पार्टी फुटेकाे छैन

Read Time:14 Minute, 25 Second

पूर्ण बहादुर राना

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३३ काे उपदफा(२) अनुसार पार्टी फुटाउन केन्द्रीय समिति र संसदीय दल दुवैमा ४०-४० प्रतिशतको समर्थन आवश्यक पर्ने उल्लेख छ । सांसद नभएको जनमुक्ति पार्टी जस्ताे फुटाउनकाे लागि केन्द्रीय समितिकाे ४०% संख्या आवश्यक पर्छ ।

तर चाेईटिनकाे लागि कुनै संख्या वा प्रतिशतकाे आवश्यकता पर्दैन । १ जना, २ जना वा १०, २०, ३० जना वा जति जना पनि चाेईटिन सक्छ । चाेईटिनलाई धेरै संघर्षको आवश्यकता पर्दैन । जनमुक्ति पार्टीलाई कसैले फुटाउन सक्दैन । बरू जनमुक्ति पार्टीमा लाग्ने व्यक्ति चाेईटिन सक्छ । निष्कृय हुनसक्छ । बिलय हुन सक्छ । हराउन सक्छ । सर्न वा मर्न सक्छ । तर जनमुक्ति फुटाउन सक्दैन । किनकि जनमुक्ति पार्टी मात्रै हाेईन याे त विचारधारा पनि हाे । याे विचारधाराले सबालट्रन(Subaltern= निचहरू वा पछाडि परेका र पारिएका)हरूलाई राज्यसत्तामा नल्याएसम्म फुट्दैन, हराउँदैन र मर्दैन । किनकि जनमुक्ति विचारधारा निकट भविष्यमा अझ जब्बर हुँदै जानेछ ।

जनमुक्ति पार्टी फुटाउन नसक्नु अर्काे कारण याे पार्टीमा धेरैले रगत र पसिना बगाएको छ । धेरैले जीवन बिताएकाे छ । लाखाैं, करोडौं र अरबाैं पैसा लगानि भईसकेकाे छ ।

१. जनमुक्ति पुरानो हिरा पार्टी

राष्ट्रिय जनमुक्ति पार्टी एउटा अनुशासित, पुरानाे, जिम्मेवार र जवाफदेही पार्टी हाे । याे पार्टीले सामाजिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा बाेल्दा बडाे गम्भीर र जिम्मेवार हुनुपर्छ । यस्तो जिम्मेवार पार्टीको नाम बिचबिचमा फेरिरहने र पार्टी फुट्याे भनिरहने भनेकाे केही काम पाएन बुहारी पाडाकाे के कन्याई दे भन्ने नेपाली उखान जस्तै हाे । कुनै पनि नेतालाई कसैलाई खुसि पार्न वा व्यक्तिगत लहडमा खेलाँचि गरेर, फितलो भएर पार्टीको नाम अगाडि वा पछाडि टाउकाे वा पुच्छर थप्नु अधिकार विधानले कसैलाई दिएको छैन ।

मूलतः पार्टीको नाम वा विधान, घाेषणापत्र फेर्ने अधिकार महाधिवेशनलाई छ । महाधिवेशन पार्टीको विधिविधान, घाेषणापत्र, याेजना, कार्ययोजना, नीति, कार्यनीति, रणनीति फेर्ने सर्वाेच्च निकाय हाे । महाधिवेशन भनेकाे पार्टीका कार्यकर्ता, मतदाता, शुभचिन्तकहरूकाे महान चाड जस्तै हाे भने शिर्षस्त नेताहरूलाई पार्टीलाई कुन दिशामा लैजाने, राष्ट्रिय अन्तर्राष्ट्रिय समस्याका विषयहरूमा कसरी जिम्मेवारपुर्वक अघि बढ्ने भन्ने बारे गहन छलफल गरि उचित निष्कर्ष पुग्ने थलाे हाे । नीति, दर्शन, सिद्धान्त र विचार परिमार्जन र परिष्कृत गर्ने अधिकार महाधिवेशन बाहेक अन्य मिटिङ, भेला, सम्मेलनले जे मन लाग्याे साेहि गर्ने वा फेर्ने अख्तियार कसैलाई दिएकाे हुँदैन ।

२. नाम फेरिरहने र नाम फेर्दा पार्टी फुट्याे भन्ने आशय

केन्द्रीय समितिकाे निर्णय वा राष्ट्रिय भेला वा महाधिवेशन बिना नाम फेर्नुलाई दुई किसिमले हेर्न सकिन्छ । मगर भाषामा पुरानाे उखान छ, “काट गुन काट बैगुन” अर्थात एउटा गुण एउटा बैगुन ।

(क) पार्टीको नाम फेर्नेहरू

(अ) पार्टीको नाम अघि र पछि नाम वा सर्वनाम थप्नुलाई गुणबाट हेर्दा एकीकरण हुन आउने साथिहरूकाे अस्तित्व र माग सम्बाेधन गर्न नाम फेर्नुपर्छ भन्ने सन्देश दिन्छ । अन्य पार्टीसँग एकीकरण गर्न नाम, झण्डा, चुनाव चिन्हमा मेरै पार्टीको हुनुपर्छ भनेर “मेराे गाेरूकाे बार्है टक्का” भनेर बस्न हुँदैन भन्ने सन्देश दिन्छ । कुनै चिजले एकीकरण भाँड्छ भने ती कुराहरूलाई थपघट गरेर अघि बढ्न सकिन्छ भन्ने कुरा झल्काउँछ । हामी शक्तिशाली र निर्णायक शक्ति हुन बाधा गर्ने चिजलाई हटाउँ भन्ने हुन्छ ।

(आ) बैगुनबाट हेर्दा मैले वा हामीले जे गरेनि केही हुँदैन । हामी सर्वेसर्वा हाे भन्ने पनि हुन्छ । वा पार्टीको विधिविधानलाई मिचेकाे अर्थ लाग्छ ।

(ख) पार्टी फुटायाे भन्नेहरू

(अ) नाम फेरेकाेमा पार्टी फुट्याे भन्नेहरू गुणबाट हेर्दा पार्टी विधिविधानमा चल्नु पर्छ । पार्टीको नाम जे मन लाग्याे जहिले मन लाग्याे फेर्न हुँदैन भन्ने अर्थ लाग्छ । पार्टीको नाम, झण्डा, चुनाव चिन्ह फेर्नलाई विशेष परिस्थिति अर्थात भेला, राष्ट्रिय सम्मेलन, महाधिवेशन हुनुपर्छ भन्ने विचार हुनसक्छ ।

(आ) बैगुनबाट हेर्दा फलनाले पार्टी फुटायाे भनेपछि नयाँ पार्टी खाेल्छ वा निष्कृय हुन्छ र काेहि अमुकलाई तत पदमा स्थापना गर्न सकिन्छ भन्ने अर्थ लाग्न पनि सक्छ ।

३. निषेध र प्रतिशाेध

पार्टी भित्रका नेताहरूले निषेध र प्रतिशाेध साँध्दै गयाे भने वा गुट र उपगुट बनाउँदै गयाे भने अन्ततोगत्वा त्यसले छुट, टुट र फुटनै ल्याउँदछ । कतिपय नेताहरू यति जाबाे गर्दा के हाेला र! वा जाबाे यति लेख्दैमा वा बाेल्दैमा के हाेला र भन्ने साेंचकाे विकास भएको देखिन्छ । अझ एउटाले भनेकाे अर्काेले नमान्ने र एउटा पक्षले अर्काे पक्षलाई लखेट्नै पर्ने र अर्काे पक्षले अर्काे पक्षलाई नलेखेटि नहुने अवस्था सिर्जना गर्नु हुँदैन । व्यक्तिगत टकराबले क्षणिक समयकाे लागि पार्टीलाई घाटा पर्छ । सहि बिचार, सहि सिद्धान्त, सहि दर्शन, सहि नीति छ भने ढिलाे चाँडाे सुझबुझ, जिम्मेवार र ईमानदार नेताकाे जन्म भई विशाल जनताकाे मतबाट पार्टी अघि बढि हाल्छ । अन्ततः घाटा षडयन्त्रका तानाबाना बुन्ने, पार्टी अघि बढ्न नदिने जाेकाेहि षड्यन्त्रकारी हाेस् उनीहरूलाई नै पर्दछ ।

४. घाँटीमा घाराे बस्दा पनि भुल्दैन रे हाम्राे मान्छेले

मेरि आमाले भन्नुहुन्थ्यो हाम्राे मानिस बिच झगडा भयाे भने मरेरजाँदा छातिमा घाराे बस्दा पनि भुल्दैन रे । छातिमा घाराे जिवित अवस्थामा बस्दैन । मानिस मरेपछि बस्छ । मानिस मरेपछि बुढापाकाहरू आएर नाडि छामि मरेकाे हाेकि हाेईन निधाे गर्छन् । मरेकाे निश्चित भएपछि काेहि घाराे(बाँस) काट्न जान्छन् । काेहि कात्राे लिन । सबै सरसामान जम्मा भएपछि खट बनाउँछ । मरेकाे मानिसलाई त्यहि खटमा राखेर बाँध्छ । त्याे मरेकाे मानिसले घाँटिमा घाराे(खट माथि लास राखि बाँधेकाे डाेरि) बाँध्दासम्म भुल्दैन रे । कति ईखालु हाेला हाम्रा मान्छेहरू? हाम्राे मान्छे आदिवासी जातिहरू मगर, गुरूङ, राई, लिम्बू, तामाङ, शेर्पा, धिमाल, नेवार, थारू, थकालि आदि आदि पर्दछ ।

यदि हामीले यसरी घाँटीमा घाराे बस्दा पनि नभुल्ने ईख लिने हाे भने किन अरू जातिले एकाधिकारवाद लादयाे भन्ने? यदि हामीले मगरवाद र लिम्बुवाद वा राईवाद वा आदिवासीवादनै लाद्न चाहेकाे हाे भने किन अरूले नश्लवाद, वंशवाद जाहानियावाद, जातीयवाद र परिवारवाद लाद्याे भन्ने? अब हामी यस्ताे चिन्तनबाट उठेर प्रेमवान, क्षेमाशिल, शान्तिप्रेमि, समताप्रेमि हुनुपर्छ ।

५. जनमुक्ति विचारधारा

कम्युनिस्टहरूले समाजमा वर्ग संघर्ष अर्थात खान पाउने र खान नपाउने(Haves and have nots) विचकाे संघर्षकाे कुरा गर्छन् । कार्लमार्क्सले धनी र गरिब बिच मात्रै अन्तरसंघर्ष हुन्छ भन्याे । कम्युनिस्ट घाेषणापत्र(The Communist Manifesto)मा कार्लमार्क्सले भात खान पाउने र नपाउने बिचकाे मात्रै संघर्ष देखे र व्याख्या गरे । तर जनमुक्ति विचारधारा(Janamukti Thought)ले समाजमा वर्ग संघर्ष मात्रै हाेईन समानुपातिक तरिकाले अधिकार दिएन भने भिन्ना भिन्नै जाति, भाषा, धर्म र सँस्कार बिच पनि संषर्ष हुन्छ भनेकाे छ । समाजमा विभेद र असमानता वर्गकाे मात्रै हुँदैन । विभिन्न जाति, भाषा, धर्म, संस्कार, क्षेत्र बिच पनि निरन्तर संघर्ष चलिरहन्छ भनेर जनमुक्ति विचारधाराले कम्युनिस्ट घाेषणापत्रलाई खसी पारि दिएकाे छ । हुनपनि अहिले चलिरहेकाे रूस र युक्रेन बिचकाे युद्घ, ईजरायल र प्यालेस्टाइन बिचकाे युद्ध जाती र धर्म बिचकै युद्ध हाे । यी युद्धहरू वर्ग युद्ध अर्थात खान पाउने र नपाउने बिचकाे युद्ध हाेईनन् ।

नेपालमा रहेका जनमुक्ति पार्टी बाहेक अन्य पार्टीहरू कित पुँजिवाद वा उदारवाद प्रति झुकाव छन् कित साम्यवाद प्रति झुकाव छन् । जनमुक्ति पार्टी मात्रै यस्ताे पार्टी हाे जुन पार्टीले समुदायमा आधारित समाजवादकाे पक्षपाेषण गर्दछ । जनमुक्ति विचारधारा विश्वकाे एक वैकल्पिक तेश्राे विचारधारा हाे । याे विचारधाराले व्यक्ति, समुदाय(जाति)मा आधारित समाजवाद र राज्यकाे परिकल्पना गर्दछ । जनमुक्ति पार्टीसँग जनमुक्ति विचारधारा छ तर अन्य पार्टीसँग यस्ताे कुनै विचारधारा छैन । त्यसैले हामी जनमुक्ति विचारधाराका अनुयायीहरू एक ढिक्का हुनुपर्छ ।

६. सह्याे कि रह्याे, सहेन कि गयाे

मेरी आमाले भन्नुहुन्थ्यो सहनुपर्छ बाबू । कसैले जित्न खाेजे जित्न देउ । सहि कुरामा हार्दा केही हुँदैन । सह्याे भने सधैं सम्बन्ध रहन्छ । सहेन भने सम्बन्ध रहँदैन । त्यसैले हामी सबै मिलेर एक आपसमा आ-आफ्नो गल्ति कमिकमजाेरिलाई स्विकारेर, आफ्नो गल्ति कमिकमजाेरिकाे आत्माआलाेचना गरेर एक ढिक्का भएर अघि बढ्नुकाे विकल्प छैन । अहिले पार्टीको नाम अघि “राष्ट्रिय” फेरेर “नेपाल” थपेकाे र पार्टी फुटायाे भन्ने कुरा प्राविधिक(Technical) कुरा हुन् । यहाँ कसैकाे जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व, धर्मनिरपेक्षता, मातृभाषामा शिक्षा, बहुजातीय लाेकतान्त्रिक समाजवाद प्रति कसैकाे विमति हाेईन । यी मिलाउन सकिने विषयहरू हुन् । जनता, देश र पार्टीकाे हित र जितकाे लागि हामी सत्यनिष्ठ भएर अघि बढाैं । हामी एक हुनुपर्छ । हामी मिलेर अघि बढ्नु पर्छ । हामीले बुझ्नु पर्छकि सँगै सुत्ने मानिस बिच खुट्टा लाग्छ । सँगै भात खानेबिच जुठाे पर्छ । त्यसैले घन्चमन्च सहँदा राम्रो हुन्छ ।

हामी एकताबद्ध भए खडा हुन्छौं, हामी विभाजित भए पतन(United we stand, divided we fall) हुन्छौं भन्ने अँग्रेजि उखान छ । तसर्थ हामी एकआपसमा नमिले हामी आफै सिद्धिन्छाैं । हामी बिच सानातिना मनमुटाव भुलेर अघि बढे हाम्राे जित सुनिश्चित छ ।

4 0
Happy
Happy
33 %
Sad
Sad
17 %
Excited
Excited
33 %
Sleepy
Sleepy
0 %
Angry
Angry
17 %
Surprise
Surprise
0 %