थे । मगर गाउँमा मगर भाषाकाे हेजिमनि थियाे । मगर भएर मगर भाषा बाेल्न नजान्ने मगर हुँदैन भनेर ती भाषा बाेल्ने मगरकाे कल्पनामा पनि थिएन ।

भने अर्काेतिर म्याग्दी, बागलुङ र पर्वततिरबाट आएका मगरहरूले ऐतिहासिक दमनकाे चपेटामा परेर राणाकालबाटै भाषाबाेल्न छाडेका थिए । त्यहाँका मगरहरू दुई पुस्ताले मगर भाषा बाेल्न छाडेका थिए । मगर भाषा बाेल्न छाडेकाे तेश्राे पुस्ता पाेखरा झरेर बसाइँसराइ गरे । म्यादी, बाग्लुङ र पर्वताका मगर भाषा बाेल्न छाडेका मगरहरूले नेपाली खस भाषालाई नै आफ्नाे मगर जातिको भाषा ठाने । ती तेश्राे पुस्ताले आफुले बाल्यकालदेखि बाेलेकाे भाषालाई मातृ भाषा ठाने । उनिहरूले मगर भाषा पनि हुन्छ भन्ने कल्पना पनि गरेका थिएनन् । तसर्थ म्याग्दी, बागलुङ र पर्वततिरका मगरहरूले मगर भाषा नबाेल्नु कुनै अनाैंठाे र आश्चर्यकाे विषय थिएन ।

(अ) अबका मगरहरूले के गर्नुपर्छ

(१) अब मगरलाई भाषा र धर्मले नबाँधाैं
मगरले मगर भने र लेखे भने त्यहि काफि छ । चाहे त्याे बुढा मगर हाेस, चाहे राना मगर वा पुन मगर हाेस । वा चाहे आले, बुढाथोकी, रेग्मी र थापा मगरनै किन नहाेस ।

(क) नेपाली खस भाषा मात्रै बाेल्ने मगर
राणा शासनकाे चपेटामा परेका मगरले नेपाली खस भाषा मात्रै बाेल्ने गर्छ । खस भाषा बाेल्ने मगरलाई मगर भाषा छ भन्ने पनि थाहा छैन ।

भने अर्काेतर्फ कतिपय मगरलाई मगर भाषा हुँदाहुँदै पनि जान्दाजान्दै पनि टाठाेबाठाे बन्न र पढ्न सिपालु हुन्छ भन्ने भ्रममा परेर मगर भाषा बाेल्न छाडेका छन् । अझ कतिपय बुज्रुकहरू सभ्य, धनी, सहरिया र शिक्षित कहलिन मगर भाषा बाेल्न छाेडेका छन् ।

(ख) विदेशी भाषा बाेल्ने मगर जन्मिसके

अहिले त विदेशी भाषामात्रै बाेल्ने मगर जन्मिसके । दाेश्राे र तेश्राे जेनेरेसनकाहरू जाे बेलायत, अमेरिका, क्यानडा र अष्ट्रेलियामा बसेका छन् ती अँग्रेजि मात्रै बाेल्छन । दाेश्राे र तेश्राे जेनेरेसनकाहरू जाे जापान, काेरिया र चाईनामा बसेका छन् तिनले जापानीज, काेरियन र चाईनिज मात्रै बाेल्छन् ।
दाेश्राे र तेश्राे जेनेरेसनकाहरू जाे भारत र अरबियन देशमा बसेका छन् ती बच्चाहरूले हिन्दी र अरबियन भाषामात्रै बाेल्छन् ।

त्यसैले मगरलाई भाषाले बाँध्न पनि नसक्ने भाे । भाषाकाे कसाैटिले मापन गर्न नसक्ने भयाे ।

(२) फरकफरक धर्म मान्ने मगर

फरकफरक धर्म मान्ने मगर जन्मेका छन् । काेहि बुद्ध धर्म मान्ने मगर छन् । काेहि हिन्दु धर्म मान्ने मगर छन् । काेहि प्रकृति धर्म मान्ने मगर छन् । काेहि क्रिस्चियन धर्म मान्ने मगर छन् । काेहि धर्म बिहिन मगर छन् । धर्मकाे मापदण्डले मगरलाई मापन गर्न सकिंदैन ।

(आ) पुन स्वयं मगर शब्द हाे

(१) पुन मगरनै हुन्

नेपाली उखानै छ, “धातुमा सुन, कपडामा उन र मगरमा पुन ठूलाे हाे ।” याे उखान त्यत्तिकै बनेकाे हाेईन । उखानले प्राचीन समय वा तत्कालीन समयकाे ईतिहास, परिवेश र सत्यता बाेकेकाे हुन्छ । याेे भनाइ मनुस्मृतिकाे आधारमा जाति प्रथा सुरू भएपछि प्रयाेगमा आएको उखान हुनसक्छ । त्यसैले पुनहरू असलि मगर हुन् । स्वयं पुन थर मगर शब्द हाे । “पुँ” बाट “पुन” भएको हुनसक्छ । पुँ भनेकाे बाँड भनेकाे हाे । वा “पुँ:न” बाट बाँड पुन भएको हुनसक्छ । जहाँ पुँन भनेको बाँड न भनेकाे हाे ।

अर्काे “पुहु न” बाट पुन भएको हुनसक्छ । पुहु+न= पुहु भनेकाे ओढ+ न जसकाे अर्थ ओढन वा लगाउन भन्ने हुन्छ । जहाँ “पुहु” काे अर्थ ओढ्नु र “-न” प्रत्यय हाे ।

अर्काे अर्थ “पाेङ” बाट “पाेन” हुँदै पुन भएको हुनसक्छ । मगर भाषामा “पाेङ” भनेकाे भाँडाे हाे । मगर जातिले बिहे गर्न लक्का जवान भएको छाेरालाई अरूकाे छाेरि माग्न जाँदा सगुन हालेर लैजाने भाँडाे हाे । यहि भाँडाे “पाेङ” बाेकेर जाँदा “पाेङ” बाट परिवर्तन वा अपभ्रंश भएर “पाेन” हुँदै “पुन” भएको हुनसक्छ । मगर भाषामा “पाेङ” काे शाब्दिक अर्थ(Etymological meaning) “पाे”= search) भनेकाे “खाेज” र “ङ” वा “ङाके”=for me) भनेकाे मलाई हाे जसकाे अर्थ “मेराे लागि खाेज” भन्ने हुन्छ । त्यत्तिकै पाेङ बाेक्दैन । पाेङ बाेकेर केटी खाेज्ने काम नै गर्छ ।

मगर जातिकाे थरहरूकाे अर्थ मगर भाषामै छ । “ढेङ्गा” भनेकाे “ढेराेकाङगा” अर्थात “चिन्नाेमा राखेकाे पानी वा तरल पदार्थ पिएँ” भन्ने हुन्छ । “टारूङ” थरकाे अर्थ “टाराे +ल्हुङे )” अर्थात ढुङ्गाले थिच बाट बनेकाे हुनसक्छ । राना भनेकाे आईज भनेकाे हाे । “थापा” भनेकाे “मंगाेलियाकाे बासिन्दा” भन्ने हुन्छ । था= मंगाेलकाे र पा भनेकाे बासिन्दा हुन्छ । आले भनेकाे हाे भनेकाे हाे । “पाटा” भनेकाे “खाेज्याे रे” भनेकाे हाे । रिलामि “रि” भनेकाे बाँसकाे नाम हाे र “लामि” भनेकाे लिएकाे छ भन्ने हुन्छ । अर्थात “बाँस लिएकाे छ” भन्ने हुन्छ । र अर्काे अर्थ “रि” भनेकाे “फाेहाेर” र “लामि वा ल्हामी” भनेकाे “लागेकाे छ” भनेकाे हाे । यस्ता उदाहरणहरू प्रसस्त छन् ।

(२) “-जा” प्रत्यय जाेडिएर मगर शब्द बन्छ

पुन र थापा थर भित्र “-जा” प्रत्यय(Suffix) जाेडिएर उपथरहरू छन् । “-जा”काे अर्थ बच्चा वा सानाे(Dimunitive) भन्ने हुन्छ । जस्तै ग्वा+जा(ग्वा भनेकाे कुखुरा र जाकाे अर्थ बच्चा वा चल्ला) ग्वाजा i गाेमिजा अर्थात कुखुराको चल्ला भन्ने हुन्छ । र्हा+जा=र्हाजा वा र्हाेमिजा भन्नाले बाख्राकाे बच्चा वा बाख्राकाे पाठापाठि भन्ने हुन्छ ।

यसरिनै पाइ+जा(पाईजा अर्थात पा भनेकाे खाेजेकाे र जाकाे अर्थ बच्चा खाेजेर पाएकाे बच्चा वा पाईकाे बच्चा) भन्ने हुन्छ । गर्बु+जा=गर्बुजा(गराङम बुच जा अर्थात् उचालेर बाेकेकाे बच्चा वा कुनै देविदेवताकाे भाकल गरेर जन्मेकाे बच्चा) भन्ने हुन्छ । गरङ्+जा=गरङ्जा भनेकाे भाकल गरेर जन्मेकाे बच्चा । तिलि+जा= तिलिजाकाे अर्थ तिलिकाे बच्चा वा तिलि भन्ने मान्छेकाे बच्चा) भन्ने हुन्छ । तिलि भन्ने नाम मगर समाजमा धेरै हुन्छ । पुर+जा=पुर्जा(“पुर” काे अर्थ पुगेकाे वा धनाध्यय र “जा” काे अर्थ बच्चा अर्थात सबै कुराले पुगेसरि आएकाे मान्छेकाे बच्चा भन्ने हुन्छ । मगर भाषामा पुगेसरि आएको भन्नेलाई ओल्चपुर्च भनिन्छ । बुढाे+जा = बुर्जा भनेकाे बुढाकाे बच्चा भन्ने हुन्छ । कतिपय मगर भाषिले ड वा ढ लाई र भन्छ । जस्तै पाडापाडि भन्दा पारापारि भन्छ । बुढाबुढि भन्दा बुराबुरि भन्छ । काेदालि भन्दा काेरालि भन्छ ।

म्याग्दी, बागलुङ र पर्वतमा धेरै ठाउँकाे नाम मगर भाषामा छ । “म्याग्दी” तीनवटा शब्द म्या+गा+डी=म्याग्डी मिलेर बनेकाे छ । जसको अर्थ “म्या” वा “मेआ” भनेकाे “चाख्याे”, “गा” भनेकाे “पियाे” र “डी” काे अर्थ “पानी” हुन्छ । अर्थात मैले पानी चाखें र पिएँ भन्ने हुन्छ ।

म्याग्दीकाे अर्काे अर्थ म्ह्याच+डि म्ह्याचडि अर्थात बिर्सेकाे पानी बाट म्याग्दी भएकाे हुनसक्छ ।

महाबिर पुनकाे गाउँ नाङ्दी काे नाङ भनेकाे तँ र दि भनेकाे पानी हुन्छ । बाग्लुङ पुग्ने बेलामा सुँगुर आकारको ढुङ्गा छ । त्यसैले वाकल्हुङबाट बाग्लुङ भएको हाे । वाक= सुँगुर र ल्हुङ =ढुङ्गा भन्ने हुन्छ । अर्काे अर्थ बाङल्हुङ बाट बागलुङ भएको हुनसक्छ । बाङ भनेकाे राजा र ल्हुङ भनेकाे ढुङ्गा हाे । बाङल्हुङ अर्थात राजाढुङ्गा भन्ने हुन्छ । बुलिङटार गाउँपालिकाकाे वडा नं. २ नवलपुर स्थित कालिगण्डकिकाे तिरमा राजाल्हुम अर्थात राजाढुङ्गा भन्ने ठूलो ढुङ्गा छ । त्याे कालिगण्डकीमा रहेकाे राजाल्हुम(राजाढुङ्गा) नै साउन भदाै महिनामा डुङ्गा तार्न सक्ने नसक्ने भनेर मापन गर्ने मानक हाे । यदि राजा ढुङ्गा भेलपानीले पुरेर सनमन्नै(समथर) छ भने डुङ्गा तार्दैन थियाे । तर यदि राजा ढुङ्गाकाे केही मात्रामा देखेकाे छ भने बाेटेले डुङ्गा तार्ने गर्दथे । हाल त्यस ठाउँ अर्थात नारानटार र भेल्लाैरि जाेड्ने ठाउँमा झाेलुङ्गे पुल हालेकाे छ ।

अर्काे अर्थ बाङ भनेकाे मिलेकाे र सम्म परेका ठाउँ, राज्य वा बगैंचा भन्ने हुन्छ । बाग्लुङमा लामपाटा भन्ने ठाउँ छ । लामपाटा शब्दमा तिनवटा शब्द छ । लाम+पा+टा= लामपाटा जसकाे अर्थ हुन्छ लाम भनेकाे बाटाे, पा भनेकाे खाेज्याे र टा भनेकाे रे ।

मगर गाउँमा ग्वास्ल्हुङ (ग्वा=कुखुरा+बास= बास बसेकाे +ल्हुङ=ढुङ्गा) अर्थात कुखुरा बास बसेकाे ढुङ्गा हुन्छ । त्यतिमात्रै हाेईन भालेल्हुङ छ । ठूलाे ढुङ्गालाई भाले ल्हुङ भन्छ । तनहुँकाे पल्लो भिरकाेटमा भाल्याल्हुङ्ग छ । त्याे ढुङ्गा आकारमा पनि ठूलाे छ । त्यो ढुङ्गा भालेझैं बास्थ्याे रे । सायद त्यस ढुङ्गामा बनकाे भाले बसेर बासेकाे पनि हुनसक्छ ।

पर्वतमा डिमुवा ठाउँ छ । डिमुवा शब्द डी+मुआ=पानी बस्याे वा पानी जमेर बस्याे भन्ने हुन्छ । पर्वतमा माेदि वा मैदि भन्ने ठाउँ छ । जसकाे अर्थ माेई वा मै भनेकाे आमा र डि भनेकाे पानी हुन्छ । यसरी यि ठाउँकाे नामहरू मगर भाषामा छन् ।

(इ) अझ अरू दृष्टान्त हेराैं;

म्याग्दी, बागलुङ र पर्वत जिल्लाभित्रका अधिकांश ठाउँ मगर भाषामा छन् । यसकाे मतलब त्यस ठाउँका पहिलाे आदिवासी(indigenous) बासिन्दा मगर हाे । बाग्लुङ पर्वत र म्याग्दी जिल्लामा रहेका गलकाेट(गल हाल त), निसकाेट(दुईकाेट), ग्वालीचौर(कुखुराकाे बिस्टाचाैर), ग्वादि(कुखरापानी), बनाैं(बनकाे), ज्ञादि(भित्रबाट वा गहिराे ठाउँबाट बगेकाे पानी) , लिस्ति(गरूङ्गाे पानी), पैयुँपाटा(पैयुँखाेज्याेरे), रापाकाेट(राेएकाे काेट), हुवास(बासँसघारिकाे बास), वालिङ(बेसिकाे गित), क्याङ, सालिजा(सालिकाे बच्चा), कुस्मा(कुसेम्हा), राङभाङ(सिद्राछुट्याउनु), मुदी(मुलकाेपानी), मुना(बस), घ्यासि खर्क(चिलाउने खर्क), चिमखाेला(कालाेखाेला), बुर्तिबाङ(बरकाे रूखबाट निस्केकाे पाँचवटा पानिकाे मूल), भार्से(मलसाँप्राे), मरंग(रमाईलाे), निसिभुसि(दुईवटा जुम्रा अँगेनामा डढेकाे), खुंगा(उखु पियाे) आदि आदि ।

यस्ता ठाउँकाे नाम खाेजि गरे धेरै मगर भाषामा छन् । पुन स्वयं मगर शब्द हाे । पुन मगरले यी ठाउँकाे नाम मगर भाषामा राखे । किनकि पुन मगर यी जिल्लाका सुरूका आदिवासी जाति थिए । हामी पुन मगर हाेईनाैं भनेर जनगणनामा दर्ता गर्नेहरू उनिहरू वास्तवमा नत पुन हुन् नत ती जिल्लाका आदिवासी नै हुन् । किनकि माथिकाे दृष्टान्तले प्रष्ट्याईसकेकाे छ कि बागलुङ, पर्वत र म्याग्दी जिल्लाका ठाउँका नामहरू पुन मगर भाषामा नामाकरण गरिएकाे छ । त्यहाँका आदिवासी जाति पुन मगर हाे भनेर प्रमाणित भएको छ । पुन मगर भन्नेहरू आदिवासी हुन् । यदि पुन मात्रै भन्छन् भने ति मगर भाषामा नामाकरण भएको ठाउँकाे नाम तिनले स्विकार्दैन । आदिवासी जाति पुन मगरकाे भाषामा नामाकरण भएको ठाउँकाे नाम नस्विकार्नेहरू फिरन्ते जाति हुन् भन्ने प्रमाणित हुन्छ ।

(ई) मगरसँग त, थ, द, ध अक्षर छैन ट,ठ, ड, ढ वर्ण(अक्षर) छ

पर्वत, बागलुङ र म्याग्दी जिल्लाका पुन मगरहरूले मात्रै हाेईन नेपाल भरिका मगरहरूले दन्त्य(Dental Sound) ध्वनि त, थ, द, ध बाेल्दैनन् । दन्तमूलिय(Alveolar sound) ट, ठ, ड, ढ, ध्वनि उच्चारण गर्दछ । किनकि मगर भाषामा दन्त्य व्यञ्जन त, थ, द, ध अक्षरहरू छैनन् । सुन त भन्दा मगर भाषामा “सेउ ट” र खस भाषामा भन्दा “सुन ट” भन्छ । “कताबाट आएको हाे?” भन्दा मगरहरूले “कटाबाट आएकाे हाे?” भन्छ । “जति खायाे उति मिठाे” भन्दा मगरले “जटि खायाे उटि मिठाे” भन्छ । जातिकाे भाषा हुन्छ । भाषाकाे आ-आफ्नाे विशेषता हुन्छ ।

जस्तै मगरकाे विशेषता र बाहुनकाे विशेषता फरक हुन्छ । मगरकाे जत्राे तिघ्रा बाहुनकाे हुँदैन । किन बाहुनकाे तिघ्बारा मगरसँग भएन? भनेर प्रश्न गर्नु हुँदैन । बाहुनकाे जत्राे लामाे नाक मगरकाे हुँदैन । किन भएन भनेर भन्नू हुँदैन । मगर र बाहुनकाे आँखा फरक हुन्छ । मगरसँग भएको कुरा बाहुनसँग हुँदैन । बाहुनसँग भएको कुरा मगरसँग हुँदैन । मगरसँग जे विशेषता छ त्याे बाहुनसँग खाेज्न हुँदैन । याे आ आ-फ्नाे जातीय विशेषता हाे ।

भाषाकाे अवस्था पनि यहि हाे । खस भाषासँग त, थ, द, ध वर्ण(अक्षर) पनि छ र ट,ठ, ड, ढ अक्षर पनि छ । बाहुनकाे कानले “जटि खायाे टेटि मिठाे” भन्दा नमिठाे लाग्छ । अनि बाहुन मास्टरले मगरकाे जिब्राे बाक्लाे हुन्छ भनेर हाेच्याए । जिस्क्याए । जापानीज भाषामा “ल” वर्ण हुँदैन । त्यसैले जापानिजले “नेपाल” भन्दा “नेपारू” भन्छन् । नेपाल भन्न सकेन भनेर जिस्क्याउनु हुँदैन । बाहुनले मगरलाई खिसिटिउरि गरे झैं जापानिजले नेपाल भन्न जानेन भनेर खिसिटिउरि गर्नु हुँदैन । हाेच्याउनु हुँदैन ।

यसरी ट, ठ, ड, ढ वर्णहरू मात्रै उच्चारण गर्नेहरू मगर भएको प्रमाण हाे । यहाँ मैले अहिलेका खसभाषि मगरलाई भनेकाे हाेईन । जाे ४० कटेका छन् ती मगरलाई भनेेकाे हुँ । ४० माथिका मगरले त, थ, द, ध काे सट्टामा ट, ठ, ड, ढ, नै प्रयाेग गर्छ । यी उमेर समुहकाले त, थ, द, ध, उच्चारण ट, ठ, ड, ढ बिचकाे उच्चारणकाे भेद(फरक) नै थाहा पाउँदैनन् । यसमा हामीले गर्व गर्नुपर्छ ।

तसर्थ हामी गर्वका साथ भन्न सक्छौं पुन मगर नै हाे । मगरकाे मुख्य थर घर्ती, आले, पुन, थापा, राना, बुढाथोकी, बुढा आदि उपथरलाई नै जात बनाउन कस्सिनु मुर्खता हाे । यसमा विवाद गरेर काम छैन । विवादकाे कुनै तुक छैन । पुन मगर हाेईन भन्नू कुतर्क हाे । मुर्खता हाे । पागलपन हाे । बहुलठ्ठीपन हाे । लाेभिपापि स्वार्थि साेंच हाे । नेपाल मगर संघकाे संस्थापक अध्यक्ष हेम बहादुर पुन मगरनै थिए । स्वयं पुन शब्द मगरनै हाे । र पुन भित्रका उपथरहरू मगर भाषामै छ । जुन कुरा हामीले माथि उल्लेख गरिसकेका छाैं ।

7 0
Happy
Happy
63 %
Sad
Sad
0 %
Excited
Excited
38 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %