राष्ट्रिय योजनाआयोगका उपाध्यक्ष नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल बैंकक प्रस्थान ।

Read Time:1 Minute, 11 Second

रोयल आचार्य ,
काठमाडौं, ८ फागुन । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधि मण्डल थाइल्याण्डको बैंकका प्रस्थान गरेको छ । एशिया प्यासिफिक फोरम अन सस्टेनेवल डेभलपमेन्ट कार्यक्रममा सहभागी हुन उपाध्यक्ष श्रेष्ठ नेतृत्वको टोली बैंकक प्रस्थान गरेको हो ।

उपाध्यक्ष श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलमा आयोगका सदस्य डा. रामकुमार फुयाल, सचिव डा. तोय नारायण ज्ञवाली, सहसचिव महेश भट्टराई लगायतको टोली रहेको छ । बैंकका स्थित संयुक्त राष्ट्र ससंघको सम्मेलन केन्द्रमा मंगलबारदेखि शुक्रबारसम्म (फ्रेवुअरी २० देखि २३सम्म) चल्ने कार्यक्रममा दीर्घकालिन सोचका लक्ष्यहरु १, २, १३, १६ र १७ को समीक्षा समेत हुँदैछ ।

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %