इजरायल यति शक्तिशाली कसरी भयो ? अनि नेपाल कसरी यति गरिब ??

Read Time:3 Minute, 7 Second

एउटा हुनेखाने नेपाली “Gree AC” को तापक्रममा सुत्छ र बिहान “Seiko-5” घडीमा अलार्म बजेपछि उठ्छ । उठ्ने बित्तिकै “Colgate” ले ब्रस गर्छ, “Gellet” ले सेभ गर्छ, “Lux” साबुन र “Dove” स्याम्पुले नुहाउँछ र नुहाएपछि “Levis” प्यान्ट “POLO” सर्ट र “GUCCI” को जुत्ता “Jucky” मोजा लगाउछ, अनुहारमा “Nevia” क्रिम लगाई “Nestlé food” को नाश्ता गरेपछि “Rayban” सनग्लास लगाएर “HONDA” कम्पनीको कारमा बस्छ र काममा जान्छ।
जादै गर्दा खल्तीमा रिङ्ग टोन बजेको सुनेपछि खल्तीबाट
“iPhone 11” निकाल्छ कुरा गर्छ । अनि त्यसैबाट 4G इन्टरनेट चलाउन थाल्छ । अफिस पुगेपछि ऊ “HP” कम्प्युटरमा काममा व्यस्त हुन्छ। धेरै बेर काम गरेपछि भोक लाग्छ र खाजा खान “McDonald’s” मा पुग्छ, खाजासंगै “Nestlé” को पानी पनि अर्डर गर्छ ।
खाजा खाएपछि उसले “Nescaffe” कफी पिउछ र थकाइ मरेको महसुस गर्छ । केहीबेर आराम गरेपछि उसले “Red Bull” पिउछ र फेरि काम गर्न थाल्छ । काम गर्दागर्दै हिन्दी गीतहरू निकालेर सुन्न पनि भ्याइरहेको हुन्छ । कामकै दौरानमा “TCS” बाट विदेशमा पार्सल पठाउँछ र “PANASONIC” को ल्यान्डलाइनबाट पार्सल पठाएको जानकारी दिन्छ । त्यसपछि त्यसको टिपोट “PARKER” कलमले लेखेर अभिलेख राख्छ । केही बेरपछि “ROLEX” को घडीमा समय हेर्छ र फर्कने समय भैसकेको थाहा पाउँछ । त्यसपछि “HOONDA” को गाडी स्टार्ट गरेर घरतिर फर्कन्छ ।
केही बेरपछि “Shell” पेट्रोल पम्प आउँछ, त्यहाँबाट ट्याङ्की भरेर “HYPER STAR” मा पुग्छ र बच्चाहरूको लागि स्टोरबाट “Cadbury”, “KitKat” र “SNIKERS” संगै “Prigat” को महँगो जुस पनि किन्छ । त्यहाँबाट फेरि “PIZZA HUTT” पुगेर श्रीमती र बच्चाहरुको लागि पिज्जा किन्छ र “KFC” को बर्गर पनि प्याक गर्न लगाउँछ ।
घरमा पुगेर खाना खाएपछि “Sony LED” टिभीमा न्युज च्यानल लगाएर समाचार हेर्छ । समाचार हेर्दै गर्दा हातमा “Coke” को बोतल समातिरहेको हुन्छ । समाचारमा इजरायल र प्यालेस्टाइनको युद्ध रिपोर्टिङ हेर्छ अनि आफ्नो देशको अर्थतन्त्र ध्वस्त भएको खबर पनि हेर्छ । त्यति सानो देश इजरायल निकै शक्तिशाली भएको र आफ्नो देश खोक्रो भएको देखेपछि निराश हुँदै भन्छ- “इजरायल त्यति शक्तिशाली कसरी भयो यार ?
Copy paste

2 0
Happy
Happy
50 %
Sad
Sad
50 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %