बाबा,आमालाई बच्चा जन्माउन सिकाउनु र जनमुक्तियनहरूलाई समानुपातिक, सहअस्तित्व तथा पहिचान बारे सिकाउनु उचित हैन।

Read Time:9 Minute, 21 Second

पूर्ण बहादुर राना

फागुन ७, २०८०

बाबाआमाले हामीलाई जन्म दिनु भएका हुन् । वहाँहरू धन्यवादका पात्र हुनुहुन्छ । वहाँहरूले हामीलाई याे संसार देखाई दिनु भएको हाे । याे गुण कुनै हालतमा बच्चाहरू वा हामीहरूले तिर्न सक्दैनाैं । वहाँहरू प्रति हामीहरू ऋणि छाैं । तर बाबाआमालाई छाेराछाेरि ठूलाे भएपछि चाहिनेनचाहिने अनावश्यक कुरा बाबाआमालाई सिकाउनु उचित हुँदैन् । बच्चा कसरी जन्माउँछ । कसरी हुर्काउँछ । कसरी बढाउँछ र पढाउँछ भन्ने कुरा छाेराछाेरिले सिकाउने उचित हुँदै हाेईन । वहाँहरू याे कुरामा भुक्तभोगी हुनुहुन्छ ।

यसरिनै राष्ट्रिय जनमुक्ति पार्टीका नेता कार्यकर्ताहरूलाई जातीय समानुपातिक प्रतिनिधित्व भनेकाे के हाे? संघीय सरकार भनेकाे के हाे? हक, अधिकार र कर्तव्य भनेकाे के हाे? राज्यसत्ता वा बहुजातीय राज्यसत्ता भनेकाे के हाे? धर्म निरपेक्षता भनेकाे के हाे? पहिचान भनेकाे के हाे? ६० वर्षमा वृद्धा भत्ता र राेजगार दिन नसकेसम्म बेरोजगार भत्ता दिने भनेकाे के हाे? बिचाैलिया, बेथिति, भ्रष्टाचारी र बलात्कारीलाई फाँसी दिनुपर्छ भनेकाे के हाे? बहुभाषिक विश्वविद्यालय भनेकाे के हाे? मातृ भाषामा उत्पादनमूलक शिक्षा, म्यान्युफ्याक्चरिङ शिक्षा र प्राविधिक शिक्षा भनेकाे के हाे? आदिवासीय ज्ञान र विभिन्न जातिकाे ज्ञानमा आधारित उद्योगधन्दा कलकारखाना र पर्यटन विकास भनेकाे के हाे? यसकाे बारेमा काङ्ग्रेस, एमाले, माओवादी र राप्रपाले जनमुक्तिलाई सिकाउन उचित छैन् ।

उपर्युक्तमा उल्लेखित कुरा काङ्ग्रेस, एमाले, माओवादी, राप्रपा र अन्य पार्टीले जनमुक्तिलाई सिकाउनु भनेकाे बाबाआमालाई छाेराछाेरिले बच्चा कसरी जन्माउने र हुर्काउने भनेर सिकाए जस्तै हाे । ईन्द्रकाे अगाडि स्वर्गकाे बयान जस्तै हाे । त्यसैले राष्ट्रिय जनमुक्ति पार्टी राष्ट्रिय वा जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व हुनुपर्छ भन्ने विश्वविद्यालय हाे । सबै जाति, भाषा, धर्म, सँस्कार सँस्कृतिकाे सहअस्तित्वकाे ब्रेनस्ट्राेमिङ हुने विश्वविद्यालय हाे । पहिचानकाे अध्ययनअध्यापन हुने विश्वविद्यालय हाे ।

बुझेर जनमुक्ति पार्टीमा लाग्नेहरूकाे सपना छ सबै जातिले राज्यसत्ता र राज्यको हरेक निकायमा समानुपातिक हिस्साले प्रतिनिधित्व पाएकाे देख्न र भाेग्न ।

जनमुक्तिहरूसँग एउटा सपना छ(We Janamuktian have a dream) पक्कै एक दिन यी कुरा लागू हुनेछन्( Surely one day these things will be implemented);

(१) जनमुक्तिहरूसँग सपना छ । न्याय बिना शान्ति हुँदैन । शान्ति बिना विकास हुँदैन । विकास बिना देश समृद्ध हुँदैन । समृद्ध बिना जनता सुखि र खुसि हुँदैन ।

२०७८ काे जनगणना अनुसार १४२ जाति र १२४ भाषा छन् । यी जाति र भाषाले न्याय पाउनु पर्छ । १४२ जातिले राजनीतिक न्याय पाउनु पर्छ । धार्मिक न्याय पाउनु पर्छ । साँस्कृतिक न्याय पाउनु पर्छ । भाषिक न्याय पाउनु पर्छ । आर्थिक न्याय पाउनुपर्छ । लैङगिक न्याय पाउनुपर्छ । समृद्धकाे न्याय पाउनु पर्छ । राज्यको हरेक निकाय र तहमा न्याय पाउनुपर्छ । राज्यसत्तामा न्याय पाउनुपर्छ । प्रशासनमा न्याय पाउनुपर्छ । शासनमा न्याय पाउनुपर्छ ।

(२) जनमुक्तिहरूसँग एउटा सपना छ याे देशकाे झा,यादव, रावत, गुप्ता, महताे, ठाकुर, मधेसी तथा मुस्लिमकाे छाेरा/छाेरि राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रधानसेनापति, आईजिपि मुख्यसचिव, राजदुत भएको देख्न ।

(३) जनमुक्तिहरूसँग सपना छ याे देशका दमै, सार्की, कामी र दलितकाे छाेरा/छाेरि राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रधानसेनापति, आईजिपि मुख्यसचिव, राजदुत, सिडिओ भएको देख्न ।

(४) जनमुक्तिहरूसँग एउटा सपना छ याे देशकाे क्षेत्रि, बाहुन, दशनामी, गिरि, पुरी, रानाभाट खसआर्यकाे छाेरा/छाेरि राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रधानसेनापति, आईजिपि मुख्यसचिव, राजदुत, सिडिओ भएको देख्न ।

(५) जनमुक्तिहरूसँग एउटा सपना छ याे देशकाे थारू, नेवार, तामाङ, शेर्पा, गुरूङ, मगर, थकाली, राई, लिम्बू, बाेटे, कुमाल, दरै, बराम र आदिवासिकाे छाेरा/छाेरि राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रधानसेनापति, आईजिपि मुख्यसचिव, राजदुत सिडिओ भएको देख्न ।

(६) जनमुक्तिहरूसँग एउटा सपना छ याे देशकाे थारू भाषामा, नेवार भाषामा, तामाङ भाषामा, शेर्पा भाषामा, गुरूङ भाषामा , मगर भाषामा, थकाली भाषामा, राई भाषामा लिम्बू भाषामा, बाेटे भाषामा, कुमाल भाषामा, दरै भाषामा बराम भाषामा, भाेजपुरि भाषामा, मैथलि र अवधि भाषामा, आदिवासि र मुस्लिम भाषामा कक्षा नर्सरी देखि मास्टर्स र पिएचडि लेभलसम्म अध्यअध्यापन भएकाे हेर्न मन छ । यी मातृ भाषाहरूले, सञ्चार माध्यममा, छापा मिडियामा, ईलाेक्ट्रेनिक्स मिडियामा, सामाजिक सञ्जालमा, सरकारी कामकाजिकाे भाषामा विकास भई व्यावहारिक कार्यान्वयन भएको हेर्न मन छ ।

(७) जनमुक्तिहरूसँग एउटा सपना छ याे देशकाे थारू, नेवार, तामाङ, शेर्पा, गुरूङ, मगर, थकाली, राई, लिम्बू, बाेटे, कुमाल, दरै, बराम र आदिवासिकाे सँस्कार सँस्कृति, ज्ञान सीप र दलित खस आर्यकाे ज्ञान सीप सँस्कार सँस्कृति राष्ट्रियकरण र अन्तर्राष्ट्रियकरण भएको देख्न तिब्र ईच्छा र अभिलाषा छ ।

(८) जनमुक्तिहरूसँग एउटा सपना छ याे देशमा बहुजातीय सरकार स्थापना भएको, भ्रष्टाचार हाेईन सदाचार र ईमानदार भएको, सबैखाले जातीय एकाधिकारवाद र विभेद अन्त्य भएकाे, जिम्मेवार र जवाफदेही नागरिक भएको, धनी र गरिब तथा शिक्षित र अशिक्षित बिच विभेद नभएको, बेथिति हाेईन थिति भएको, कानूनकाे शासन भएको, संविधानमै सम्पत्तिकाे हदबन्दी भएकाे तथा काेहि नेपाली नागरिक सम्पत्ति बिहिन नभएको, माैलिक अधिकार कार्यान्वयन भएको, बेरोजगार अन्त्य भई समृद्ध नेपाल भएकाे हेर्न तिब्र ईच्छा र अभिलाषा छ ।

(९) जनमुक्तिहरूसँग एउटा सपना छ याे देशकाे प्राकृतिक श्राेत साधन खानि, पानी, जवानी, जडिबुटी, मानव श्राेत साधनकाे उचित परि चालन भएको देख्न तिब्र ईच्छा र अभिलाषा छ ।

(१०) जनमुक्तिहरूसँग एउटा सपना छ याे देशमै राष्ट्रियस्तर र अन्तर्राष्ट्रियस्तरका माग अनुसारको कलकारखाना, उद्योगधन्दा सञ्चालन भएको देख्न तिब्र ईच्छा र अभिलाषा छ ।

त्यसाे भएकाेले आउनुहाेस सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरू राष्ट्रिय जनमुक्ति पार्टीमा गाेलबन्द हाेअाैं ।

4 0
Happy
Happy
80 %
Sad
Sad
0 %
Excited
Excited
20 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %