
‘लाहुरेको रेलीमै’का लेखक , साहित्यकार बिजय हितान सम्मानित।
गायत्री राना मगर
पुस १३, २०८०
काठमाण्डौ – मित्रसेन थापा को १२९ औ जन्मजयन्ती नेपाल प्रज्ञा प्रतिस्ठान र मास्टर मित्रसेन स्मृति प्रतिस्ठान को सहकार्यमा प्रज्ञा प्रतिस्ठान को देबकोटा हलमा कुलपति भुपाल राई ज्युको आतिथ्य र मित्रसेन प्रतिस्ठान का अध्यक्ष गौबहादुर आले ज्यु को सभापतित्वमा एक दिवसीय साहित्य गोष्ठी सम्पन्न भयो। कुलपति ज्युले पानसमा दिप प्रज्वलन गरि उद्घाटन गर्नु भयो प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धन प्रसाद सुवेदी ज्युले स्वागत मन्तव्यमा दिनु भएको थियो ।

“नेपाली भाषा साहित्य र संगीतको विकासमा मास्टर मित्रसेन थापाको योगदान” विषयमा साहित्यकार विजय हितान ज्युले कार्य पत्र प्रस्तुत गर्नु भएको थियो । संरक्षक एवं सल्लाहकार श्री त्रिलोक सिंह थापा मगरले कार्यक्रमको औचित्यता माथी प्रकाश पार्नु पार्दै आफ्नो सुझाव दिनु भयो।

मास्टर मित्रसेनको जिवनीलाई जीवन्त राख्न अहोरात्र खटिनु हुने यस सस्थाका संरक्षक एवं सल्लाहकार श्री त्रिलोक सिंह थापा मगर ज्यु र पर्या साहित्यकार एवं “लाहुरेको रेलीमाई” युद्ध उपन्यासका लेखक श्री विजय हितान मगर ज्युलाई कुलपति भुपाल राई ज्युले खादा , फुलको माला लगाई सम्मान पत्र प्रदान गरि सम्मान गर्नु भयो । आफ्नो मन्तव्य मा कुलपति ज्युले बहुमुखी प्रतिभा का धनी मित्रसेन का कृति लाई प्रकासन गरि सहयोग गर्ने प्रतिबद्धता गर्नु भयो ।

कार्यक्रम सचालन मास्टर मित्रसेन प्रतिस्ठान का महासचिव मित्र राना ज्युले गर्नु भएको थियो भने सम्मानित ब्यक्तित्व को परिचय उपाध्यक्ष गायत्री राना मगरले गराउनु भएको थियो । सबैलाई धन्यवाद दिदै कार्यक्रम समापन सभापति एव अध्यक्ष गौबहादुर आले ज्युले गर्नु भएको थियो ।

प्राज्ञ परिषद्का सदस्यहरू, वरिष्ठ साहित्यकारहरू, वरिष्ठ गायक गायिका गितकार तथा संगीतकारहरू, लेखक तथा पत्रकारहरू, भाषाविद, चलचित्रकर्मीहरूको उल्लेख्य सहभागीता थियो ।






लेखक : मास्टर मित्रसेन प्रज्ञा प्रतिष्ठानका उपाध्यक्ष हुन ।