“दिन जसकाे पनि आउँछ र जान्छ” याे प्रकृतिको नियम हाे

Read Time:6 Minute, 46 Second

पूर्ण बहादुर राना

(क) निरंकुश एकल जाहानिया राणाशासन फुलफ्लेज्ड पछि ढल्याे ।

(ख) निरंकुश एकल वंशीय शाह शासन फुलफ्लेज्ड पछि ढल्याे ।

(ग) निरंकुश एकल जातीय बाहुन शासन फुलफ्लेज्ड पछि ढल्दै छ ।

तिखेर नेपाल देशमा एकल नश्लिय खसवादि हिन्दुवादि ब्राह्मणवाद फुलफ्लेज्ड(Full fledged) वा पूर्ण विकसित रूपमा छ । बाहुनहरू शैक्षिक, साँस्कृतिक, भाषिक, धार्मिक, आर्थिक र राजनीतिक रूपमा चुचुरो(Climax, apex, culmination) मा छन् । त्यसैले अधिकांश वडादेखि विभिन्न पालिका प्रमुख, सिडिओ, राजदुतहरू, विभिन्न निकायका प्रमुखहरू, सेना प्रमुख, प्रहरी प्रमुख, सभामुख, मुख्यसचिव, सर्वोच्च, उच्च र जिल्लाका न्यायाधीशहरू, प्रधानमन्त्री, राष्ट्रपति, विश्वविद्यालयका भिसि, स्कुल र क्याम्पस प्रमुख, मिडिया प्रमुख, दुरसंचारका हाकिम, बैंकका मेनेजर सबै बाहुनहरूनै छन् । यसाे हुँदा अन्य जातिले अप्ठ्यारो मान्नुहँदैन ।

दुर्ग प्रसाईँ बाहुन बाेलेनि राष्ट्रिय विषय बन्छ । मुकुन्दे बाहुन, ओलि, दाहाल र पाैडेल बाहुन बाेलिनि राष्ट्रिय ईस्यु बन्छ । पुण्य गाैतम र डिल्लीराम खानाल बाहुनहरू बाेलेनि राष्ट्रिय एजेण्डा बन्छ । अहिले बाहुनले खाेकेपनि, भुकेपनि, पादेनि, हाछ्युँ गरेपनि राष्ट्रिय मुद्दा बन्छ । अहिले बाहुनले जे बाेलेनि, जे गरेनि महत्त्व राख्छ । यिनले गणतन्त्रको कुरा गरेनि सुहाउँछ । राजतन्त्रको कुरा गरेनि सुहाउँछ । धर्म निरपेक्षकाे कुरा गरेनि सुहाउँछ । हिन्दु राज्यको कुरा गरेनि सुहाउँछ ।

त्यसैले सुदन किराति जस्तालाई केही समय लखेट्छन् । किनकि राईकाे समुदायकाे तुलनामा बाहुन समुदाय सचेत छन् । यस्तो अवस्था केही समय रहने छ । राईका समुदायहरू राई राई लिम्बू लिम्बु भनेर झगडा गर्दै ठिक छ । गुरूङ गुरूङ मगर मगर बिच म ठूलाे र तँ सानाे भनेर बस्दै ठिक छ । नेवार र तामाङ बिचमा तँ भन्दा म ठूलाे, धनी र शिक्षित भनेरै बस्दा ठिक छ । एउटा आदिवासीले भनेकाे अर्काेले नमान्ने । अर्काे आदिवासीले भनेकाे अर्काे आदिवासीले नमान्ने अवस्था छ । उता दलित भित्र पनि कामी कामी र दमै बिच द्वन्द छ । पहाडिया दलित र मधेसी दलित बिच भेद छ । दलित दलित बिच पनि द्वन्द्व छ ।

परि आउँदा बाहुनहरू जुनसुकै पार्टीका हाेस काङ्ग्रेस, एमाले, माओवादी र राप्रपा जनमाेर्चा एक भैहाल्छन् । बाहुनहरूले टुपी र जनै समाएर कसम खाए अनि एक ढिक्का भएर मधेसी, दलित, मुस्लिम, महिला, पिछडिएको क्षेत्र र आदिवासीलाई अधिकार दिनुपर्छ भनेर पहिलाे संविधानसभा भंग गरे । बाहुनहरूकाे पार्टी सयकडाैं छ । किरातिकाे वा आदिवासीकाे पार्टी दर्जनाैं त के आधि दर्जन पनि छैन् । फेरि यिनिहरू एक कहिले हुने हाेईन । यिनले एक आपसमा कसैले कसैलाई नेता मान्दैनन् र स्विकार्दैनन् । बाहुनले राज गर्ने अनुकुल समय यहि हाे । सुदनहरू त दाहाल, ओलि, देउवालाई खुसि पार्दै तिनका गाेडा र राजखानि मुसार्दै ठिक्क हुने हाे ।

हिजो निरंकुश एकल जाहानिया राणा शासनमा पनि सबै निकायमा र क्षेत्रका प्रमुख राणाहरू नै थिए । निरंकुश एकल वंशीय शाहाकालमा यस्तै गरे । अहिले निरंकुश एकल जातिय बाहुनवाद हावि छ सबै क्षेत्रमा बाहुन हुँदा अनाैंठाे मान्नु हुँदैन ।

दिनकाे घाम जति छर्लङ्ग छ कि पृथ्वीनारायण शाहले विभिन्न जातिका मगर, नेवार, गुरूङ, राईलिम्बु, तामाङ राजा काटेर राज्य विस्तार गरेकाे धिमाललाई राजा बनाउन थिएन । कामी र दमैलाई राजा बनाउन थिएन । चेपाङ, राउटेलाई राजा बनाउन थिएन ।

जंग बहादुरले काेतपर्व मच्चाएको शेर्पालाई प्रधानमन्त्री बनाउन थिएन । बाहुन क्षेत्रीलाई, गुरूङ राईलाई प्रधानमन्त्री बनाउन थिएन ।

यसरीनै काङ्ग्रेस, एमाले र माओवादीले आन्दोलन र सशस्त्र आन्दोलन गरेकाे सार्की, दमैलाई प्रधानमन्त्री बनाउन थिएन । मुसहर, मुस्लिम र आदिवासीलाई राष्ट्रपति बनाउन थिएन ।

अब हामी सबै उत्पिडित जातिहरू राष्ट्रिय जनमुक्ति पार्टीको जनमुक्ति विचारधारामा गाेलबन्द हुनुकाे विकल्प छैन । जनमुक्ति पार्टीको सिद्धान्त बहुजातीय लाेकतान्त्रिक समाजवादकाे लागि हामी सबै जाती(समुदाय)हरू एक ढिक्का भएर लड्ने हाे । अघि बढ्ने हाे । र बहुजातीय लाेकतान्त्रिक समाजवाद व्यावहारमा लागू गर्ने हाे । जसले जे गर्छ आफ्नै लागि हाे । अब हामी पनि हाम्रै लागि गराैं । सबैले सबैकै लागि गराैं । देश र जनताको लागि गराैं ।

सबै जातिकाे जितजितकाे लागि, सहअस्तित्वकाे लागि र मिलेर बस्नकाे लागि जातीय जनसंख्याको आधारमा समानुपातिक सिद्धान्त लागू गराैं ।

3 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %