अपांगता ऐन तथा UNDRIP र UNCRPD सहित अपांगता भएका व्यक्तिको अधिकार बारे सचेतना कार्यक्रम

Read Time:6 Minute, 13 Second

पू्र्ण बहादुर राना
मंसिर २३, २०८०

अपांगता ऐन तथा UNDRIP र UNCRPD सहित अपांगता भएका व्यक्तिको अधिकार बारे सचेतना कार्यक्रम राष्ट्रिय आदिवासी जनजाती अपाङ्ग युवा संघ -नेपालका अध्यक्ष जीवन राना मगरको अध्यक्षतामा पेन्सन भासना हाेटल डिल्लिबजार काठमाडौंमा सम्पन्न भएको छ ।


कार्यक्रममा प्रशिक्षक आर. के. तामाङले युएनको रिपोर्ट अनुसार विश्वमा ६,००० जाति देखि ८,००० जाति रहेको बताए । उनले राज्यको अबधारणा ३ सय वर्ष अघिदेखिबाट सुरु भएको र आदिवासिसँग राज्य संयन्त्र बनाउने सबै संन्यन्त्र पुगेको बताए । आदिवासी निर्धारण संख्याले गर्दैन । यो साझा समूह हो । आदिवासीको अँग्रेजि शब्द(Indigenous) हुन्छ ।

Indigenous शब्दमा दुईवटा शब्द मिलेर बनेको छ । Indi र gene । यहाँ Indi को अर्थ भित्रि र Gene काे अर्थ वंश भन्ने हुन्छ । प्रशिक्षक आ. के. तामाङले UNDRIP को विभिन्न धाराहरु बारे उल्लेख गरेका थिए ।

UNDRIP को धारा ७ ले स्वास्थ्य सेवामा पहुँच गर्ने र स्वास्थ्य सेवाको प्रावधानमा भेदभावबाट सुरक्षित हुने अधिकार सहित आदिवासी जनजातिहरूको आफ्नै स्वास्थ्य नियन्त्रण गर्ने अधिकारलाई जोड दिन्छ । अपाङ्गता भएका आदिवासी जनजातिहरूले उनीहरूलाई आवश्यक पर्ने सेवा र समर्थनमा पहुँच छ भनी सुनिश्चित गर्नको लागि यो लेख महत्त्वपूर्ण छ ।
धारा १४ ले आदिवासी जनजातिको शिक्षाको अधिकारलाई मान्यता दिन्छ, जसमा उनीहरूको आफ्नै भाषामा शिक्षामा पहुँच गर्ने र सांस्कृतिक रूपमा उपयुक्त शैक्षिक सामग्रीहरू उपलब्ध गराउने अधिकार पनि समावेश छ। यो धारा अपाङ्गता भएका आदिवासी बालबालिकालाई समावेशी र गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्न महत्वपूर्ण छ ।


धारा २२: आदिवासी जनजातिको सार्वजनिक जीवन र निर्णय बनाउने प्रक्रियामा सहभागी हुने अधिकारको पुष्टि गर्दछ। यो धारा अपाङ्गता भएका आदिवासी जनजातिहरूले उनीहरूको जीवनलाई असर गर्ने निर्णयहरूमा आवाज उठाउने कुरा सुनिश्चित गर्न महत्वपूर्ण छ ।

धारा २४ ले शारीरिक र मानसिक स्वास्थ्यको उच्चतम प्राप्य स्तरमा आदिवासी जनजातिको अधिकारलाई मान्यता दिन्छ। यो धारा अपाङ्गता भएका आदिवासी जनजातिहरूको स्वास्थ्य सेवा र सामाजिक सेवाहरूमा पहुँच छ भन्ने सुनिश्चित गर्नको लागि आवश्यक छ । यो धारा उनीहरूलाई स्वस्थ र पूर्ण जीवन बिताउन आवश्यक रहेको छ ।

धारा २७ ले आदिवासी जनजातिहरूको परम्परागत ज्ञान, भाषा र अभ्यासहरू सहितको सांस्कृतिक सम्पदाको संरक्षण गर्दछ। यो धारा अपाङ्गता भएका आदिवासी जनजातिहरूको सांस्कृतिक अधिकारको संरक्षण र सम्मान गरिएको छ ।

अन्तरछेदियता सम्बन्धि मनिष प्रसाईँको प्रस्तुति रहेकाे थियाे । उनले सबै क्षेत्रमा ईन्टरसेक्स्यानलिटि रहने बताए । Intersectionality अर्थात अन्तरछेदियताकाे परिभाषा एउटै हुनसक्ला तर स्वरूप भने फरक हुन्छ उनले भने। यसलाई हामीले सापेक्षतामा हेरिनु पर्छ । अन्तरक्षेदियता निरपेक्ष रूपमा उभिन सक्दैन । यसलाई उभिन आधार चाहिन्छ । जस्तै जातिकाे कुरा गर्दा राई एक जाति हाे । राई मात्रै भनेर सबै एकनास हुँदैन । राई जाति भित्र महिला र पुरूष हुन्छ । राई जातिभित्र धनी र गरिब हुन्छ । राई जातिभित्र अपांगता भएका र नभएका हुन्छन् । राई जाति कुनै भुगाेल वा टेरिटाेरि भित्र बस्दछन् । राईजाति भित्र शिक्षित र अशिक्षित हुन्छ ।

यसरिनै अपाङ्गता भएका व्यक्ति भन्दा अपांगता भएका बाहुन पनि हुन्छ । अपांगता भएका व्यक्ति दलित पनि हुन्छन् । अपांगता भएका व्यक्ति आदिवासी जनजाति र मधेसि पनि हुन्छ ।

अन्तमा अध्यक्ष जीवन राना मगरले, “राष्ट्रिय आदिवासी जनजाती अपाङ्ग युवा संघ – नेपाल आम आदिवासी जनजाती युवा अपाङ्गता भएका व्यक्तिहरुको मानव अधिकार संरक्षण सम्वर्धन गर्दै उनीहरुलाई सामाजिक रूपले सचेत र संगठित गर्दै उनीहरुको ज्ञान सिप विकास गर्दै आर्थिक सुधार गरि जीविकोपार्जनमा सहज तुल्याउने उद्देश्यले २०७६ साल भदाै २८ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा विधिवत रुपमा दर्ता भएको हो ” भने ।

साे कार्यक्रममा निडाका अध्यक्ष खड्क सारू मगर, कानुनी सहजकर्ता अधिवक्ता शङ्कर लिम्बू पनि उपस्थित थिए ।

भिडियाे हेर्नुहाेला

खड्क सारू मगर

3 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %