दशैंकाे अवसरमा मासु खाँदा घाँटीमा अड्किँएर मृत्यु।

Read Time:1 Minute, 8 Second

कात्तिक ५, २०८०

४५ वर्षिय दल बहादुर बिककाे दसैंको मासु घाँटीमाअड्किएर मृत्यु भएको छ । बिक दैलेख जिल्ला नाैमूले गाउँपालिका वडा नं. ६ का हुन् । घाँटीमा मासु अडि्कएर दलबहादुर विकको मृत्यु भएको वडा अध्यक्ष लालबहादुर चन्दले प्रेसलाई जानकारी दिए ।

दल बहादुर बिकले आफ्नै घरमा पकाएको मासु खाँदै गर्दा उनको घाँटीमा मासु अड्केको थियाे । दलबहादुर बिक दिर्घ रोगी थिए । उनको मुुटु र किड्नीमा समस्या थियो । दलबहादुरले डाक्टर सल्लाह अनुसार उनले मदिरा सेवन गर्न छोडेकाे ७ महिना भएको थियाे । बिकले डाक्टर मदिरा सेवन नगर्न सल्लाह बेवास्ता गरि दशैंको अवसरमा बारम्बार मदिरा सेवन गरेका थिए । मदिरा सेवनबाट याे घटना घट्न गएको वडा अध्यक्ष लाल बहादुर चन्दले बताएका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
100 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %