टिकट काट्नु कर्तव्य हाे भने सिट पाउनु अधिकार हाेकि हाेईन?

Read Time:9 Minute, 14 Second

पूर्ण बहादुर राना

त्यसाे भए सार्वजनिक ठाउँमा यसाे भन्ने?

(क) यातायात साधन वा बसमा

टिकट काट्नु तपाईंको कर्तव्य हाे । टिकट पाउनु अधिकार हाे । ठेलमठेल गरेर काेच्चिन पाउनु अवसर हाे । बसभित्र उभिन पाउनु भाग्य हाे । सिटमा बस्न पाउनु साैभाग्य हाे ।

(ख) अध्ययनअध्यापनका लागि विद्यालय भर्णा

भर्णा गर्दा फि तिर्नु कर्तव्य हाे । फि तिरेकाे रसिद पाउनु अधिकार हाे । स्कुलमा बस्ने सिट, खानेपानी, र शाैचालय नहुनु, गैर्हजिम्मेवारि, आफ्नो विषयवस्तुमा अल्पज्ञानि, राजनिती गर्ने भुँईफुट्टा, पिरियड चाेर ठग, हाटा शिक्षक पाउनु अवसर हाे । बस्ने सिट, ठिकैकाे विषयवस्तुमा ज्ञान भएको शिक्षक पाउनु भाग्य हाे । राम्रो सिट, राम्रो खानेपानी, शाैचालय, राम्रो विषयवस्तुमा ज्ञान भएका परिश्रमी र ईमानदार लगनशील शिक्षक पाउनु शाैभाग्य हाे ।

(ग) पसल र हाेटल रेष्टुरेन्टमा

पसल र हाेटल रेष्टुरेन्टमा अर्डर गरेकाे सामान र खानाकाे बिल तिर्नु कर्तव्य हाे । पैसा अनुसार कुपन वा बिल पाउनु अधिकार हाे । बिल अनुसारको डेटएक्सापायर सामान र पेट नकाट्ने बासि खाना खान पाउनु अवसर हाे । ठिकैकाे राम्रो र मिठाे खाना खान पाउनु भाग्य हाे । राम्राे सामान, मिठाे र स्वस्थ्य खाना, राम्राे सर्भिस पाउनु साैभाग्य हाे ।

(घ) राजनीतिक सदस्यता ग्रहण

राजनीतिक सदस्यता लिंदा सदस्य शुल्क तिर्नु, झण्डा बाेक्नु, डण्डा खानु र भाेट हाल्नु कर्तव्य हाे । सदस्यता ग्रहण गर्न पाउनु अधिकार हाे । पार्टी प्रवेश पछि खुनखुन र गनगन गर्ने नेता, गुटउपगुट बनाउने नेता, खुराफाति बैमानि, स्वार्थि, निषेध र प्रतिशाेध र पक्षपाती नेता पाउनु अवसर हाे । ठिकैकाे गुटउपगुट नगर्ने तर आफ्नाे लागि अलिअलि स्वार्थ साँध्ने नेता पाउनु भाग्य हाे । विशाल छाति, शाेंच र बिचार भएको नेता पाउनु, ईमानदार जवाफदेही र जिम्मेवारी नेता पाउनु, सत्ता प्राप्त गराउने नेता पाउनु, देशमा सदाचार पक्षपाती विहिन निश्वार्थ नेता पाउनु साैभाग्य हाे ।

(ङ) सरकारलाई कर, राजस्व र रेमिट्यान्स तिर्नु

सरकारलाई कर, राजस्व र रेमिट्यान्स तिर्नु कर्तव्य हाे । कर, राजस्व र रेमिट्यान्स तिरेपछि बिलभाैचर वा भरपाई पाउनु कर्तव्य हाे । जनताले तिरेकाे करबाट धुले र हिले सडक पाउनु , पँधेराे, ईनार कुवामा पानी भर्न पाउनु तथा डाक्टर, आैषधि र उपकरणविहीन हस्पिटल भएपनि पाउनु अवसर हाे । ग्र्याबल गरेकाे सडक, कहिलेकाँहि आकालझुकल पानी आउने धारा टाेलमा पाउनु र अलिअलि अाैषधि, उपकरण र डाक्टर भएको हस्पिटल पाउनु भाग्य हाे । राम्रो पिच गरेकाे चाैडा सडक, सफा स्वच्छ घरघर धारा पाउनु, राम्राे डाक्टर, उपकरण र अाैषधि भएको हस्पिटल पाउनु अर्थात गास, बास, कपास, स्वास्थ्य र राेजगार पाउनु साैभाग्य हाे ।

“टिकट काटेर यात्रा गर्नु तपाईंको दायित्व हाे । पैसा तिरेपछि टिकट माग्न नबिर्सनु हाेला ।” साझा यातायात

साझा बसमा लेखिएको याे वाक्यांशले मलाई धेरै वर्ष अघिदेखि झकझक्याई रहेकाे थियाे। त्यसैले मलाई एउटा लेख लेख्न मन लाग्याे र लेखें । किनकि नेपालमा सर्वसाधारण भुँईमान्छेहरूकाे दायित्व वा कर्तव्य धेरै छन् । तर कथित ठूला मान्छेहरूले कर्तव्य पुरा गरेकाे मैले देखेकाे छुईन । साझा बसमा चढ्ने जाेकाेहि सर्वसाधारणले लागेकाे बसभाडा तिरेकै हुन्छ । तर सिट पाउने नपाउने कुनै ग्यारेन्टी हुँदैन । याे समस्या साझा बसमा मात्रै हाेईन अन्य भ्यालि भित्र र भ्यालि बाहिरका सार्वजनिक बसहरूमा पनि यहि अवस्थाले ग्रस्त छ । कतिपय बसमा त झन नचढुन्जेल राम्रो मुख गर्ने चढिसकेपछि अपशब्द गर्ाे, थर्काउने, घुर्काउने गर्छन् । पछि सर कि सर भनेर कराउँछ जबकि पछि जाने ठाउँनै हुँदैन । कतिले लागेकाे भाडा भन्दा बढि भाडा लिने गर्छ । बसमा नचढुन्जेल भाडा कति हाे भन्दैन । जब बस वा माईक्रो बस वा गाडिमा चढेपछि गाडि हिंड्छ र बनतिर वा बस नपाउने ठाउँमा पुगेपछि भाडा माग्न सुरू गर्छ । अनि भाडा पनि बढि माग्छ बनतिर वा एकान्तमा पुगेपछि । यात्रु र कन्डक्टर(खलासी) बिच भनाभन पर्छ । हिजाे वा अस्ति आउँदा यति भाडा तिरेकाे मैले आज किन धेरै लिएको भनेर झगडा वादविवाद गर्न सुरू गर्छ । अनि कतिपय कन्डक्टरले जथाभावी मुख छाेड्छ । अगाडिबाट ड्राइभरले के भाे कान्छा के भाे भनेर कन्डक्टरलाई साेध्छ । अनि कन्डक्टरले भाडा दिन मानेन दाई भन्छ । अनि ड्राइभरले झारिदे कान्छा झारिदे भनेर भन्छ । जहाँ घनघाेर जंगल वा एकान्त ठाउँमा हुन्छ । अर्थात बसकाे सिट त के बस नपाउने र।बस नराेक्ने ठाउँमा यस्ताे हर्कत देखाउँछ ।

त्यसैले अब सरकारले यातायात व्यावसायिलाई टिकट बिना बस चालकहरूलाई यात्रु चढाउन नपाउने नियम राख्नु पर्छ । टिकट अनिवार्य किन्ने व्यवस्था गर्नुपर्छ । अफसिजनमा मान्छे नपाउँदा ८०० आठसय भाडा हुँदा पनि ५००/- पाँच सयमा लैजाने तिनै कन्डक्टर हुन् । तर सिजनकाे बेला अर्थात दशैं, तिहार छठ ताका खुट्टा हाल्याे कि ८०० भाडाकाे सट्टा १,००० वा १,५०० पुर्याई दिन्छ । अरू अफसिजनमा भाडा घटाएर र बार्गेनिङ गरेर बस चढ्न बानि परेका यात्रुहरूलाई अल्ले, गाेटे भनेर नाम राख्छन् ।

अब आयन्दा जति भाडा छ त्यति नै भाडा लिनुपर्छ । एक रूपियाँ घटाउने पनि हाेईन र एक रूपैंया बढाउने पनि हाेईन । ट्राफिक प्रहरीले सिट भन्दा बढि यात्रु पनि चढाउन दिन हुन्न । बरू सहुलियत दिनु पर्ने असलि विद्यार्थी र बृद्धहरूलाई सहुलियत दिनै पर्छ । अनि यात्रु पर्खिने समय २ मिनेट वा पाँच मिनेट कति त्यति समय भन्दा बढि पर्खिन दिने हाेईन । किनकि सबै खुरुखुरु आ-आफ्नो निर्धारित समयमा हिंडे एउटाले नपाएको यात्रु अर्काेले पाउँछ । तर कसैले मै मात्रै चढाउँ भनेर एउटैले आधिघण्टा भन्दा बेसि पर्खे.बस्छन् । पछि आउने गाडिले यात्रु पाउँदैन । अनि पछि आउने बस ड्राइभर रिसाएर पछिपछि हरन बजाउँदै यात्रनै नचढाई आधिण्टा पर्खि रहेकाे बसलाई लखेटेकाे देखेकाे छु ।

दिने र लिनेकाे दायित्व र अधिकार बिच अन्यानाेश्रित सम्बन्ध हुन्छ । दिने पक्षकाे अधिकार र लिने पक्षकाे दायित्व हुन्छ । दिने पक्षकाे दायित्व लिने पक्षकाे अधिकार हुन्छ ।

अबका दिनमा कन्डक्टर वा खलासी र ड्राइभर तथा यात्रुहरू दुवै पक्षले मिठाे बाेल्ने गराैं । सरकारले ताेकेकाे भाडा भन्दा बसका स्टाफले पनि बढि नलिअाैं र यात्रुले सरकारले ताेकेकाे र लागेकाे भाडा तिराैं । यसरि सभ्य नागरिक, सभ्य समाज र सभ्य देशकाे स्थापना गराैं ।

3 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %