
पूर्ण बहादुर राना
पुष ८, २०८०
नेकपा एमालेका तर्फबाट महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित लक्ष्मी महतो कोइरीको निलम्बित सांसद पद ११ महिनापछि फुकुवा गरिएको छ । आइतबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले एमाले सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा गरेका हुन् ।
२०७३ सालमा मधेश आन्दोलनका क्रममा महोत्तरीमा सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या भयाे । साे घटनामा आरोपी कोइरीलाई २०७७ सालमा जनकपुर उच्च अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश सुनाएको थियो । त्यो बेलादेखि कोइरी फरार थिए । काेईरी सुरक्षाकर्मीको हत्या आरोपमा फरार रहेका थिए । उनी फरार रहेकाे अवस्थामा निलम्बनमा परेका थिए । कोइरीले जिल्ला अदालत महोत्तरीबाट सफाइ पाएपछि उनको निलम्बन फुकुवा गरिएको हो।
काेईरीकाे सांसद फुकुवा संघीय संसद्का कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयले निलम्बन फुकुवा भएको सूचना सभामुख घिमिरेको निर्देशनमा आइतबार जारी गरेका हुन्।
२०७९ मंसिर ४ मा भएको चुनावमा काेईरी महोत्तरी जिल्ला प्रतिनिधिसभा क्षेत्र नं. १ बाट सांसदमा निर्वाचित भएपछि प्रहरीको फरार सूचीमा रहेका थिए । काेईरि फरार सुचिमै रहेकाे बेला पुस ७ मा प्रतिनिधिसभा सदस्यको शपथ लिएका थिए । उनले २०७९ पुस २६ मा संघीय संसद्मा गएर प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत पनि दिएका थिए।
काेईरीलाई २०८० वैशाख १९ गते सांसद पदबाट निलम्बनमा परेका थिए । आइतबार उनको निलम्बन फुकवा भएको हो।प्रहरी प्रधान कार्यालयको पत्रसमेतका आधारमा निलम्बनमा परेका कोइरीले २९ मंसिरमा जिल्ला अदालत महोत्तरीबाट सफाइ पाएका थिए। निलम्बन फुकुवाको निर्णय पाएपछि कोइरी संसद सचिवालय पुगेका थिए।
नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी ११ महिनापछि संसद सचिवालय पुगेका हुन् । संसद सचिवालयको हाजिरी शाखाका अनुसार उनी २०७९ पससम्म संसदको सम्पर्कमा थिए । त्यसयता निरन्तर अनुपस्थित रहेका कोइरी आइतबार दिउँसो संघीय संसद सचिवालय पुगेका हुन् ।