
पूर्ण बहादुर राना
२०८० पौष ८ गतेका दिन बागमति प्रदेश सभाका माननीय सभामुख श्री भुवन कुमार पाठकको प्रमुख आतिथ्यतामा प्रदेश सभाका माननीय सदस्य, आदिवासी जनजातिका संघ संस्थाका प्रतिनिधी, सञ्चारकर्मी, आदिवासी जनजाति अपाङ्गता भएका महिला, युवा र व्यक्ति सहित सरोकारवालाको सहभागितामा प्राकृतिक स्रोत साधन व्यवस्थापन र सांस्कृतिक सम्पदा संरक्षणमा प्रदेश सभा सदस्य एवम स्थानीय प्रतिनिधिको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम पेन्सन भासना होटल डिल्लीबजार काठमाण्डौमा सम्पन्न भएको थियो ।

सो अन्तरक्रिया कार्यक्रम नेपाल आदिवासी जनजाति अपाङ्ग संघ (NIDA) को आयोजना, राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग युवा संघ (NIDYA – Nepal) को समन्वय र पवनका फन्डको आर्थिक सहयोगमा आयोजना सम्पन्न भएको थियाे । कार्यक्रममा सहभागीहरुले स्थानीय र प्रदेश तहमा प्राकृतिक स्रोत साधन व्यवस्थापन र सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी नीति, कार्यक्रम र बजेटको व्यवस्था हुनुपर्नेमा जाेड दिए । सरकारले आफ्नाे नीति र कानूनमा आदिवासीहरुको आध्यात्मिक, सास्कृतिक र आर्थिक आदि जीवनलाई जीवन्त राख्न योगदान गर्नुपर्ने बताएका थिए । त्यसैगरी प्रदेश सभाका माननीय सदस्यले अन्तरक्रिया कार्यक्रममा व्यक्त विचारलाई सम्बोधन गर्दै प्राकृतिक स्रोत साधन र सांस्कृतिक सम्पदा संरक्षणको लागि प्रदेश तहमा नीति र ऐन बनाउन आवश्यक पहल गर्ने प्रतिबद्दता जनाएका थिए । कार्यक्रम अधिवक्ता शंकर लिम्बू र दिलप्रसाद मगरले सहजीकरण गरेका थिए । कार्यक्रम निडाका अध्यक्ष श्री खड्ग सारु मगरको अध्यक्षतामा संचालन भएको थियो।

