नेपाल मगर भुतपुर्व सैनिक तथा प्रहरी संघकाे प्रेस बिज्ञप्ति (पुर्ण पाठ सहित)।

Read Time:9 Minute, 27 Second

फागुन २, २०८०

राज्यसत्ता संंवाददाता,

नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरी संघ केन्द्रीय समितिद्वरा जारी प्रेसविज्ञप्ति

प्रेस प्रेसविज्ञप्तिको पुर्ण पाठ ।

नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरी संघ नामक संस्था, संस्था दर्ता ऐन २०३४ को दफा (४) बमोजिम नेपाल सरकार, गृह मन्त्रालय अन्तर्गत जिल्ला प्रशासन कार्यालय काठमाडौँमा मिति २०७३/०५/२१ गते दर्ता भएको हो । यस गैरनाफामुलक संस्थाको दर्ता नं. १५४ रहेको छ ।


छोटो पृष्टभूमि,
नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरीहरूले मगरहरूको मात्रै अगुवाइ गरेनन्, नेपाल राष्ट्रका लागि बलिदान दिँदै आएको इतिहास साक्षी छ । नेपालको इतिहासमा सुनौलो अक्षरमा वीर पुरुषको नाम प्राप्त गरेका नेपालका प्रथम शहिद क्या. लखन थापा मगरको नाम सुन्दा नै गर्वको अनुभूति हुन्छ । क्या. यज्ञबहादुर थापामगर, क्या. बहादुरसिंह बरालमगर, मित्रसेन थापामगरलगायतका मगर भूपू सैनिकहरूका बारेमा सबैलाई अवगत नै छ । नेपाल मगर संघकै सवालमा प्रहरी इन्सपेक्टर हेमबहादुर पुनमगर नेपाल मगर संघका संस्थापक अध्यक्ष, बेलायती पूर्व सैनिक सार्जन्ट कविराज पुन मगर दोस्रो अध्यक्ष, बेलायती पूर्व सैनिक लेप्टिनेन्ट मानध्वज रानामगर तेस्रो र बेलायती सैनिक क्याप्टेन यामबहादुर बुढाथोकी मगर पूर्व सैनिकबाट चौथो अध्यक्ष हुन् । आफ्नो समाजप्रतिको असिम मायाले गर्दा परदेशी भूमि अमेरिका, बेलायत, हङकङ, मकाउ, क्यानडामा बेलायती पूर्व सैनिकहरू क्रमशः महेन्द्र थापा मगर, थर्क राना मगर, हुमबहादुर थापा मगर, विजय हितान मगर, भोलानाथ मगर, दानबहादुर घर्तीमगर, सुरुङ्गी साइँलालगायतकाहरूलाई त्यसै मगर संघ चाहिएको हो र ? मगरहरूको केन्द्र, जिल्ला, गुठी र इकाइहरूको भवन बनाउन भूपू सैनिक र प्रहरीहरूसँग के पैसा धेरै भएर हो र ? नेपालमा बसेर मगर संघ हङकङ र मगर संघ युकेको भवनमा एक हजार पाउण्ड तिरेर सहयोग गरिएको के पैसा धेरै भएरै हो र ? मगर संघ हङकङका पूर्व अध्यक्षद्वय हुमबहादुर थापामगर र स्व. ले. एकबहादुर रानामगरको नेतृत्वमा नेपालमा नेपाल मगर संघको भवन, नहुँदा भवन निर्माणका लागि हङकङबाट सबैभन्दा धेरै आर्थिक रकम रु. १९ लाख सङ्कलन गर्नु भनेको के पैसा धेरै भएरै हो र ? सहयोगीदाता मगरहरूको नाम लेख्न बारम्बार अनुरोध गर्दा पनि हालसम्म नाम नलेखिएको कारण के होला ? हुँदाहुँदा अहिले त नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरी संध, केन्द्रीय समितिको नियमित बैठकका लागि सम्बन्धित निकायमा पत्राचार गर्दासमेत हाम्रै लगानीमा बनेको भवनमा बैठक बस्न नपाइने, नदिने, को हुन् ज्ञानेन्द्र पुन ? को हौँ हामी मगर भूपू सैनिक तथा प्रहरीहरू ? चितवन जिल्ला मगर संघका अध्यक्ष ठाकुर आले मगर को हुन् ? नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरी संघ मगरहरूको संस्था होइन भने ज्ञानेन्द्र पुन र ठाकुर आले मगरले यस संस्थालाई मगरहरूको संस्था होइन भन्न सक्नुपर्‍यो । नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरी संघ नेपाल मगर संघको विधान सम्मत जाँदा र कुरा उठाउँदा विधानविपरीतका निर्णय र कार्य किन गरियो ? नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरी संघ गलत कुराको कदापि साक्षी बस्न तयार छैन ।


यस कारणले ज्ञानेन्द्र पुन अवैधानिक अध्यक्ष

नेपाल मगर संघ केन्द्रीय समितिको १२ औँ राष्ट्रिय महाधिवेशन २०७८ चैत्र २५ देखि २७ गतेसम्म दाङ जिल्लाको घोराहीमा भएको महाधिवेशनमा नेपाल मगर संघको विधान– २०४९ पच्छिेद– ४ धारा १२ ख (१) संघको केन्द्रीय समितिमा अभिलेखित रही कार्य गर्दै आएका प्रत्येक नगर/गाउँ समितिबाट कम्तिमा एकजना प्रतिनिधि रहने गरी सिफारिस भई आएका प्रतिनिधिहरूलाई १२ औँ राष्ट्रिय महाधिवेशनबाट बञ्चित गराइयो । साथै, पच्छिेद– ५ धारा १७ उपधारा १८ को अधिकाङ्श धाराहरूलाई प्रभाव पारी आफूअनुकूल राखी संघको केन्द्रीय समितिमा नेपाल मगर संघको विधानविपरीत सामाजिक संस्थामा राजनीतिक प्रभाव र दवावमा भागबण्डा गरी नेपाल मगर संघ केन्द्रीय समितिका अवैधानिक अध्यक्ष बनेका हुन् ज्ञानेन्द्र पुन । लाखौँ मगरहरू र नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरीहरूको छलफल, बहस र भेटघाट गर्ने मौलिक हकअधिकारमाथि कुठाराघात गर्दै एकल अधिनायकवाद लादी मगर समाजभित्र बबण्डर, विखण्डन र उट्पट्याङका कार्य गर्दै आइरहेकाले अब आयिन्दा यस्ता कार्य गर्ने छैन भनी माफी नमागेसम्म नेपाल मगर संघलाई नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरी संघ केन्द्रीय समितिको मातहतमा रहेका सम्पूर्ण प्रदेश, जिल्ला, नगर र गाउँ समितिहरूले कुनै प्रकारको सहयोग नगर्न, नगराउनुहुन भनी मिति २०८०/१०/२२ गतेका दिन चितवन जिल्लास्थित नेपाल मगर बौद्ध समाजको कार्यालयमा बसेको नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरी संघ केन्द्रीय समितिको पूर्ण बैठकले कठोरतापूर्वक निर्णय गरेकाले सो निर्णयलाई कार्यान्वयन गर्न, गराउनुहुन यसै प्रेस विज्ञप्तिमार्फत विशेष अनुरोध गरिन्छ ।

नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरी संघ केन्द्रीय समितिको बैठकका लागि बाग्मती प्रदेश, नेपाल मगर संघ, चितवन जिल्ला समन्वय समितिको मगर भवनमा बैठक बस्नका लागि मिति २०८०/१०/१९ का दिन नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरी संघ केन्द्रीय समितिका महासचिव क्या. भीम बहादुर रानामगरज्यूले नेपाल मगर संघ, चितवन जिल्ला समन्वय समितिका अध्यक्ष अवकाश प्राप्त प्रहरी सही ठाकुरसिंह आले मगरज्यूलाई पत्रचार गर्दा अध्यक्ष आले मगरज्यूले नेपाल मगर संघ केन्द्रीय समितिका अध्यक्ष ज्ञानेन्द्र पुनबाट नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरी संघलाई कुनै पनि हालतमा कुनै पनि ठाउँमा हल नदिनू भन्ने ठाडो आदेश आएकाले म हल उपलब्ध गराउन सक्दिनँ भनेको हुँदा नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरी संघको विरुद्धमा आदेश दिने ज्ञानेन्द्र पुन र आदेश शिरोपर गर्ने नेपाल मगर संघ चितवन जिल्लाका अध्यक्ष ठाकुरसिंह आलेमगरप्रति हाम्रो संघको गम्भीर ध्यानाकर्षण भएको छ । साथै, यस कार्यको गम्भीर विश्लेषण गरी नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरी संघ निजहरूप्रति घोर भर्त्सना गर्दै खेद पनि प्रकट गर्दछ । ‘धन्यवाद’
जय नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरी संघ !

क्या. भीमबहादुर रानामगर हुमबहादुर थापामगर
महासचिव अध्यक्ष

3 0
Happy
Happy
50 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
50 %
Surprise
Surprise
0 %