देश विकास र अर्थतन्त्र सुधार्ने भए, अब यसाे गराैं।

Read Time:17 Minute, 59 Second

पूूर्ण बहादुर राना

१) बेसाएर नखाअाैं

मेराे घर रिसिङ गाउँपालिका वडा नं. ४ तनहुँमा पर्छ । तनहुँ, कास्की, स्याङ्जाबाट नुन, चामल लत्ताकपडा किन्न सुरूमा ठाेरि,साेहपुर, बटाैलि पुग्नु पर्थ्याे । पछि सडक विस्तार भएपछि नारायणगढ नुन मसलाहरू आइपुग्याे । त्यसपछि दमाैलि आईपुग्याे । र अहिले घरगाउँमै नुन, चामल, दाल सबै पुग्छ । मेरा आमा र मामाहरूलाई बाजेले नारायणगढबाट नुन, मसला र मकै बेसाएर खाएको सम्झाउनु हुन्थ्यो । बेसाएर खानु भनेकै किनेर खानु हाे । आयात गर्नु हाे ।

कहिलेकाहीँ मलाई काम गर्न अल्छी लाग्दा म काम गर्न जान्न भन्थें । घाँस काट्न जान्न भन्दा आमाले काम गर्नुपर्छ बाबू । तेराे बाउकाे मुख मैले हेरेर र मेराे मुख तेराे बाउले हेरेर तेराे मुख हामीले हेरेर अघाउँदैन । ढुङ्गामाटाे खाएर भएन अन्न खानुपर्छ । अन्नकाे लागि मल चाहिन्छ । मलकाे लागिगाईगाेरू भैंसी बाख्रा पाल्नै पर्याे । पालेपछि झरिचुँडाे नभनि घाँस काट्नै पर्याे । तैंले काम गरेकाे तेराे पेटकाे लागि हाे । मैले गरेकाे मेराे पेटकाे लागि हाे । काम गरेन भनेअन्न बेसाएर(किनेर) खानुपर्छ । बेसाएर खान हुन्न । सकेसम्म नयाँ पुरानाे गरेर खान पायाे भने त्याे भन्दा ठूलाे केही हाेईन । मत म भन्दा जेठाे चामल बेसाएर खान चाहान्न भनेर मेरी आमाले भन्नू हुन्थ्यो । बरू गाेबर घसेटा गर्छु । आँटाे ढेंडाे खान्छु भन्नुहुन्थ्यो । पहिला आफुहरू बच्चाहुँदा अनिकालले सताएर ठूलाे कराईमा एक माना पिठाे हालेर जलुका वा फाक्स्या मिसाएर उमालेर १०/ १२ जनाले बाँडेर खाएकाे सम्झाउनु हुन्थ्यो मलाई ।

मेराे बारिमा मकै छर्न पाँच हल गाेरू लाग्छ । आमाकाे जाेडबलमा २ हल बिराैटामा खाेरिया लिएका थियाैं । अहिले त्याे खाेरिया बारि भएकाे छ । आमा र बाबाकाे स्वास्थ्य ठिक हुँदा तल बिराैटादेखि माथि झाँक्री पहारसम्म मकै, मस्याम, घैया, काेदाे र पिँडालु लगाउँथ्याैं । घरकाे कर्स माथि जाेत्न नमिल्ने ठाउँमा खनेर बेसार र अदुवा लगाउनु हुन्थ्यो । अहिलेसम्म त्यहि बेसार हामीले खाईरहेका छाैं । हामिले अन्न कहिले बेसाएर पनि खाएनाैं ।

मेरी आमाले अउल वा बेसिमा मात्रै मास हुन्छ भन्ने भाष्य मेटाएर गाउँकाे डाँडाकाँडामा पनि मास हुन्छ भनेर भाष्य खडा गरिदिनु भयाे । मेराे गाउँ भिरकाेटमा पहिलाे चाेटि मास छर्न सुरू गर्ने पनि मेरि आमा नै हुनुहुन्छ । मासकाे दाल खान असाध्यै मिठाे मान्छन् तनहुँ बासिले ।

वास्तवमा भन्ने हाे भने मेरा बाबा आमालाई बसिबसि खान पुग्छ । वहाँहरूकाे मासिक ईण्डियन आर्मिकाे पेन्सन र बृद्धा भत्ता गर्दा ५०/६० हजार भन्दा बढि पेन्सन पाउनु हुन्छ । वहाँहरूले विदेशबाट पैसा भित्र्याएर दिएर समाज र देशलाई टेवा पुर्याई दिएकाे छ । र खेतबारीमा काम गरेर सबै जिवजनवार, किराकमिला, चराचुरुङ्गी र पर्यावरणकाे सन्तुलन गरिदिनु भएको छ ।

मेरा बाबा र आमाकाे स्वास्थ्य खराब छ । उमेर र राेगकाे कारणले मेराे बाबा काम गर्न सक्नुहुन्न । अहिले बाबा ७९ वर्षकाे हुनुहुन्छ भने आमा ७२ वर्षकाे हुनुभयाे । आमाले अहिलेसम्म २ हलकाे बारिमा खेतीपाती गर्नुहुन्छ । मेरा आमाबाबाले हामीलाई पाल्नुभयाे । वहाँहरूले खेतीपाती गरेर हामीलाई मात्रै हाेईन चरा मुसा, कुकुर, कमिला पाल्नु भयाे । कुखुरा पालेर स्याल, न्याउरीमुसा, मलसाँप्राे र जङ्गलकाठे(चील) काग पाल्नु भयाे । अझै पालिरहनु भएकै छ । याे हाे असलि राष्ट्रवाद । याे हाे असलि राष्ट्रभक्त । याे हाे असलि राष्ट्रप्रेम । याे हाे व्यावहारिक राष्ट्रभक्त, राष्ट्रवाद र राष्ट्रप्रेम ।

यसरी अधिकांश मेरा बाबाआमाकाे उमेरका मेराे गाउँ र नेपालका अरू बाबाआमाहरूले यसरि नै काम गर्नुहुन्छ । यसाे हेर्दा व्यावहारिक र असलि राष्ट्रभक्त, राष्ट्रप्रेम र राष्ट्रवाद ६० कटेका हाम्रा वृद्ध बाबाआमाहरूसँग बढि देख्छु । ६० मुनिकाहरू स्वार्थि देख्छु । अमेरिका र अन्य कुनै देशले महिनाकाे ४ लाख दिन्छु । चुनाव लड्न दिन्छु आउ भने सबै जान्छन् ।

उहिले मेरी आमाले बेसाएर खान हुन्न भन्ने कुराे अब नेपाल सरकार र जनताले बुझ्नुपर्छ । हुन त नपढेकि मेरी आमा कुनै ठूलाे अर्थशास्त्री हाेईनन् । कुनै अर्थविद् पनि हाेईनन् । तर वहाँकाे विचार कुनै अर्थविद भन्दा कम छैन । मेरी आमाकाे भाषामा व्यक्ति परिवार परनिर्भर हाेईन आत्म निर्भर हुनुपर्छ भन्ने चिन्तन हाे । स्वभावैले व्यक्ति परिवार आत्मनिर्भर भए स्वतह देश आत्मनिर्भर हुन्छ । जाेश जाँगरकाे चिन्तनले ओतप्रोत युवालाई विदेश पठाउने खेतबारी बाँझाे राख्ने अनि चामल र तरकारी विदेशबाट बेसाएर खाएर हुँदैन । विदेशमा कमाएकाे पैसा खाद्यान्न किनेर खाँदा पैसा सबै विदेश गयाे । नेपालमा केवल ट्वाईलेटकाे सेफ्टि ट्याङ्कीमा दिशा र पिसाब मात्रै बचत हुने भयाे । त्यसैले सरकारले गम्भीर भएर साेंच्नुपर्छ ।

२) बाँझाे खेतबारि जाेत्ने, उक्ल्याउने र छर्ने काम सरकारले अनिवार्य गरिदिनुपर्छ

सर्वप्रथम नेपाल सरकारले नेपाली जनतालाई नेपालमै उत्पादन गरेकाे अन्नपातले खान पुर्याउनु पहिलो कर्तव्य हाे । किनकि भाेकाे पेटले काम गर्न सक्दैन । पहिला खाना पुर्याउँ उद्योगधन्दा कलकारखान पनि खाेल्नुपर्छ । खाेल्दै गराैंला । खाद्यान्न नबेसाउनकाे लागि सरकारले खेतबारीकाे बाँझाे जाेत्ने काम, मल उक्ल्याउने काम र छर्ने काम गरिदिनु पर्छ । तीन पटक सरकारकाे पैसाले खेतबारी जाेतिदिनु पर्छ । सरकारले खेतबारी बाँझाे राख्न दिनेनै हाेईन । सरकारले कृषकलाई उन्नत मलबिउ बिजन र किटनाशक अाैषधि तथा तालिमकाे व्यवस्था गरिदिनु पर्छ । यति गरेपछि किसानले गाेडमेल र अन्न स्याहार्ने काम गर्नुपर्छ । यी सबै कुराकाे व्यवस्थापन गर्दा पनि खेतबारी बाँझाे राख्ने जनतालाई कडा कारबाही गर्नुपर्छ ।

३) व्यावसायि र उद्योग धन्दा सञ्चालन गर्नेलाई ५% व्याजमा ऋण प्रवाह गरि दिनु पर्छ

कुनै पनि व्यावसाय गर्ने व्यक्तिकाे जग्गा जहाँसुकै(गाउँपालिका, नगरपालिका, उप/महानगरपालिका)काे हाेस् ऋण दिने व्यवस्था सरकारले अविलम्ब गर्नुपर्छ । जग्गाजमिन राख्नु भनेकाे ईमानदार बनाेस भन्नकाे लागि हाे । सरकारले ऋणीकाे ज्ञान, सीप, क्षमता, दक्षता र अनुभवकाे आधारमा उसकाे गच्छे अनुसार ऋण प्रवाह गरिदिनुपर्छ । सरकारले ऋण दिंदा दुईपटकसम्म ऋण दिने व्यवस्था गर्नुपर्छ । ऋण नतिर्ने बैमानीलाई उसकाे तीन पुस्तासम्मलाई सरकारी सेवासुविधा, सरकारी जागिर र राजनीतिमा आउन राेक्नुपर्छ ।

व्यावसायिलाई ५% व्याजदरमा ऋण प्रवाह गर्नुपर्छ । किनकि किराना पसलमा फाईदा दुई प्रतिशत(२%) देखि १०% हुन्छ । भने हाेटल व्यावसायमा २२% देखि ३०% सम्म मुनाफा हुन्छ । यहि मुनाफाले चर्काे भाडा, स्टाफलाई तलबभत्ता र बैंकको किस्ताकाे व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

४) वैज्ञानिक घर भाडा र जग्गालाई लिजमा दिने व्यवस्था गर्नुपर्छ

घर भाडा र जग्गाजमिनकाे भाडादर वैज्ञानिक तरिकाले व्यवस्थापन गर्नुपर्छ । जग्गाजमिनकाे मूल्य सरकारले निर्धारण गर्नुपर्छ । जग्गा दलालीलाई जग्गाजमिनकाे मुल्य निर्धारण गर्न दिने हाेईन । घरभाडा ताेक्दा भाेट घट्छ कि भनेर भाडा ताेक्न सरकार हच्किने हाेइन । जुन व्यावसाय जहाँ पायाे त्यहिं खाेल्न दिने पनि हाेईन । विभिन्न व्यावसायलाई विभित्र ठाउँ निर्णारण गरिदिनुपर्छ । पाईलै पिच्छे, घरै पिच्छे, सटरै पिच्छे उस्ताउस्तै व्यापार नत उसकाे चल्ने नत यसकाे चल्ने । व्यापार कसैकाे ना कसैकाे हुने अवस्था छ ।

५) प्रमुख पद नियुक्ति मेरिटकाे आधारमा गराैं

राष्ट्र बैंकको गभर्नर नियुुक्ति, विश्वविद्यालयका भिसि नियुक्ति, जिल्ला प्रमुख सिडियाे नियुक्ति, प्रहरी आईजिपि, आर्मि चिफ, प्रधानन्यायधिस र अन्य न्यायाधीश, लाेकसेवा आयाेगकाे प्रमुख, मुख्य सचिव, निगम र प्राधिकरणका निर्देशक नियुक्ति, राजदुत नियुक्त प्रक्रिया पार्टीको झाेले भएको आधारमा गर्ने हाेईन उसकाे क्षमता, याेग्यता, कार्यकुशलता, ईमानदारीता र कर्तव्यनिष्ठताकाे आधारमा गरिनु पर्दछ ।

६) भाेट घट्छ भन्ने चिन्ता नगराैं

बाटाे फराकिलो पार्दा मेराे पार्टीको कार्यकर्ताकाे बारि जान्छ । बाटाे फराकिलो पार्दा मेराे पार्टीको कार्यकर्ताकाे घर जान्छ । बाटाे फराकिलो पार्दा मेराे पार्टीको कार्यकर्ताकाे बाेटबिरूवा रूख जान्छ । अनि मेराे भाेट घट्छ भन्ने कुराजनीतिक बिचारबाट पार्टी नेताहरू मुक्त हुनुपर्छ ।

राजनीति गर्नेले आफ्नो पार्टीको र आर्काकाे पार्टी जनता भनेर छुट्याउने व्यावहार खराब छ । तीन कराेड जनतालाई नै आफ्नो जनता ठान्नु पर्छ । कुनै पनि सहि सरकारि याेजनामा साथ नदिने जुनसुकै पार्टीका जनता हाेउन तिनलाई कडा कारबाही गर्नुपर्छ ।

जुनसुकै सरकारी कार्यालयमा अस्थायी काेटा र करार नियुक्ति पूर्ण रूपमा बन्द गर्नुपर्छ । अस्थायी र करार नियुक्ति गरेर पार्टीले जित्दा समग्र देश र जनताले हारेकाे हारे छ । त्यसैले सरकारले राष्ट्रिय याेजना मुताबिक सडक विस्तार गर्दा, निकुञ्ज तथा आरक्षण विस्तार सुदृढ गर्दा जनतालाई न्यायिक र मनासिब मुअब्जा दिएर अधिग्रहण गर्नुपर्छ । मुअब्जा दिंदा पनि नमान्ने जनतालाई कडा कारबाही गर्नुपर्छ ।

७) आदिवासीय र विभिन्न जातिको ज्ञान र सँस्कृतिलाई विश्वविद्यालय तहमा अध्ययन अध्यापन गराैं

नेवार समुदायसँग वास्तुकला, माटाकाे भाँडा बनाउने सीप, खानाका प्रकारबनाउने कला, छ । दलित समुदायसँग फलामकाे हँसिया, कुटाे, काेदालाे, बञ्चराे, बन्दुक, खुकुरी, झाँताे बनाउने सीप छ । अझ दलित जातिसँग खैंजडि,मादल, सारङ्गि, दमाहा, गहना, साहाना, बनाउने कला छ । आग्रि भन्ने दलित समुदायसँग सुरूङ खन्ने ज्ञान छ । उनिहरूले सुरूङ खनेर पानी सिंचाइ गर्ने सीप र कला छ । आदिवासी समुदाय मगर, तामाङ, थारू, गुरूङ, राई लिम्बू , दराई, कुमाल, बाेटे, थकालि, शेर्पा आदिसँग हलाे, डाेकाे, नाम्लाे, छत्रि, घुम, स्याखु, खुर्पटे, ढिंकि, तेल पेल्ने काेल बनाउने सीप छ । उनिहरूसँग घरबुनाकाे कपडा बुन्ने सीप छ । उनिहरूसँग विभिन्न खानाका प्रकार बनाउने सीप छ । उनिहरूसँग विभिन्न जडिबुटीबाट अाैषधि बनाउने ज्ञान छ । ती सबैलाई विद्यालय र विश्वविद्यालय तहसम्म अध्ययन अध्यापन गराउनुपर्छ ।

आदिवासीय ज्ञान जस्तै हलाे, ढिंकि, झाँताे, काेल सबै वातावरण मैत्रि छ । घरगाउँकाे हलाेलाई पेट्राेल, डिजेल र विद्युत चाँहिदैन । गाेरू, राँगबाट जाेत्न सकिन्छ । गाेरू, राँगालाई घाँस खुवाए हुन्छ । घाँस नेपालमै पाईन्छ । यसरिनै ढिकि, झाँताे, काेललाई पनि पेट्रोल, डिजेल, विद्युत आवश्यक छैन । सबै मानव आफैले गर्न सक्छ । मान्छे आफैले ढिंकि, झाँताे, काेल चलाउँदा एक्सर्साइज भएर सुगर, प्रेशर जस्ताे राेग पनि लाग्दैन ।

८) श्राेत साधनकाे सहि परिचालन गराैं र पर्यटन विकास गराैं

प्राकृतिक श्राेत, बनबाट पाउने श्राेत, बन्यजन्तु र पशुपंक्षिबाट पाउने श्राेत, जलश्राेत, जडिबुटी र खनिज श्राेतकाे सहि उत्तखनन र परिचालन गराैं । सहि सदुपयाेग गराैं । प्राकृतिक पर्यटन, साँस्कृतिक पर्यटन, जैविक पर्यटन, जडिबुटी पर्यटन, फ्लाेरा र फउन्ना(जिवजनवार र पशुपंक्षि) पर्यटन, धार्मिक पर्यटनकाे विकास गराैं ।

९) मेराे चिनेकाे ठूलाे मान्छे छ र मैले भनसुन गर्नसक्छु भन्ने चिन्तन र व्यावहार हटाअाैं

मेराे माथिमाथि सम्म चिनजान छ । पहुँच छ । लिङ्क छ भन्ने स्वार्थि चिन्तन हटाअाैं । कानुनी शासन(Rule of Law) लागू गराैं । जस्तै ट्राफिक नियम मिच्दा उसकाे मानिस डिएसपी वा डिआईजि छ भने कारबाही नहुने हुन्छ । याे कानुनी शासनकाे धज्जि उडाएकाे हाे । कानुनकाे शासनमा ठूलाे मान्छे सानाे मान्छे भन्ने हुँदैन । कानुन सबैकाे लागि समान छ । ट्राफिक नियम मिचेपछि सर्वसाधारण हाेस कि राष्ट्रपति वा प्रधानमन्त्री हाेस सबैलाई कानुन अनुसार कारबाही हुनैपर्छ । अहिले कतिपय युवाहरू ठूलाे पार्टी काङ्ग्रेस, एमाले र माओवादीमा लागे मुद्दा मामिला सहयाेग गर्छ । र मान्छे नै मारे पनि जेल बस्नु पर्दैन भन्ने भाष्य छ । अनि ठूलाे पार्टीमा लागे बाटाेघाटाेकाे लागि वा अन्य विकास निर्माणमा बजेट पाउँछ भन्ने भाष्य छ । याे भाष्य हटाउनु पर्छ । अब विकास निर्माणमा बाेल्न सक्ने र नसक्ने हाेईन आवश्यकता र बढि खाँचाेकाे आधारमा बजेट बिनियाेजन गर्नुपर्छ । आफ्नो र आर्काकाे भावना तथा पक्षपाती र पुर्वाग्रह दृष्टिकोण त्याग्नुपर्छ । सबैलाई समान साेंच्नुपर्छ ।

3 0
Happy
Happy
67 %
Sad
Sad
0 %
Excited
Excited
33 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %