केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

Read Time:2 Minute, 44 Second

असाेज २९, २०८०
पूर्ण बहादुर राना

काेशि प्रदेशकाे प्रमुखकाे मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् । सत्तारुढ गठबन्धनवाट नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङबो र नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसको बिद्रोही नेता केदार कार्की मध्ये कसलाई मुख्य मन्त्री नियुक्त गर्ने हाे भन्ने विवाद रहेको बेला कार्की मुख्यमन्त्री नियुक्त भएका छन् ।

२०८० असाेज २६ गते साँझ ५ बजेसम्म दुईजनाको दावेदारी प्रस्तुत भएकाे थियाे । पछि प्रदेश प्रमुख परशुराम खापुङले २७ गते दुवै पक्षका सांसदहरुको सनाखत गराउन बोलाएका थिए । सनाखत २७ गते बिहान ८ बजे देखी सुरु भएको थियाे । सनाखतमा कार्कीले बहुमत पुरयाए पछि कोशीमा कांग्रेसका बिद्रोही कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

प्रदेश प्रुमख खापुङले उनले नियुक्त गरिएको जानकारी दिएका हुन् ।

काेशी प्रदेशकाे प्रमुखमा माओबादी नेता आङ्बोले गठबन्धनमा रहेका दलहरु मध्ये नेपाली कांग्रेसका २९, माओवादीका १३, नेकपा एसका ३ र जसपाका १ सांसदको हस्ताक्षर बुझाएका थिए । भने कांग्रेसका बिद्रोही उम्मेदवार कार्कीले आफूसहित कांग्रेसका ९ तथा एमालेका ३९ सदस्यको हस्ताक्षरसहित कुल ४८ जनाको समर्थनसहित मुख्यमन्त्रीको दाबी पेश गरेका थिए ।

आङबोले बुझाएको हस्ताक्षरमा आफनो नाम उल्लेख गरेको थियाे । आङ्बाेकाे आफ्नै हस्ताक्षर भएको भन्दै कार्की समुहले आपत्ति जनाएको थियो । कार्कीले आङबोले बुझाएको पत्रमा राखिएको आफनो समुहका सांसदहरुको हस्ताक्षर नक्कली भएको दाबी गरेका थिए । यस्तो नक्कली हस्ताक्षर बझाएकाेले कार्की समुहले प्रतिबाद गरेकाे थियो ।

कार्कीकाे दाबि पछि आङबो समुह हस्ताक्षर सनाखतमा जान सकेन । खापुङले प्रमाणिकरणका लागि स-शरीर उपस्थित हुन पठाएका थिए । आङ्बाे समूह सनाखतमा जान नसके पछि २७ गते कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको थियाे ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %