मेराे भिरकाेट ,म भुल्नै सक्दिन-कबिता

Read Time:5 Minute, 50 Second

पूर्ण बहादुर राना

फागुन १४, २०८०

मेराे भिरकाेट

मेराे भिरकाेट
म जन्मेकाे भिरकाेट
मैले जे गरेनि
म जहिले गएनि
मलाई सधैं पर्खिरहने
मेराे प्याराे भिरकाेट ।

जति चाेट दिएनि
जति खाेट लाएनि
मेराे प्राण दिएकाे
मेराे जीवन बनेकाे
मैले पहिलाे सास फेरेकाे
मेैले पहिलाे पाईला टेकेकाे
मेराे पहिलाे बाेलि फुटेकाे
मेराे राम्रो भिरकाेट ।

जब मेराे गाउँ
भिरकाेट जान्छु
मेरा गाउँलेले
मलाई साेध्न आतुर हुन्छन्
कहिले आईस बाबू
कहिले आयाे दाइ
कहिले आयाे भाइ
कहिले आयाे मामा
कहिले आयाे काका
अनि कहिले जाने?
भनेर साेधि हाल्छान् ।

मलाई
मेरा गाउँका
गाउँलेले मात्रै हाेईन साेध्ने
मेरा ईष्टनाताले मात्रै हाेईन
मेरा बाबाआमामाले मात्रै हाेईन
मेरा साथीभाइले मात्रै हाेईन साेध्ने
कहिले आईस भनेर ।

मलाई त
मेराे गाउँबाट देख्ने
चारैतिरका
ती भिरपाखा,
ती खाेलानाला
ती डाँडाकाँडा
बाेटबिरूवा
चराचुरुङ्गीले
जिवजनवार
र ती किराकमिलाले पनि साेध्छन्
कहिले आयाे तिमी भनेर?

मसँग
मेराे घर अगाडिकाे
पिपलकाे रूखले
बर्राकाे रूखले
साल र चिलाउने
अनि टाँकिकाे रूखले
बातचित गर्छन् ।

मसँग
मेराे घर अगाडिको
सिद्ध डाँडाले बातचित गर्छ
मसँग
राेमुङ र भिरकाेट डाँडाले
कुरा गर्छ

मसँग
रिसिङ, काहुँ, ग्वास्लुङ डाँडा
साेलुङ, नाजुङ, डुबुङ डाँडा
काफलडाँडा र दाङश्रीडाँडा
अर्चल्दी र भालडाँडाले
मलाई साेधपुछ गर्छ
ती पारिका
देउचुलि, बडाचुलि माईचुलिले
ती अन्नपूर्ण रेन्ज र माछापुच्छ्रेले
मसँग बात मार्छ
मेराे सञ्चाेबिसञ्चाे साेधिबस्छ ।
मेराे गति, दुरगति र प्रगति साेधि बस्छ ।
अनि भन्छ मलाई
प्रगति भए ठिक छ
नभए फर्किआउ
यहि आउ
केही गर भनी सम्झाउँछ ।

ती शहरले मलाई
प्रगति नभए
पैसा पद नकमाए
मलाई भाेकै मार्छ
तर
मेराे गाउँले मलाई
मैले ईज्जत मान प्रतिष्ठा
नाम दाम
पैसा पद केही नकमाएनि
मलाई बाँच्न दिन्छ कति दयालु छ मेराे गाउँ ।

त्यसैले त
म भिरकाेट छाेड्न मन लाग्दैन
त्यसैले त
एक दिनकाे लागि जाँदा
१२अाैं दिन बस्छु
महिनाैं दिन बस्न मन लाग्छ
शहर फर्किन मन लाग्दैन
भिरकाेटमै बसुँ बसुँ लाग्छ ।

ती थामबेसि, भेल्लाैरि,
ती खाल्टे बलिमराङ र सिसरा
ती नारानटार, बुलिङटार,
ती अर्खला, सिङ्ग्वा
ति मधुवन, रूपटार र पिपलटार
ती घुमाउरीघाट,डेडगाउँ र भार्तिपुरले
मेराे बालापन र याैवन अवस्था
मैले मकै बाेकेकाे
बालुवा बाेकेकाे
मैले खयर बाेकेकाे
सम्झाई दिन्छ ।

त्याे गण्डकीले
म पाैडि खेलेकाे
लास लगेकाे
गाडेकाे पाेलेकाे
जाल खेलेकाे
डुङ्गा तारेकाे
सम्झाई दिन्छ ।

ती सिरकाेट, पालिङ्टारले
ती साठिमुरि, बार्हबिसे र झटारेरेले
ती सपाङ्दि, राम्जाकाेट र ल्हुम्पेसले
ती चैनपुर र थप्रेकले
म जवान हुँदा
हाटबजार गएकाे
सरूवा र जाँडले मातेकाे
राेधि बसेकाे
भलिबल खेलेकाे
लाखे र काैरा
सालैज्याे नचरि नचाएकाे
राेपाई गरेकाे
धान झारेकाे
दाइ हालेकाे
पराल बाेकेकाे
सम्झाई दिन्छ ।

ती डिहुल, बाेर्दि र जाेलाखाेलाले
म राेपाँई गर्न गएको
माछा र गँगटा मार्न गएकाे
सम्झाई दिन्छ

ती खजरि बन र लामडाँडा र बेलाउति स्वराले
ती मन्नानि खाेला र धारदि खाेलाले
ती बेराैटा खाेला र मनादि खाेलाले
मलाई
गुर्बाे खाेजेकाे
निहुरे टिपेकाे
घाँसकाटेकाे
दाउरा तुल्याएकाे
गाेरू चराएकाे
सिस्नु टिपेकाे,
खरायाे र मृग मारेकाे
बल्छि खेलेकाे
ढुकुरकाे बचेरा निकालेकाे
सम्झाई दिन्छ ।

तर अरू ठाउँ र गाउँकाे डाँडाकाँडाले
भिरपाखाले
खाेलानालाले
मसँग यसरी गफै गर्दैन
बातचित मार्दैन
केही नभएर हाेला
केही सम्झाउँदैन ।

म जहाँ गएनि
म जता बसेनि
मैले ती डाँडा खाेला पाखालाई
चिनेकाे
४४ वर्षदेखि हाे
जन्मदेखि हाे
आमाकाे काेखमा बसेदेखि हाे ।

अनि म कसरी भुलुँला र खै?
चाहे विदेशै बसाैंला
चाहे विदेश डायसफाेरा हुम्ला
चाहे स्वदेशी डायसफाेरा हुम्ला
वा चाहे
काठमाडौं पाेखरा बसाैंला
वा चाहे
नारायणघाट दमाैलि बसाैंला
तर ती चिरपरचित
मेराे जीवन, सास र प्राण दिने
मलाई बाेल्न र हिंड्न सिकाउने ठाउँलाई
मैले कसरी भुलाैंला र!
ती ठाउँलाई
म भुल्नै सक्दिन
भुल्नै सक्दिन
भुल्नै सक्दिन ।

3 0
Happy
Happy
33 %
Sad
Sad
0 %
Excited
Excited
67 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %